महाभूकम्प: सबै मिलेर विपदको सामना गर्न सकियोस

मानौ; असी नाघेका हजुर बुवाले आफ्ना नातिलाई धरहरा देखाउंदै- यो  धरहरा ९० सालको भूइंचालोले गर्ल्याम गुर्लुम्म ढालेको थियो भनि रहंदा नातिको आँखा अगाडि ठीक त्यतिनैवेला सेतो धरहरा थ्याच्च  बसिदियो, कहिल्यै नउठने गरी। जे नहुनु थियो, भयो।  प्रकृतिको लिला- हुनेहार दैब नटार भनेझैँ।

२०७२ साल सुरु हुने बित्तिकै बैशाख १२ गते (अप्रिल २५, २०१५) शनिवारका दिन बिहान ११:५६ बजे गएको महाभूकम्पले नेपालमा हजारौं नागरिकहरुको ज्यानमात्र लागेन धेरै घर, सडक, पुल पुलेसा, चौपाया लगायत सुन्दर पुरातात्विक महत्वका अधिकांश संरचना ध्वस्त क्षणभारमा ध्वस्त भयो। त्यसमा भक्तपुर दरबार स्क्वायर, बसन्तपुर दरबार स्क्वायर, धरहरा सबै सत्यानाश भयो । नेपाल भनेर चिनाउने सबै दृश्य भताभुङ्ग भए। सगरमाथामा पनि हिउँको पहिरोले धेरै मानिसहरुको ज्यान लियो।

दु:ख पनि कति कति, झण्डै १५ बर्ष लामो हिंसाका घाउको खाटाहरु बस्दैगर्दा फेरी प्रकृतिको यो बज्रपात।. सोझा नेपालि जनतामाथि पटक पटक यति धेरै असैह्य वेदनाको बज्रपात !!! यो शब्द बिहिन अवस्थामा ब्यक्त गर्न सकिने शब्द भनेको छिटो परिस्थि शान्त होस, घाइतेहरुको राम्रो उपचार होस, परिवार गुमाएकाहरुलाई सहन सक्ने क्षमता मिलोस, हामि सबै जो जसले जहाँ जे गर्न सकिन्छ एक भएर विपत्तिको सामना गर्न सकियोस, जसलाई हामीले सदाका लागि गुमाउनु पर्यो वहाँहरु सबैको चीर शान्तिको कामना सहित प्रार्थना गरौँ।

९० सालमा भूकम्पका कारण भत्केको धरहरा अर्थात भिमसेन स्तम्भ ८१ बर्ष पछि आएको महाभूकम्पले फेरी भत्कायो। ठिक यसै समयमा  विश्वको सबै भन्दा अग्लॊ सगरमाथामा गएको हिउँको पहिरोमा परेर पचासौं मानिसहरुको ज्यान गयो । हामीले ”एक भएर बाँच्ने” हाम्रो परम्पराको शानलाई विश्व सामु प्रदर्शन गर्ने बेला आएकोछ कि सबै मिलेर यो विपदको सामना गर्न सकियोस। हामी फुट्दा टुट्दा पराइलाई फाइदा हुन्छ, हामीले अनाहकमा दुख पाउछौं भन्ने कुरा बुझ्ने बेला आएको छ। पछिल्लो समयमा नेपालको राजनैतिक नेतृत्वले देश र जनताको हितमा काम गर्न सक्ने क्षमता पुरै गुमाएको देखिएकोछ। त्यसैले जनता मिल्नुको विकल्प अब रहेन।

यो लेख लेखि रहंदाका बखत भुकम्पमा परी मर्नेको संख्या ४,३१० पुगेकोछ भने करिव ३५ मिनेट अगाडि पनि काठमाडौंमा फेरि ४.३ रेक्टरस्केल भुकम्पको धक्का आएको छ। ८० लाख मानिसहरु प्रभावित भएका छन। मानिसहरुले कतै पाल त कतै खुला सडकमा आजसम्म तेश्रो रात बिताइसकेका छन। उपचार, खाने कुरा, पिउने पानी, बत्ति, संचार सबै कुराको अभाव देखिएको छ। सरकारको उद्धार योजना र संयन्त्र प्रभावकारी छैन, जवकि अन्तराष्ट्रिय समुदाय सहयोग गर्न तयार छ। सरकारी संयन्त्र अलमल्ल परेको छ। अभावले पिडितहरु कुटपिटमा उत्रेका छन भने यहि बेला पारेर सरकारले केहि गरेन भनेर ”जिम्वेवार” ब्यक्तिहरुनै दोषारोपणमा उत्रेकाछन।

