सिमान्तMarginal

बिकास समिकरणको सूत्र

कृषि प्रधान देश: वाध्यताको पेशा, भ्रमको खेती

नांगा डाँडा र हली गोरुले देश कृषि प्रधान हुन सक्तैन

नांगा डाँडा र हली गोरुले देश कृषि प्रधान हुन सक्तैन

कृषि प्रधान हुनका लागि आधुनिकताले सजिएको, कृषकहरूको हित, सिंचाइ, बिमा, बजार, मल बिउको प्रवन्ध सबै कुराको ब्यवस्था हुनै पर्छ। जसले गर्दा कृषि आशा लाग्दो, धेरै रोजगारी र आम्दानी दिन सक्ने आत्मनिर्भर पेशा होस, त्यस्तो अवस्थालाइमात्र कृषि प्रधान भन्न सकिन्छ। नेपालको कृषिमा यी सबै कुराको अभाव छ। यो मुलत: वाध्यताको पेशा हो, जहाँ कोहि पनि

 अर्गानिक नेपाल
अर्गानिक नेपाल

आश्रित हुन तयार छैन। खेतबारिमा काम गर्नेहरुको अवस्था आर्थिक र सामाजिक कुनै पनि हिसावले राम्रो छैन। ती सुनौला दिनहरू आउलान भन्ने पनि छैन। अब आउने भनिएको ”गाँणतन्त्र” जन्मदै गलाको पोको, समस्या बढाउने मात्र हो, घटाउने योसँग कमसेकम नेपालमा उपाय देखिएन।

भनिन्छ, नेपाल कृषि प्रधान देश हो । तर यो कुरा सत्य होइन । अवस्था र तथ्यांकहरूले बताइरहेको अहिलेको स्थिति पनि त्यहि हो। नेपालको २१ प्रतिशत भुभाग मात्र कृषि योग्य मानिन्छ । बाँकी खोलानाला, बगर, मरुभुमी, हिमाल, जङल, आदिले ढाकेको छ। सबै भन्दा उर्जाशिल जमिन भक्तपुरको (६३ प्रतिशत) हो। अहिले ती सबै जमिनमा घरहरू ठाडिएका छन । शहरिकरणको बिकाशलाई ध्यानमा राखेर कुनै नगरको योजना छैन। हतारोमा जतापायो त्यहिं आरन थाप्ने परम्पराले गर्दा एकातिर कुरुप वस्तीको विकास भैरहेको छ भने आर्कोतिर कृषि योग्य जमिन पाउनै दुर्लभ हुंदैछ ।

शहरिकरणलाई ध्यानमा राखेर नगरको कुनै योजना छैन। जता पायो त्यहिं आरन थाप्ने परम्पराले गर्दा एकातिर कुरुप वस्तीको विकास भैरहेको छ भने आर्कोतिर कृषि योग्य जमिन पाउनै दुर्लभ हुंदैछ ।

नेपाल जडिबुटीको अपार भण्डार हो, तर यसको दुर्दशा पनि आफ्नै खालको छ। यदि कार्यक्रम हुने हो भने कृषि अन्तरगत जडिबुटी र पशुपालनको राम्रो संभावना देखिन्छ। तर कृषि अन्तर्गत कुन क्षेत्रलाई अघि बढाउन खोजिएको हो त्यो कुरा मुखले होइन कार्यक्रमले बोल्नु पर्ने हुन्छ, जे छ त्यो भरोसा गर्न लायक छैन,

नेपालको कृषिमा सबै कुराको अभाव छ। यो मुलत: वाध्यताको पेशा हो, जहाँ कोहि पनि आश्रित हुन तयार छैन।

जडिबुटी र पशुपालनबाट नगदेबालिको त्यति संभावना नदेखिएको पहाड र जंगली भुभागको उत्पादकत्व बढाउन सकिने थियो । तर खेत बारी बेचियो, किन्नेले घर ठड्याए। शहरिकरण भयो। अझ भनौँ त्यसै धेरै नगरपालिका भए, खेतबारी भरी घरै-घर, कहाँँ गर्ने हो खेती !?  हाम्रो कृषि क्रान्ति पनि सफल हुने अनि मगमग बास आउने हरियो रायोको साग, जिम्मुले झानेको दाल र हरियो खुर्सानी ठोस्न पनि पाइने दिन त अब एकादेशको सपना भई सक्यो।

गणतन्त्र यो किसानको समस्या हो?!
गणतन्त्र यो किसानको समस्या हो?!

