राजनीतिक अपराध, बिग्रेको स्थायित्व र बिकास

छिमेकमा शरण लिएर जङलको राज भन्ने अनी कम्युनिष्टको नाममा १५ हजार भन्दा बढी निर्दोष निहत्था जनतालाई मार्ने, जनयुद्धका नाममा बनेको बिकाशको पुर्वाधार भत्काउने अनी हुन लागेको लगानी र बिकास अबरुद्ध पार्ने काम माओवादी जनयुद्धले गर्‍यो । नेपाली जनताको एकतालाई जात, क्षेत्र र धर्मका नाममा जरैसम्म भात्काउने काम पनि भयो । माओवादी हिंसाले नेपालमा असाध्यै ठुलो जन धनको क्षती पुर्यायो । तर जुन नाम र कामका लागि जनयुद्ध भनिएको थियो त्यसलाई असफल साबित गर्दै बिसर्जन गरियो ब्रिहद शान्ती समंझौता मार्फत बहुदलिय प्रणालिमा प्रबेश गरियो गराइयो ।

पराजित आन्दोलनलाइ ‘फेश सेभ’ गर्ने गराउने नाममा नेपाली कंग्रेस, नेकपा एमालेले मान्दै आएका केही अपरिहार्य शक्तीलाई भात्काइयो र राजासंस्था फ्यांकेर त्यसको पुरुस्वार्थ देखाइयो । यी घटनाक्रमहरु मुलत: जनताको राजनैतिक चाहना भन्दा पनि राजनैतिक सौदावाजी, नेपालको अस्थिरताबाट फाईदा लिन आतुर भित्री र वाह्य शक्तीहरु बिचको साँठगाँठलाई अदूरदर्शी नेत्रित्वले गरेको अनुमोदन थियो । परीणाम बिकास अबरुद्ध भयो, केन्द्रिय नेत्त्रित्वको अस्तित्व बोकेका सबै शक्ती भत्काइयो र पुनर्स्थापित गरिएन, राष्ट्रियता र अखण्डता कमजोर पारीयो अनी जनताले दु:ख पाए । झन अस्थिरता बढ्यो ।

माओवादी आन्दोलनलाइ ‘सेफ ल्याण्ड’ गराए पछी ‘मधेश आन्दोलन’ एकाएक चर्किन थाल्यो । वास्तवमा माओवादी आन्दोलन भित्र जात, क्षेत्र र धर्मका नाममा बिशेषत: मधेश आन्दोलन संस्थागत भईसकेको थियो जसलाई माओवादी र सरकार दुवैले बुझेनन वा बुझ पचाए । तर यता कथांकदाचित वर्तमान मधेश आन्दोलनका नेत्रित्वकर्ताहरु असफल भएमा त्यसको परिपूर्ति गर्न अमेरिकाको हतियार कम्पनी ‘राइथन’ को कर्मचारीलाई दक्ष पारीँदै थियो ।

माओवादी आन्दोलनलाइ ‘सेफ ल्याण्ड’ गराए पछी ‘मधेश आन्दोलन’ एकाएक चर्किन थाल्यो । वास्तवमा माओवादी आन्दोलन भित्र जात, क्षेत्र र धर्मका नाममा बिशेषत: मधेश आन्दोलन संस्थागत भईसकेको थियो जसलाई माओवादी र सरकार दुवैले बुझेनन वा बुझ पचाए । तर यता कथांकदाचित वर्तमान मधेश आन्दोलनका नेत्रित्वकर्ताहरु असफल भएमा त्यसको परिपूर्ति गर्न अमेरिका स्थित हतियार कम्पनी ‘राइथन’ को कर्मचारीलाई दक्ष पारीँदै थियो ‘गैर आवासिय मधेशी संघका’ नाममा र पछी सि के को नामले अवतरण भयो । यसरी जुवा-म्यारिजको खालमा तुरुप लागेर बसेका माओवादिहरुको दिन छिट्टै सकिएर मधेशिहरुको दिन उदायो । माओवादी नेत्रित्वमा रहेका बाबुराम र प्रचन्डले धेरै गुमाए, अहिले उनिहरुमा असफलअताको पश्ताप मात्र बाँकी छ, प्रचन्डले त तेर्ह बर्षे हिंसालाई गलत भएको स्विकारी सकेकाछन ।

मधेश आन्दोलनले पनि तिनै सोझा नेपाली जनतालाई वलिको बोको बनाउँदैछ । अहिले आएर जनताको करबाट आर्जित सरकारी धुकुटिबाट तलव भत्ता खाएका कर्मचारी, संविधान सभा सदस्य र मन्त्रीसम्म भैसकेका ब्यक्तिहरु नै एउटा लाशको पचास हजार मुल्य तोकेर हिंडेका छन । खुलेयाम नागरिक अधिकार, मानव अधिकार र प्रजातन्त्रको मुल्य र मान्यतालाई नै चुनौती दिने काम भएको छ तर कारवाही हुँदैन । नागरिक अधिकार, मानव अधिकार, प्रजातन्त्रको मुल्य र मान्यता कसैको निमुखा जनताको दमन र थिचोमिचो गर्नकै लागि प्रयोग भएकोछ । सरोकारवालाहरुको मुखमा बुझो लागेको छ जनता निराश छन, अवन्नती र अबिकासको बिकास भएकोछ ।

