नेत्रित्व क्षमता जताततै खोजी भईरहेकोछ

कागजमा लेखिने शब्दहरुमा शक्ति हुँदैन भन्ने ज्ञान हुँदाहुँदै पनि त्यसैकालागि मरिहत्ते गर्ने पाखण्डी परम्परा नेपालमा बसेको छ।

कुनै ब्यवस्था असफल हुनु भनेको त्यसको नेत्रित्व गर्नेहरु नै असफल भएका हुन । ब्यवस्था निर्जिव हुन्छ, त्यसलाई जिवन्तता दिने ब्यक्ती र समाजले हो, जहाँँ हर तरहले नेत्रित्व गर्न असफल ब्यक्तीहरु शब्दजालको अस्त्र फ्याँकेर भाग्दैछन र चोर बाटोबाट आँफैलाई स्थापित गर्न कम्मर कसेर लागेका छन भने बुझ्नु पर्छ कि- फेरी पनि षड्यन्त्र हुँदैछ । आठ -आठ बर्षसम्म संविधान दिन नसक्नेहरु आज भुकम्पले थिलोथिलो भएका जनतालाई फेरी नानाभाँतिको कुरा गरेर बिभाजित गर्दैछन ।

अहिले नेपाललाई चाहिएको शक्ति भनेको राष्ट्रिय शक्तिलाई बलियो पार्ने, बिकास र सुशासनलाइ ब्यवस्थित गर्ने हो । शक्ति आर्जन हुने ठाउँ भनेको जनता, सार्वभौम शक्ति र बलियो अर्थ तन्त्र हुन। तर जहाँ शक्तिको श्रोत निहित रहेको छ तिनैलाई कमजोर पर्दै फेरी नयाँ शक्ति खोज्ने उल्टो काम नेपालमा भएको छ। विडम्बना, नेपालको नेतृत्व गर्नेहरुबाटै विदेशीलाई बुझाउदै लागेको शक्ति खोस्न अब जनताले पुन: शक्ति आर्जन गर्नु परेकोछ । जुन निकै चुनौतिपूर्ण छ।

टनकपुरमा कोही बोलेनन्; टिस्टा, काङ्गडा सबै गाभियो, अहँ बोलेनन् । सिक्किम दार्जीलीङ सबै स्वाह भयो, चुईक्क कोही पनि बोलेनन् भारत र चीनबीच लीपुलेक सन्धि भयो, अझ पनि कोही बोलेनन् । जङबहादुर राणा, जसले जङे पिलर गाडेर मुलुकको सिमाना जोगायो, नयाँँ मुलुक फिर्ता लिएर देशको सिमाना बढायो, अनि सत्ताको खिचातानिबाट जोगाएर मुलुकको ईतिहासलाई १०४ बर्ष थप गर्न सघायो; यो पनि जङबहादुर राणा ले बनाएको ईतिहास हो । अहिले त्यो क्षमता देश भित्र जताततै खोजी भईरहेको अवस्था छ ।

ब्यक्ती र समाजको अनुशासित ब्यवहारबाट शक्ती(बिकास) आउने हो, काजमा लेखिने शब्दबाट किमार्थ होइन । गलत ब्यक्तिहरुको कारण उत्पन्न परिस्थितीलाई आधार मानेर कुनै पनि संथा र ब्यवस्थाको सुन्दर पक्षलाई कुरुप बनाइनु हुन्न । कार्यकारीको बहस यसैमा केन्द्रित हुनेपर्छ ।

सन्दर्भ : प्रत्यक्ष निर्वाचित कार्यकारीको हाम्रो रहर! भाग -२

Advertisements