उद्धार कार्यमा समन्वय फितलो  देखिईरहेकोछ। अन्तराष्ट्रिय समुहलाइ सहयोगका लागि हार्दिक अपिल गर्ने अनि आएकाहरुलाई भिड नगरिदेउ भनेर फर्काउने! ताइवानका उप-विदेशमन्त्रि एण्ड्रु कावोले उनिहरुको सहयोग फर्काएको भनेर कन्फर्म गरे। हो, यस्तो वेलामा जो पायो  त्यसैलाइ छिराउँदा राष्ट्रियतासगँ खेलवाड पनि हुनसक्ने भएकोले सरकारले सतर्कता अपनाएको राम्रो हो तर तरिका ठिक भएन । उपचार, स्यानिटेशन, उद्धार, बसोवास, खाना-पिना मध्ये को कसले के के गर्न सक्ने हो तिनीहरुलाई सोहि अनुसार उपसमुहमा काम गर्न लगाउनु पर्छ । अन्तराष्ट्रिय समुदायले सरकारको उद्धार र राहत  योजना अनुसार उनीहरुको शिप र सामाग्री बितरण गर्ने हो।

यस्तो मौका पारेर कालो बजारिया गर्नेहरु र चोर्नेहरुको बिगबिगी बढेको सुनियो। पापको धनले पोल्छ भनेर त्यस्ता पापीहरुलाई सरापी रहंदा नेता भन्दा केहि जनता नै खराव रहेछन भन्ने पनि देखियो। मानिसलाई दुखमा चिनिन्छ, भनेर बुढापाकाहरुले भनेको साचो  रहेछ, मान्छे चिनियो- को कति बदमाश छ भनेर। केहि ब्यापारी यो मुलुकको सबैभन्दा चोर। स्वविवेक प्रयोग गरेर नेपालीहरु काठमाण्डौ छोडन खोज्दै छन, जसले गर्दा उद्धार कार्यमा खुकुलो र सहज हुनेहुन्छ तर यातायात व्यवशायीहरु यस्तो पिडाको पनि फाइदा उठाउँदै जति पायो त्यति भाडा असुल्दै छन। ९० सालमा भुकम्प जाँदा जुद्ध समशेरले यस्तै हालत बुझेर होला यस्ता कालो व्यापारीलाई ५ जनाको रोहबरमा काटिदिन भनेका थिए। अहिले त ”चाहिएको बेला नपाइने” मानव अधिकारको पासो लाग्छ। त्यसैले ब्यापारीहरु भदौरे साँढे जस्ता  भएका छन।

उद्धार कार्यमा समन्वय फितलो  देखिईरहेकोछ। अन्तराष्ट्रिय समुहलाइ सहयोगका लागि हार्दिक अपिल गर्ने अनि आएकाहरुलाईभिड नगरिदेउ भनेर फर्काउने! ताइवानका उप-विदेशमन्त्रि एण्ड्रु कावोले उनिहरुको सहयोग फर्काएको भनेर कन्फर्म गरे। जबकि जिल्लाहरुमा उद्धार कार्य हुन नसक्दा आक्रोसित जनताले कर्मचारिलाइ हातपात गरेकाछन।

हो, यस्तो वेलामा जो पायो  त्यसैलाइ छिराउँदा राष्ट्रियतासगँ खेलवाड पनि हुनसक्ने भएकोले सरकारले सतर्कता अपनाएको राम्रो हो तर तरिका ठिक भएन । उपचार, स्यानिटेशन, उद्धार, बसोवास, खाना-पिना मध्ये को कसले के के गर्न सक्ने हो तिनीहरुलाई सोहि अनुसार उपसमुहमा काम गर्न लगाउनु पर्छ । अन्तराष्ट्रिय समुदायले सरकारको उद्धार र राहत  योजना अनुसार उनीहरुको शिप र सामाग्री बितरण गर्ने हो। उद्धार र उपचारको कार्यलाई प्रष्टसंग बुझ्ने गरि कार्यक्रम, समय तालिका र जिम्मेवारी अनुरुप काम गर्न सकियो भने प्रभावकारी हुने देखिन्छ। अनुगन, मुल्यांकन, संचार र सुरक्षाको टोलीहरु पनि निर्धारित कार्यक्रम अनुरुपनै संचालित भएको हुनु पर्ने हो। राजनितिक दलका भात्रृ सङठनहरु, अधिकारकर्मि, बिभिन्न पेशा-ब्यबशायका सङठनहरुको सक्रियता पनि त्यतिनै जरुरिछ।

त्यस्तै सगरमाथामा आएको हिँउको पहिरोमा परेकाहरुको उद्धारमा खटिएका केही राष्ट्रहरु अर्को राष्ट्रको चियो चर्चोमा लागेको खबर पनि आयो। के दुखका वेला स्वार्थ लुटने उपयुक्त समय हो! कतै प्रजातान्त्रिक मुलुकहरु प्रजातन्त्रको खोल ओडेर ब्वाँसोको खेल त खेल्दै छैनन! यसरी सबैले आपत्तिजनक काम गर्ने हो भने ती सबैलाई चिनेर यथा समयमा प्रश्न गर्न सक्ने ताकत पनि नेपाली जनताले सँगाल्नु पर्छ। कसैको मन नदुख्ने गरी उद्धारको काममा सरकारले समन्वय मिलाओस।

Posted on April 28, 2015

तपाईको बिचार

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s