बिकास अबरुद्ध भयो, केन्द्रिय नेत्त्रित्वको अस्तित्व बोकेका सबै शक्ती भत्काइयो र पुनर्स्थापित गरिएन, राष्ट्रियता र अखण्डता कमजोर पारीयो अनी जनताले दु:ख पाए । झन अस्थिरता बढ्यो ।

अहिले तराइका भुमीपुत्र थारुहरुलाई मधेश आन्दोलन संस्थागत गर्नकै लागि दुरुपायोग गरिंदैछ । राज्यको सिमांकनमा उनिहरुलाई न्याय गर्न सकेको छैन अनी उनिहरुको त्यही रिषमा बाहिरबाट आगो लगाउने काम भएकोछ । केही हप्ता अघि टिकापुरमा भडकेको हिंसा त्यसको एउटा स्वरुपमात्र हो । शुरुमा ‘एक मधेश एक प्रदेश’का शसक्त बिरोधि नेपालका यी आदिवासी भुमिपुत्रहरुलाई बिच्क्याइेकोछ । वाध्य भएर नेत्रित्वहिन थारुहरु अहिले तिनै मधेशिहरुबाट सम्रक्षण खोज्नु पर्ने अवस्थामा छन जसले गर्दा उनिहरुको माग सिधा ओझेलमा पर्ने देखिएकोछ । त्यसका वास्तविक अपराधीहरुलाई राजनीतिक संरक्षण दिने क्रममा खुदै बाबुराम भट्टराईले ‘राजनैतिक घटना’ भनिसकेकाछन ।

एउटा गिरोह सकृया रुपमा नेपाल र नेपालीको हित, बिकास, उन्नती र स्थाइत्वलाई समुल नष्ट गरेर आफ्ना स्वार्थको बिस्कुन फिँजाउन उद्धत देखिएको छ जसको आधार राजनीतिको अपराधीकरणबाट सफल हुँदै गएको छ ।

अचम्म त कतीसम्म भएकोछ भने आफ्नो छोराको हत्यारालाई कारवाही गराइ पाउँ भनेर एघार महिनासम्म आमरण अनशन बसेका गोरखाका नन्दप्रशाद अधिकारिको अनशनमै रहेको अवस्थामा देहान्त भयो । अदालतले किटनी गरेको त्यस घटनाका हत्यारा, पत्रकार डेकेन्द्र थापाका हत्यारा र वालक्रिष्ण ढुंगेल आदी कसैलाई कारवाही भएन उल्टै बाबुराम भट्टराई ती अपराधीहरुको बचाउमा खनिएर लागे । त्यसैगरि ‘चरी’ र ‘डन’ नामका कुख्यात अपराधीहरु प्रहरिको इन्काउण्टरमा मारिए । यी डाँकाहरुले रातो दिन जन धनको फँडानी गर्दा कोही बोलेनन तर यिनिहरु मारिएर जनता खुशी मनाइरहँदा केही राजनीतिकर्मिहरुनै मानवाधिकार हनन भयो भनेर प्रहरिको बिरुद्ध खनिए । वास्तवमा कानुन हातमा लिएर कसैको हत्या गरिनु अपराध हो, कारवाही विधिको बाटो समतेर गर्नुपर्छ । तर नेपालमा यस्तो अपराधको पछाडि प्रत्यक्ष रुपमै राजनीतिको संलग्नता रहने गरेकोछ । स्वार्थमा अपराधीलाई बचाउने र स्वार्थमै फसाउने पनि गरिन्छ किनभने यस्ता डनहरुलाई नेत्रित्व वर्गले कार्यकर्ता परिचालनमा प्रयोग गर्ने गरेकाछन र यही स्वार्थका लागि प्रहरिको कार्यक्षेत्रमाथि नै हस्तक्षेप हुनेगर्छ ।

शुरुमा ‘एक मधेश एक प्रदेश’का शसक्त बिरोधि नेपालका यी आदिवासी भुमिपुत्रहरुलाई बिच्क्याइेकोछ । वाध्य भएर नेत्रित्वहिन थारुहरु अहिले तिनै मधेशिहरुबाट सम्रक्षण खोज्नु पर्ने अवस्थामा छन जसले गर्दा उनिहरुको माग सिधा ओझेलमा पर्ने देखिएकोछ ।

नन्दप्रशाद अधिकारिको अनशनमै रहेको अवस्थामा देहान्त भयो । यस घटनालाई मानव अधिकारको जालो लगाइेएको ‘एम्नेस्टी इण्टरनेशनल’ नामको संस्थाले केवल वक्तव्य दिएर टार्यो तर यही संस्था हो जसले नेपालको आँखण्डता माथि धावा बोलेको सिके राउत जस्तो बिखण्डनकारीको बचाउमा त्यही खुइलिएको मानव अधिकारको जालो हानेर सरकारको कामलाई अंकुस लगायो । नन्दप्रशाद अधिकारिको अनशनबारे चुँ सम्म नबोल्ने धेरै राजदूत महोदयहरुको सक्कली प्रजातन्त्रका नाममा अपानाइने दोहोरो मापदण्ड स्वरुप नेपालमा पनि यिनै घटनाहरुले उदांगो पार्दै लाग्यो ।

अचम्म त कतीसम्म भएकोछ भने आफ्नो छोराको हत्यारालाई कारवाही गराइ पाउँ भनेर एघार महिनासम्म आमरण अनशन बसेका गोरखाका नन्दप्रशाद अधिकारिको अनशनमै रहेको अवस्थामा देहान्त भयो । अदालतले किटनी गरेको त्यस घटनाका हत्यारा, पत्रकार डेकेन्द्र थापाका हत्यारा र वालक्रिष्ण ढुंगेल आदी कसैलाई कारवाही भएन उल्टै बाबुराम भट्टराई ती अपराधीहरुको बचाउमा खनिएर लागे । त्यसैगरि ‘चरी’ र ‘डन’ नामका कुख्यात अपराधीहरु प्रहरिको इन्काउण्टरमा मारिए । यी डाँकाहरुले रातो दिन जन धनको फँडानी गर्दा कोही बोलेनन तर यिनिहरु मारिएर जनता खुशी मनाइरहँदा केही राजनीतिकर्मिहरुनै मानवाधिकार हनन भयो भनेर प्रहरिको बिरुद्ध खनिए ।

यसरी एउटा गिरोह सकृया रुपमा नेपाल र नेपालीको हित, बिकास, उन्नती र स्थाइत्वलाई समुल नष्ट गरेर आफ्ना स्वार्थको बिस्कुन फिँजाउन उद्धत देखिएको छ जसको आधार राजनीतिको अपराधीकरणबाट सफल हुँदै गएको छ । यो सबै कामको चाँजो पाँजो मिलाउन केही राजनीतिक नेता र त्यसका कार्यकर्ताहरु प्रयोग भएका छन भने सरकार निरिह हुँदै गएकोछ । यो सबै कुराको ज्ञान नहुनु वा बुझ पचाउनु नेत्रित्वको ठुलो कमजोरी हो । जनता लोडसेडिङ, पानी, इन्धन लगायत दैनिक गुजारासँग रातो दिन संघर्ष गरिरहेका छन यसबारे सिंहदरवारको कुनै पनि बैठकमा खासै चर्चा हुँदैन तर यता नेता हुँँ भन्नेहरु चाहीँ एक पछी अर्को शब्दहरु निकालेर राजनीतिको बखेडा झिकी रहेकाछन । कागजमा लेखिने शब्दहरुमा शक्ति हुँदैन भन्ने ज्ञान हुँदाहुँदै पनि त्यसैकालागि मरिहत्ते गर्ने पाखण्डी परम्परा नेपालमा बसेको छ। आजसम्म आइपुग्दा राष्ट्रियता नराम्रोसंग स्खलित भएको छ । जनताले चाहेको विकासबाहेक अरु केही पनि होइन तर विकासको नाममा उनिहरुलाई ढाँट्ने काममात्र भएको छ । अस्थिरता नै मुलुकको स्थाइ बिशेषता भएकोछ । सुखको दिनहरु लुटिँदै गएकाछन, चारैतिर दु:खको कालो वादल मडारिएकोछ । नेपालको राजनीतिलाई अपराधी सावित गराउनमा स्ययं राजनीतिका पेसेवरहरुको कृयाकलाप पर्याप्त देखिएकाछन । बोली र कामको ठेगान नभएका राजनीतिकर्मिहरुले जे भन्ने गरेको भए पनि जनताले छर्लङ देखेको नेपाली राजनीतिको आकार र त्यसको प्रकार यही हो । यसबाट केही इमान्दार राजनीतिकर्मिहरुको छवी समेत बिटुलिन पुगेकोछ ।

जनता भुकम्पले थिचिएका छन त्यसको ख्यालै नगरि फेरी त्यही संघियता र संबिधान तिरै खिचलो शुरु भएकोछ । यसकै नाममा निहत्था जनता गोलिको शिकार भएका छन र पुरै तराइक्षेत्र आतंकित छ । बन्द र हडतालबाट पचासौँ अरबको नोक्सानी भईरहेकोछ तर यता त्यसैलाइ राजनीतिको नाम दिने काम पनि भएकोछ । राज्यको सिमांकन आर्थिक सामाजिक उन्नतीका लागि हुनु पर्ने, जसबाट जनतामा खुशी र आशा पलाउनु पर्ने थियो । तर जनता नटुक्रिने भन्दै छन नेताहरु हतार हतार टुक्र्याएर काम तमाम गर्न खोज्दैछन । त्यसैले संघियताबारे काफी शंकाहरु जन्मेकाछन ।

Posted on August 30, 2015