नेपालमा चाइनिज लगानीको सम्भावना

(बिचार-बिश्लेषण) 

निश्चित रुपमा अब हामीले चाइनाबारे बुझ्न र ब्यवहार गर्न अलमल गर्नु हुन्न; किनभने चाइनाको शक्ति दुइ प्रकारले विस्तारित हुँदै गएको छ – आर्थिक र परिवर्तनको आशा I जिम ओ’नीलले सन २०३५ सम्म चाइना पहिलो र भारत तेस्रो आर्थिक शक्तिका रुपान्तरित हुने कुरा आफ्नो पुस्तक ‘ द ग्रोथ म्याप’ मा तत्थ्यांक सहीत प्रस्ट्याएका छन। सन २०१४ मा  अन्तराष्ट्रिय मुद्रा कोषले प्रकाशित गरेको तथ्याङ्कमा  चाइनाले अमेरिकालाई उछिनेर विश्वको सबै भन्दा ठुलो अर्थतन्त्र हुन सफल भएको कुरा उल्लेख छ |

वेलायत लगायत अमेरिकाका ”सहयोगी” मित्र राष्ट्रहरु समेतले चाइनिज सकृयतामा खुलेको एशियन पूर्वाधार लगानी बैङ्क (Asian Infrastructure Investment Bank- AIIB) को सस्थापक सदस्यता लिने निर्णय गरेकोछ | यो निर्णयलाई अमेरिकाले ”विना जानकारी” भन्दै ”चासो” ब्यक्त गरेकोछ  भने चाइनाले वेलायतको आवेदनलाई स्वागत गरेकोछ|

अमिरिकी अधिकारीले भनेकाछन- ”विश्वका शक्तिशाली मुलुकहरु यसरि चाइनाको प्रभावमा पर्दै जानु राम्रो संकेत होइन, ” वेलायतको निर्णय उसको सार्बभौम अधिकारको कुरा हो तर उसले ”गुणस्तर”का लागि त्यहा निरन्तर ”दवाव” दिनेछ भन्ने कुरामा हामी विश्वस्त छौं”| यसको जवाफमा वेलायतले ”एशियामा आफ्नो निर्वाध निर्यात र लगानीको अवसरलाइ” सुरक्षित राख्ने कुरा जनाएकोछ | यता वेलायती प्रधानमन्त्रीका प्रवक्ताका अनुसार भने  वित्तमन्त्री जर्ज ओस्बर्न र अमेरिकी समकक्षीबिच यस बिषयमा  ”पुर्व छलफल भएको” थियो |  यसरी वेलायत बैंकको सदस्यताकालागि आवेदन गर्ने पहिलो ”पश्चिमा” राष्ट्र भएकोछ|[1] [2] [3]

चाइनाको करिव ६७ प्रतिशत सेयर रहने भनिएको यस बैङ्कलाइ मुलत: विश्व बैंकको प्रतिस्पर्धीको रुपमा लीइएकोछ | सोभियत संघको बिघटन पस्चात एकलौटि रुपमा विश्व अर्थतन्त्रमा हालीमुहाली चलाउँदै आएको अमेरिकी योजनाकारहरु बैंकिंग प्रणालिमा आफ्नो बर्चस्व गुम्ने डरले आत्तिएका हुन | स्मरण रहोस- विश्व बैंकमा अमिरिकाले, अन्तराष्ट्रिय मुद्रा कोषमा युरोपले र एशियाली बिकाश बैंकमा जापानले एकलौटि रुपमा प्रमुख नियुक्ति  गर्ने गर्छन |yuandollar_2596245b

भारत र चाइना हाम्रा निकटका छिमेकी हुन । यिनिहरुमध्ये एउटालाई काख लिएर आर्को लाई पाखा लगाउन सक्ने क्षमता नेपालको छैन र गर्नु हुंदैन पनि । दुबैको ‘मन जित्ने कुटनिती’ मार्फत प्राकृतिक श्रोतको उपयोगतिर लाग्नै पर्छ । नेपालको प्राकृतिक श्रोतको उपयोग गर्न लाभ, हानी र सहभागीताको आधारमा ‘’तिनवटै देशहरुको साझा हित’’ प्रतिविम्बित हुने गरी त्रिकोणात्मक संबन्धको खाका तयार गर्न ढिलो भई सकेको छ । भारत र चाइना लगानी गर्न सक्ने मुलुक हुन । यिनिहरुलाई चिड्याएर कम्सेकम नेपालको हित हुने देखिदैन ।

आन्तरिक राजनीतिमा अहस्तक्षेप र पूर्वाधारको बिकासमा पुरै लगानीको जुन नीति चीनले अख्तियार गर्दै आएको छ त्यस प्रति बिशेत: लगानीबाट बन्चित र राजनितिक अस्थिरता धेरै भएका मुलुकहरु आकर्षित भएकाछन I यसबाट चिन प्रतिको आशा बढेर गएको देखिन्छi

कुरा के हो भने भारत र चाइना यती अगाडि आइरहेका बेला नेपाल कता हराएको छ?! अब पनि राणा, राजा र पञ्चायतलाई गाली गरेर यती महत्वपूर्ण समय बिताउनु हानिकारक छ। बिषेत: चाइनाले ईमान्दार आर्थिक लगानी प्रयास गरेको छ. अफ्रिकन मुलुकहरु अहिले त्यसको उदाहरण भएका छन.  एशियाको पूर्वाधार निर्माणमा चाइनाले ब्यापक लगानी बढाउने नीति अघि बढाएको छ . त्यसैले तिनिहरुको बिकासबाट फाईदा लिन कतै न कतै हाम्रो शक्ती ‘नानी, खानि र पानी ले काम पाउन पर्छ।

थप सामाग्री 

बेइजिङ नभए पनि बोआओ 

वित्तिय संकटबाट मलेसिया छिटो माथी आयो

चाइनाको निरन्तर आर्थिक विस्तार : केन्द्र बिन्दु एशिया

image : Google search

©Jagadish

Advertisements

1 Comment

तपाईको बिचार

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s