चाइनाको आर्थिक विस्तार: केन्द्र बिन्दु एशिया

अन्तत: बेलायतले चाइनिज सकृयतामा खुलेको एशियन पूर्वाधार लगानी बैङ्क (Asian Infrastructure Investment Bank- AIIB) को सस्थापक सदस्यता लिने निर्णय गरेकोछ | वेलायतले लिएको यो निर्णयलाई अमेरिकाले ”विना जानकारी” भन्दै ”चासो” ब्यक्त गरेकोछ  भने चाइनाले वेलायतको आवेदनलाई स्वागत गरेकोछ |

चाइनाको करिव ६७ प्रतिशत सेयर रहने भनिएको यस बैङ्कलाइ मुलत: विश्व बैंकको प्रतिस्पर्धीको रुपमा लीइएकोछ | सोभियत संघको बिघटन पस्चात एकलौटि रुपमा विश्व अर्थतन्त्रमा हालीमुहाली चलाउँदै आएको अमेरिकी योजनाकारहरु बैंकिंग प्रणालिमा आफ्नो बर्चस्व गुम्ने डरले आत्तिएका हुन | स्मरण रहोस- विश्व बैंकमा अमिरिकाले, अन्तराष्ट्रिय मुद्रा कोषमा युरोपले र एशियाली बिकाश बैंकमा जापानले एकलौटि रुपमा प्रमुख नियुक्ति  गर्ने गर्छन |

”विश्वका शक्तिशाली मुलुकहरु यसरि चाइनाको प्रभावमा पर्दै जानु राम्रो संकेत होइन, ” वेलायतको निर्णय उसको सार्बभौम अधिकारको कुरा हो तर उसले ”गुणस्तर”का लागि त्यहा निरन्तर ”दवाव” दिनेछ भन्ने कुरामा हामी विश्वस्त छौं” – अमिरिकी अधिकारीले भनेकाछन | यसको जवाफमा वेलायतले ”एशियामा आफ्नो निर्वाध निर्यात र लगानीको अवसरलाइ” सुरक्षित राख्ने कुरा जनाएकोछ | यता वेलायती प्रधानमन्त्रीका प्रवक्ताका अनुसार भने  वित्तमन्त्री जर्ज ओस्बर्न र अमेरिकी समकक्षीबिच यस बिषयमा  ”पुर्व छलफल भएको” थियो |  यसरी वेलायत बैंकको सदस्यताकालागि आवेदन गर्ने पहिलो ”पश्चिमा” राष्ट्र भएकोछ|[1] [2] [3]

shutterstock_27178492

शुरुमा २१ संस्थापक देशहरुबाट शुरु भएको बैङ्कको सदस्यता यो बर्षको अन्तमा २७ पुग्ने कुरा उल्लेख छ | बैंकको पुंजी ५० अर्ब अमेरिकी डलर रहेकोछ | बैंकले एशियामा उर्जा, यातायात र पूर्वाधारमा लगानी गर्ने कुरा जनाइएकोछ | बैंकको सदस्यता लिन अष्ट्रेलियाले पनि ”न्यानो” सदासयता ब्यक्त गरिसकेकोछ | फ्रान्स, जर्मनी र इटालीले पनि सदस्यता लिने कुरा हालै ब्यक्त गरेका छन् [4]

सन २०१४ मा  अन्तराष्ट्रिय मुद्रा कोषले प्रकाशित गरेको तथ्याङ्कमा  चाइनाले अमेरिकालाई उछिनेर विश्वको सबै भन्दा ठुलो अर्थतन्त्र हुन सफल भएको कुरा उल्लेख छ | जस अनुसार चाइनाको अर्थतन्त्र १७.६ ट्रिलियन र अमिरिकाको १७.४ ट्रिलियन यु. एस.डलर बराबर रहेको जनाइएको छ |[**]

शुरुमा २१ संस्थापक देशहरुबाट शुरु भएको बैङ्कको सदस्यता यो बर्षको अन्तमा २७ पुग्ने कुरा उल्लेख छ | बैंकको पुंजी ५० अर्ब अमेरिकी डलर रहेकोछ | बैंकले एशियामा उर्जा, यातायात र पूर्वाधारमा लगानी गर्ने कुरा जनाइएकोछ | बैंकको सदस्यता लिन अष्ट्रेलियाले पनि ”न्यानो” सदासयता ब्यक्त गरिसकेकोछ | फ्रान्स, जर्मनी र इटालीले पनि सदस्यता लिने कुरा हालै ब्यक्त गरेका छन्

यसैगरी हालै प्रकाशित तथ्याङ्क अनुसार चाइना सन  २०१० – २०१४ को बिचमा जर्मनी, फ्रान्स र वेलायतलाई उछिनेर सबै भन्दा धेरै हातहतियार निर्यात गर्ने तेश्रो देश हुन भ्याएको छ, जसमा अमिरिका पहिलो र रशिया दोश्रो हुन | [**]

गोल्डम्यान साक (Goldman Sachs) का पुर्व अध्यक्ष जिम ओ’निल (Jim O’Neil) ले उनको पुस्तक ”द ग्रोथ म्याप” (The Growth Map) मा सन २०३५ भित्र चाइना पहिलो अमिरिका दोश्रो र भारत तेश्रो शक्तिशाली देश हुने कुरा लेखेका छन भने २०५० भित्र जी८ समूह राष्ट्रभन्दा ब्रिक (Brazil, Russia, India and China – BRIC)  शक्तिशाली हुने कुरा लेखेका छन |

यसरी विश्व अर्थतन्त्रमा अघोषित अमेरिकी एकाधिकार बिस्तारै प्रतिस्पर्धामा जाने देखिएको छ भने आर्थिक केन्द्रका रुपमा एशियाले आकार ग्रहण गर्दै गएकोछ |

© जगदीश, 2015 Posted on March 18, 2015