गणतन्त्रको यात्रा कहाँं पुगेर टुङिन्छ?

नेपालको गणतन्त्रको यात्रा के हो र कहाँं पुगेर टुङिन्छ? माओवादी हिम्सामा फस्टाउँदै गएको मधेश आन्दोलन बिखण्डनकारी अमरेशको भूमिकासम्म अाइपुग्दा जवाफ माग्ने सवालमै भए पनि ‘अखण्डता’लाई संसदले बहस गर्नुपर्ने विडम्वना अाइपरेकोछ?! हिजो कठिन देखिएको संविधान घोषणा हुने अवस्थासम्म अाइपुग्दा देशको अखण्डतामा धावा बोल्नु वा बोल्न लगाइनु साह्रै दु:ख लादो कुरा हो । रणनितिहिन नेपालको अस्तब्यस्त चालाबाहेक यसको प्रतिवाद कसरी गर्ने भन्नेमा एकताको प्रतिकका रुपमा रहेका पहिलो राष्ट्रपति र उपराष्ट्रपति, प्रधानमन्त्रि लगायत सुरक्षा प्रमुखहरु बिच के कस्तो तयारी छ? जबकि सपथ ग्रहणकै वेला उपराष्ट्रपति भने भाषाको विवादमा उत्रेका थिए। पछी अदालतले रोकेको थियो । राष्ट्रियताको प्रतिक राष्ट्रपतिले त्यस्ता अभीष्टकारीहरुलाई चुप लगाउन चालेका कदमहरु राष्ट्रप्रेमी जनताको नजरमा सांकेतिक रुपमै भएपनी ढाडस बनेर आएको हुनुपर्थ्यो, मौनता सिवाय केही देखिदैन। त्यसैले अमरेश सिंहसम्म अाइपुग्दा धेरै छाडापन भित्रीसकेकोछ ।

”राष्ट्रियताको सवालमा मेरो र राजाको घाँटी जोडीएको छ” भनेर २०३३ सालमा वीपी कोइराला लगायतका नेताहरु प्रवासबाट नेपाल फर्किनु भयो, र त्यसको सान्दर्भिकतालाई प्रष्ट्याउँदै भन्नु भयो कि ”राजा भनेको ब्यक्ती हो त्यसले गल्ती गर्न सक्छ, त्यसलाई सच्च्याउन सकिन्छ तर राजसस्थांले एकताकालागी खेल्न सक्ने भूमिकाको विकल्प छैन”। विपिको यत्रो दर्शन र मान्यतालाई वहाँँकै भाई तत्कालिन प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाले आफ्नो दलको विधानामा उल्लेखित ”संवैधानिक राजतन्त्र” भन्ने वाक्यंशलाई समेत संसोधन नै नगराइ गणतन्त्र घोषणा गर्ने काममा मतियार बनिदिए । जवकी संस्थापक नेता कृष्णप्रशाद भट्टराईले गणतन्त्र घोषणा गर्ने काममा गिरिजाप्रसाद कोइरालालाई ”नहतारिन” भन्दै थिए, किनभने यसबाट नेपाली कांग्रेसको हात तल पर्नेछ र राष्ट्रियता झनै कमजोर हुनेछ भन्ने भट्टराईको प्रष्ट संकेत थियो ।

वीपीको राजासंस्था प्रतिको मान्यतामा सिक्किमको विलयले महत्व पूर्ण भूमिका खेलेको थियो र ‘नेहरु डक्ट्रेन’ का प्रयोगकर्ता भारतकी इन्दिरा गान्धी र बल्लभ भाई पटेलको हिमाली भुखण्डलाई हेर्ने दृष्टिकोण पनि जिम्वेवार थियो। त्यसैले बि पि ले खुलेर आफ्नो आत्माकथामा भन्नु भएको छ कि नेहरुले ‘राजा र आफ्नो विचमा कहिल्यै मेल हुन दिएनन’। सिक्किम घटनालाइ समर्थन गर्न वहाँँलाई तत्कालिन भारतीय शासकहरुको कडा दवाव थियो; त्यसैले प्रतिवाद स्वरुप वि पि स्वदेश फर्किनु भयो।

वास्तवमा राजतन्त्रले मात्रै नेपालको राष्ट्रियता र अखण्डता बलियो हुनेछ भन्ने कसैको मान्यता होइन, हुँदैन पनि । तर भैरहेको बलियो संस्थालाई भत्काएपछिको कमजोर अवस्थामा एक त गतिलो विकल्प नहुने त्यही मौका पारेर बिखण्डनकारीहरुको चलखेल बढने कुरालाई भने नेत्रित्वले विर्सन हुंदैन । झन प्रष्ट भएको छ कि माओवादी हिंसा र जातिय राज्यको मुद्धामा किर्नोझैँ टाँसिएको मधेश बिखण्डनको आवाज तत्कालिन वेदानन्द झा, रामराजा प्रसाद सिंह, गजेन्द्र नारायण सिंह लगायत सरत सिंह भण्डारी, सि कि झा हुँदै अमरेश सिंहसम्मको यात्रा एउटा संकेतमात्र हो। यसलाई सतहमा ल्याएर संस्थागत गर्ने काम माओवादीहरुले गरिदिए, यसको जिम्वेवारि उनिहरुले लिनैपर्छ। शक्ति आर्जन हुने ठाउँ भनेको जनता, सार्वभौम शक्ति र बलियो अर्थ तन्त्र हुन। तर जहाँ शक्तिको श्रोत निहित रहेको छ तिनैलाई कमजोर पर्दै फेरी नयाँ शक्ति खोज्ने उल्टो काम नेपालमा भएको छ। नेपालको नेतृत्व गर्नेहरुबाटै विदेशीलाई बुझाउदै लागेको शक्ति खोस्न अब जनताले पुन: शक्ति आर्जन गर्नु परेकोछ । जुन निकै चुनौतिपूर्ण छ।

Related

नेपालको बिकास : शक्ति कमजोर पार्दै नयाँ खोज्दै

मोदीको छिमेक निती : निरन्तरताको नयाँँ रुप

मानव अधिकार र प्रजातन्त्र : दादागिरीबाट आक्रान्त