मानिसको अस्तित्व नै संकटमा !

उत्पादनको स्वरुप र त्यसको उपभोग प्रव्रित्तिमा आएको परिवर्तनका आधारमा अौध्योगिक क्रान्तिले बिभिन्न चरणहरु पार गर्दै अहिले चौथो अौध्योगिक क्रान्तिको चर्चा सुरु भएको छ । मुलत: सुचना र प्रविधिका कारण तेश्रो अौध्योगिक क्रान्तिले दिएका वरदानमा मात्रै अहिलेको उत्पादन र त्यसको उपभोग प्रव्रित्ति सिमित छैन । त्यसैले केही समय अघि स्विट्जरल्याण्डको डावसमा भएको विश्व आर्थिक मन्चको बार्षिक मिटीङ २०१६ मा विश्वका ‘कुवेर’हरुले तय गर्न आवश्यक ठानेको एजेण्डा हो- चौथो अौध्योगिक क्रान्ति, जसको पर्याय हुनेछ रोबोटिजम अर्थात उत्पादनमा मानिसको सहभागितालाइ बिस्तारै मुक्त पार्दै लैजाने । तर गरिवीले प्रताडित तेश्रो विश्व, भारत र चीन जस्ता अत्यधिक जनघनत्व भएका मुलुकहरुको भविष्य के हुने; सतहमा तैरिएको आर्थिक असमानता घटाऊन यसले मद्धत गर्छ कि गर्दैन भन्ने सवाल झन साश्वत भएको छ .

उपलब्धिका हिसावले तिनवटा अौध्योगिक क्रान्तिका चरणहरु र चर्चामा रहेको चौथो अौध्योगिक क्रान्ति यस प्रकार छन –

पहिलो अौध्योगिक क्रान्ति सन १७८४ – जेम्स वाटको पानी र वाफबाट चल्ने यन्त्र

दोश्रो अौध्योगिक क्रान्ति सन १८७०  – श्रम बिभाजन, बिध्युत र ब्रिहद उत्पादन

तेश्रो अौध्योगिक क्रान्ति सन १९६९  – कम्पुटर लगायत बिध्युतिय उपकरण, सुचना-प्रविधि, स्वचालित यन्त्रहरु

चौथो अौध्योगिक क्रान्तिको सुरुवात:

स्मार्ट फोन सुविधा, सामाजिक संजाल, भण्डार क्षमता, असिमित ज्ञानको पहुँच, थ्रीडी प्रिण्टिङ, ड्रोन, स्वचालित कार, रोबोट आदिले मानव सुविधा र क्षमतामा अकल्पनिय बिस्तार भएको छ ।

निस्चित रुपमा चौथो अौध्योगिक क्रान्तिले विश्वकै आम्दानी बढाउन मद्त गर्छ तर त्यो भन्दा धेरै यसले आर्थिकअसमानतालाई बढावा दिनेछ । धनीहरुलाई अत्यधिक फाईदा पुग्नेछ । खासगरी यसले श्रम बजारमा मानिसको सट्टा यन्त्रलाई स्थापित गर्नेछ । महिलाहरु कामबाट बंचित हुनेछन भनेर अनुसन्धानहरुले दावी गरेका छन । हुन पनि तेश्रो अौध्योगिक क्रान्तिले आर्थिक असमानता बढाएको छ त्यसैले चौथो अौध्योगिक क्रान्तिले गरिवी र असमानता कम गराएन भने यो नै बिनासको कारण बन्न पनि सक्छ । हामीले के उत्पादन गर्छौँ भन्नेमा मात्र सिमित नरहेर हामी को हौँ भनेर मानिसको अस्तित्व माथि नै प्रश्न थपिनेछ ।

अौध्योगिक क्रान्तिहरुसंगै बिस्तार भएका उध्द्योगमा गरिवहरुको ‘शक्ति’ लाई प्रयोग गरिएन भने त्यस्तो उत्पादनमा उनिहरुकोअपनत्व र स्वामित्व रहँदैन, परिणामत: यिनिहरु एक हुनेछन अनि बिनास सुरु हुनेछ । धनीहरुले चैन गर्ने गरिवहरुले ‘सहन’ सक्दामात्र हो । त्यसैले चौथो अौध्योगिक क्रान्तिको पूर्व सन्ध्यामा दिगो बिकास सबैका लागि होस भनेर स-शर्त शुभकामना दिउँ ।

short link: http://wp.me/p5iiCD-Mb


Feature image: The Guardian     

Advertisements