बिकासको सट्टा आन्दोलनहरु जेलिए

देश बनाउने राजनीतिले नै हो, तर नेपाल भने राजनीति ले नै बिगार्यो- अत्यन्त संभावना बोकेको मुलुकलाई बर्वाद पारियो। असल ब्यक्तिहरुबाट बन्न सक्ने संभावना रहेको  ‘नयाँँशक्ति’ पनि जंगलका शिकारीहरुले चोरेर लगे। बहुदलिय प्रजातन्त्रलाई सिध्याउन २०४६ सालको संबिधानको बिरोधिहरुबाट हिंसात्मक शक्ती आर्जन गर्दै आएका बाबुराम फेरी २०७२ को संबिधानको बिरोधिहरुलाइ एकट्ठा गर्दै शक्ति संचय गर्ने दाउमा छन। खुलेर लाग्न नसकिरहेका हिन्दू र राजावादिहरुले पनि यसलाई आफ्नो आत्मरति पुरा गर्ने माध्यम बनाउने छन तर फेरी पनि यिनिहरु कसैले पनि जित्ने छैनन। हार्ने देशले नै हो।

नेपाली राजनीतिले बुझ्न नसकेको नेपाल माथिको भारतीय गिद्धे स्वार्थ अहिले मधेश आन्दोलनमा केही प्रष्ट भएको छ। जो सत्तामा छन तिनिहरुलाई ‘आन्दोलित मधेश’ देखाएर बार्गेनिङ गर्छ भने उता मधेशिहरुलाई सि के रावतहरु देखाएर अस्तित्व समाप्त हुन सक्ने त्रास देखाउँछ। भ्रष्टाचारी आरोपमा डामिएका लालुहरु लगाएर शिथिल आन्दोलनमाथि घ्यु थपिरहेको छ। हिजो नाकावन्दी भारतले हैन; मधेशिहरुले गरेको हो भन्यो, ‘संबिधान संशोधन भइ सकेको’ अवस्थामा आन्दोलन हामीले हैन बिहारिहरुले हो भनेर सिधै उम्कने मशला फेरी  पनि तयार गर्दैछ।

यता यस.डि. मुनिका चेला बाबुरामहरुलाइ मधेश आन्दोलनको ‘जश’ तिमीहरुलेनै लिनु पर्छ भनेर देश भित्रबाट त्यस्तो बिखण्डनको राजनीतिलाई नैतिक समर्थन पनि उपलब्ध गराएको छ भने प्रचन्डले ‘भारतको विश्वास छैन’ भनेको मात्र के थिए तिनको घरमै भारतीय राजदूत पुगेर मन्त्रणा गर्न पनि भ्याए। शायद प्रधानमन्त्रि तिमी नै हुनुपर्छ भनिदिए होला। बिचरा पूर्व क्लिन कर्मचारी रमेशवर खनाल र पस्चातापको कुण्ठामा केही गर्न पाए हुन्थ्यो भन्ने बिचारका सोझासाझा ब्यक्तिहरुलाई पर्दा अगाडि देखाएर बाबुराम संबिधान बिरोधिहरुको घरघर शक्ति आर्जनका लागि चाहर्दै छन। बाबुराम जस्तो इष र बिषले भरिएका गोमन साँपको खुरापात यिनिहरुलाइ पतै छैन।

भारतले नेपालमा प्रजातन्त्र र बिकासको लागि नभएर अस्थिरताको लागि आन्दोलनहरुको स्थाईत्व कायम गर्दै आएको देखियो। एउटा आन्दोलन सक्नै लाग्दा  आर्को आन्दोलनको बिउ रोपी सकेको हुन्छ। भारत छिमेकमा अस्थिरता मात्र चाहन्छ र उसको यो दुष्ट चरित्रलाई झोसेर अरु शक्ति राष्ट्रहरु पनि अचाक्ली खेलो गरी रहेकाछन, यसरी छिमेकमा आफु नांङिदै गएको कुरा पनि भारत बुझ्न चाहन्न।

देशको नेत्रित्व रोगी-असक्त, ब्रिद्ध र हुतिहाराहरुले लिने अवसर पाएका छन। युवाहरुसँग पनि कार्यक्रम छैन जसले उनिहरुलाई नेत्रित्व लिन र दिन बल मिल्योस।  देश र नेत्रित्व कमजोर हुँदा नै षडयन्त्रकारिहरुलाइ स्वर्ण युग आउने हो। भ्रष्टाचारिहरुले कमाएका छन, यिनिहरुको राष्ट्रियता हुँँदैन। बिदेशिहरुलाई नेपाल खेल मैदान भएको छ। खेल्न दिने पनि यही राजनीति हो।

सिंहदरवारको बैठकमा के शब्द प्रयोग गर्ने भनेर ‘मिटिङ’ हुन्छन तर देश र जनताको दु:खले त्यहाँ प्रवेष पाएको खबर छैन। अर्काको दोष देखाउने गरिन्छ, तर आफ्नो दोष देख्ने गरिन्न। जे जे नहुनु पर्ने हो त्यो हुन्छ तर हुनै पर्ने कुराहरु भने हुंदैनन। पानिमाथि ओभानो हुन खोज्नेहरुको बाहुल्यता छ जिम्म्मेवारि लिने कोही छैनन। सक्नेले गर्दैनन, नसक्नेले कुरा गर्छन्; काम गर्न पाउँदैनन। सत्तामा होस या प्रतिपक्षमा, जनताको दुखमा त सबैको दायित्व उत्तिकै रहेको हुन्छ नि ! नेता ऑफै ब्ल्याक मार्केटमा उपलब्ध हुने उत्पादन लाजै पचाएर उपभोग गरिरहेका छन, तस्करि र भ्रष्टाचारी मौलाएको छ। बर्षौ जनताले सफर गरेको यातायात सिण्डिकेटको ब्यबस्थापनसम्म गर्न असफल नेपालको वर्तमान राजनीतिबाट नेपाली जनताले ठूला कुराको के आश गर्नु ! बेकारै भयो।

जनता आत्तिएका छन, केही राम्रो खबर आओस भनेर अहोरात्र संचार माध्यमका अगाडि लमतन्न छन, दलहरु मिलेर समस्याको सामना गरुन भन्ने छ तर पार्टिहरुको आफ्नै डम्फु बज्न छोडेको छैन। कर्कस स्वर सुन्दा-सुन्दा जनतालाई राहत हैन उल्टै झन वाक्क दिक्क पारिएको छ। नेपाली कांग्रेस महाधिवेशनमा छ, उसलाई देशकोभन्दा नेत्रित्वामा के र को भन्नेमा बढी चिन्ता हुनु स्वाभाबिक हो। त्यसपछी नेकपा एमालेले महाधिवेशन गर्ने होला- यस्तै। गाँठो कस्सिँदै गएको छ फुकाउने कोही छैनन। अब त लाग्छ- यही राजनीतिका कारण नेपाल बन्दैन। देश नबन्ने नै भयो। धिक्कर छ तिनलाई- जसले नेपाली जनतालाई प्रजातन्त्र भन्दै यो हविगतमा पुर्यायो।

Advertisements