जमिनको अतिक्रमण र दुरुपायोग तिब्र छ। काठमाण्डौमा रहेको काँठ वरिपरि घरहरु बनाएर बीचमा केही भाग खेतिको लागि भनेर योजना बनेको भए कति सुन्दर देखिन्थ्यो हाम्रो सहर।  यौटा घरबाटअर्को घर जान १५-२० मिनेट हिडनु पर्छ। त्यस्तो अवस्थामा कुनै पनि विकास आयोजनाले कसैलाई पनि सुबिधा दिन सक्तैनI धेरै ठाउँमा मोटर त पुगेको छ, तर आवास योजना नभएका कारण यौटा निस्चित बिन्दुमा सडक टुङिएको हुन्छ, जसले गर्दा एउटी सुत्केरी महिलालाई उपचारका लागि अस्पताल पुर्याउन डोला वा डोकोमा बोकाएर बस पार्कसम्म लैजानु पर्छ। त्यस्तै समस्या छ स्कुल कलेज, पानि, बिजुलीको पनि। त्यस्तोलाई कसरी सुबिधा मान्ने ! जुन कुरा अहिले भईरहेछ। यसले गर्दा जमिनको दुरुपयोग हुने साथसाथै कृषि पनि लोप हुँदै जाने अवस्था आइरहेको छ। जति हतियार र उध्योग धन्दाको कुरा गरे पनि, अन्तत: नखाइकन मानिस बाँच्न सक्तैन, खेतिलाई मानिसको जिवनसंग अलग्याउनै सकिन्न। यसका लागि खोइ हाम्रा योजनाहरू ! जे जती जमिन छ त्यसको राम्रो सदुपयोग हुने खालका एकिक्रित कृषि प्रणाली, भूमी बैंक र अनिवार्य कृषि बिमाको प्रकृयाबाट केही हदमा सुधार गर्न सकिन्छ। कम से कम आयतमा निर्भर हुन नपरोस भनेर पनि केही गर्नु पर्ने हुन्छ। दिगो बिकास भनेको यहि भद्रगोल र टालटुल हो?

हाम्रो कृषि क्रान्ति पनि सफल हुने अनि मगमग बास आउने हरियो रायोको साग, जिम्मुले झानेको दाल र हरियो खुर्सानी ठोस्न पनि पाइने दिन त अब एकादेशको सपना भई सक्यो।  

IRIN_Nepal Risk Reduction Consortium_0
आधुनिक शहरिया नेपाल

राजनीति मुलत: ब्यवस्थापन हो, ब्यवस्थापन राम्रो भयो भने सबै कुरा ठीक हुंदै जान्छ। तर हामिकहाँ त राजनीति नै निकम्वा भैदियो । नेताहरुमा जिम्वेवारी बहन गर्न सक्ने क्षमता कत्तिपनी देखिएन। जिम्वेवार नेता जश-अपजस लिन तयार हुन्छन तर हामि कहाँ त दोष पन्छाउने, समस्याबाट भाग्ने, आरोप प्रत्यारोपमा रमाउने, ग्रिहकार्य नगरि बैठकहरू बस्ने र पटक पटक बिना निर्णय बैठक टुंग्याउने जस्ता साह्रै गैर्ह जिम्वेवारी कामहरू हुने गर्छन। हाम्रो मुलुकको सबै भन्दा ठुलो दुर्भाग्य नै नेता र राजनीति भयो। जुन कुराको संभव बिना सबै कुराको बिकास असंभव जस्तै हुन जान्छ।

अत: नेपाललाई यसरी कृषि प्रधान भनेर उल्टो बिशेषण जोडि रहनुभन्दा बरु जलश्रोत र पर्यटनको धनी देश मानेर यसै क्षेत्रमा लगानी बढाउने तर्फ लाग्न ढिलो भैसक्यो । जलश्रोत र पर्यटन बलिया आधार हुन। जे जति जमिन छ त्यसमा आधुनिकता र प्रविधिको संयोगबाट सकेसम्म खान पुग्ने हुनु पर्छ । तर बिना कुनै अध्ययन ”साउनमा आँखा फुटेको गोरुले संधै हरियो देख्छ” भने झैँ नेपाललाई कृषि प्रधान देश भनेर राजनीतिको असफलता लुकाउन सजिलो मात्र भएको छ। हिजो दरवारलाई सबै असफलताको दोषी देख्ने नेपालका नेता र त्यसका दलहरू अबका दिनमा प्रीथ्विनारायण शाह र जंग बहादुरलाई गाली गरेर आफू चोखो हुन खोज्दै छन। तर नेपालसंग स्वावलम्बी हुनसक्ने कुनै कृषि कार्यक्रम छैन र नेपाल कृषि प्रधान देश पनि होईन। राष्ट्रिय आयको बैकल्पिक, औध्योगिक क्षेत्र तयार गर्न नसकिएकोले परंपरागत कृषिलाइ नै प्रधान ठानिएकोछ । यो वाध्यताको पेशा होI वाध्यतालाई नै प्रधान भन्न मिल्दैन। त्यसैले नेपाल कृषि प्रधान हो भन्ने कुरा भ्रम मात्र हो।

Posted on February 7, 2015

%d bloggers like this: