सिमान्तMarginal

बिकास समिकरणको सूत्र

अहिलेका समस्या बिगतमा गरेका र गर्न नसकेका कामको परिणाम हुन

Demonstrators obstructing a road during a bandh, at BP Chowk, in Rautahat, on Tuesday. Photo: THT

तराईतिर भारतीय बितण्डा जारी रहने, पहाड तिर अभाव आपूर्ति गर्ने नाममा पश्चिमी शक्ति छिरेर तिव्वत/चिन बिरुद्ध वा चिनसॅग नजिक हुन नदिने खालका बितण्डा मच्चाउने त्रास बढेर गयो ! कालन्तरमा मधेशलाई आफ्नो अनुकुल सुरक्षा पर्खाल बनाउने भारतीय षडयन्त्र र पहाडलाई आफ्नो सुरक्षा पर्खाल बनाउन सक्ने चिनिया गतिविधिको गन्ध पनि आएकै छ । यिनै कुराको छनक पाएर नै हुनु पर्छ जातिय बिखण्डनका प्रणेता बाबुराम भरतीय खुपियाको ईसारामा एकताको राजनितीलाई कमजोर पार्दै मधेश तिर झरे, भने यता प्रचण्ड उग्र राष्ट्रवाद प्रदर्शन गरेर पूर्वपाप मोचन गर्दैछन । हेर्दा यस्तो लाग्छ मुलुक सिक्किम भईहाले छ भने पनि आफूहरूलाई लेण्डुपकोआरोप नलागोस भन्नेमा बाबुराम-प्रचण्ड दुवै  शसंकित  देखिएक छन् ।

यता राज्यको सरकार दिउॅसै अॅध्यारो देखेर निस्पट्ट छ ! लामो समय देखि नेपालले राज्य र सरकारको भूमिकामा अभाव भोग्दै आएको कुरा सर्वविदितै छ । चारैतिरबाट घेरीदै गएको अभावले नेपाली जनताको ताकतालाई विस्तारै शिथिल पार्ने षड्यन्त्रकारिहरुको बुझाइ हुन सक्छ !  हुन पनि यसरि अभाव  लम्बिदै गयो भने जनताको चेतना खाने कुरासग मात्र सिमित हुन पुग्छ । कुहिराको काग जस्तै भएर पत्र पत्रिका, संचार र सम्पर्कबाट बाहिर रहनु पर्ने अवस्था आउछ । अर्काको मुलुक माथि अतिक्रमण गर्ने ठुला षड्यन्त्रकारी मुलुकहरुले यस्तै सूत्रहरु प्रयोग गर्ने गरेकाछन । सरकारले विकल्प दिनै सकिरहेको छैन; यस्तो वेलामा सरकार पनि अनिर्णयको वन्दि बन्नु दुखद सत्य हो । समस्याको कारण र परिणामको हेक्का गर्न नसकेर यस्तो निस्पट्ट परिस्थिति आएको हो ।

अहिले देखिएका सबै समस्याहरु बिगतमा राजनितिक दल, जनता र सरकारले गरेका र गर्न नसकेका कामहरुको कारणबाट उत्पन्न परिणाम नै  हुन । यसको निराकरणका लागि पनि राजनितिक दल, नेपाली जनता र सरकार नै एकतावद्ध भएर अगाडि बढनुको विकल्प छैन  । गल्ति सच्याउंदै लैजानु नै एकमात्र विकल्प हो ।

झनै दुःख त ऑउदै गरेको होईन !? यतिवेला हामि नेपालीहरुले सहारा खोज्ने भनेको विश्वका ठुला प्रजातन्त्रका हिमायतीहरुसंग नै हो तर तिनीहरुको प्रजातन्त्र र मानवाधिकारको नारा पनि हात्तिको देखाउने दाँत मात्रै हुन् भन्ने कुरालाई धेरै घटनाहरुले पुष्टि गरिसकेकाछन । अनि संयुक्त राष्ट्र संघको भुमिका नै आर्काको इशारामा मात्रै क्रियाशिल हुने कठपुतली जस्तो छ ।  यो संस्थाले प्रभावकारी भूमिका निर्वाह गर्न नसकेकै कारण अरव, अफ्रिका र मध्ये पूर्वमा शिर्जित हिंशा र विश्वमै सबै भन्दा ठुलो अहिलेको मानविय संकट उत्पन्न भएको कुरामा अधिकांश विज्ञहरु सहमत छन । यिनीहरु त्यहाका जनताको आवश्यकता र तिनीहरुको हितलाई सम्बोधन गर्ने कुरामाभन्दा पनि आफ्नो फाइदा हेरेर गतिविधि संचालन गर्ने गर्दछन । ठुला मुलुकहरुले हित आफ्नो हेरेर नाम चाहिँ विश्व-नेतृत्वको दिने गरेका छन, जुन कुरा खेदजनक मात्र होइन; कमजोर मुलुकहरुको हित विरुद्ध प्रष्ट देखिएको छ  ।

यिनै कुराको छनक पाएर नै हुनु पर्छ जातिय बिखण्डनका ‘प्रणेता’ बाबुराम एकताको राजनितीलाई कमजोर पार्दै मधेश तिर झरे, भने यता प्रचण्ड उग्र राष्ट्रवाद प्रदर्शन गरेर पूर्वपाप मोचन गर्दैछन ।

त्यसैले देशको हित र रक्षाका लागि त्यहींको सरकार र जनताको दायित्व प्रमुख हुन आउछ तर हामी भने सहारा विहिन भैसकेको अवस्थामा छौ । बिगतका कैयौं गल्तीका परिणामहरु भोग्नु पर्ने स्थिति अगाडि तेर्सिएको छ । अहिले देखिएका सबै समस्याहरु बिगतमा राजनितिक दल, जनता र सरकारले गरेका र गर्न नसकेका कामहरुको कारणबाट उत्पन्न परिणाम नै  हुन । यसको निराकरणका लागि पनि राजनितिक दल, नेपाली जनता र सरकार नै एकतावद्ध भएर अगाडि बढनुको विकल्प छैन  । गल्ति सच्याउंदै लैजानु नै एकमात्र विकल्प हो ।

Posted on October 8, 2015

%d bloggers like this: