वेलायतमा गोर्खा भेटेरानहरूको भोक हडतालः समान अधिकार पहिलो शर्त

प्रजातान्त्रिक मुलुकले गरेको यस्तो असमानताका बिरूद्धमा गोर्खा भेटरानहरूले विभिन्न कार्यक्रमसहित आवाज उठाउँदै आएका हुन्। उनीहरूको जायज मागलाई सम्बोधन गर्न वेलायत र नेपाल सरकारलाई दवाव सिर्जना हुँदै गएको छ।

यसलाई सुन्न पनि सकिने छ, सुनिसकेपछि धेरै मित्रहरूलाई जानकरी गराउन लाइक, श्यर र कमेण्ट पनि गर्नुहोला 🙂

बृटिस आर्मीमा कार्यरत नेपाली गोर्खा भेटेरानहरूलेहरूले अहिले भोक हडताल शुरु गरेका छन्। उनिहरूले १७ दिन अघि वेलायतको प्रधानमन्त्रि कार्यालय ‘१०-डाउनिङ्ग स्ट्रीट’ अगाडी समान अधिकारकालागि शुरू गरेको रिले अनसनप्रति निर्धारित अवधिमा कुनै सुनुवाई नभएको भन्दै वाद्य भएर भोक हडताल शुरु गर्नु परेको बताईएको छ। नेपाली (गोर्खा)हरूले सन् १८१४ अर्थात पहिलो विश्वयुद्धदेखि नै बृटीस सेनामा रहेर संयुक्त अधिराज्यको सुरक्षा गर्दै आएका छन् तर वेलायतको सरकारको तर्फवाट तिनिहरूलाई उपलब्ध गराईने पेन्सन लगायतका सेवा सुविधामा असमानता रहेको बताईन्छ। त्यसैले प्रजातान्त्रिक मुलुकले गरेको यस्तो असमानताका बिरूद्धमा गोर्खा भेटरानहरूले विभिन्न कार्यक्रमसहित आवाज उठाउँदै आएका हुन्। उनीहरूको जायज मागलाई सम्बोधन गर्न वेलायत र नेपाल सरकारलाई दवाव सिर्जना हुँदै गएको छ।

अनशनकारीहरू, वायाँबाट क्रमशः धन गुरुङ, पुष्पा राणा घले र ज्ञानराज राई

गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिका निर्देशक ज्ञानराज राई लगायत धन गुरुङ र पुष्पा राणा घलेले आज अगष्ट ८ तारीखबाट भोक हड्ताल शुरू गरेका छन्। उनीहरूले यो भोक हड्ताल अभियान आफ्ना जायज माग पुरा नभएसम्म जारी रहने कुरा नेपाल लण्डन न्युजलाई बताएका छन्।

प्रतिकुल मौसमका वावजुद पनि ठूलो संख्यामा उपस्थित भएर जनसमुदायले उनीहरूको अडान प्रति साथ दिँदै सफलताकोलागि शुभकामना दिएका थिए। मनग्य संख्यामा उपस्थित वेलायती भुतपूर्व सैनिक एवं नागरिकहरूले पनि अभियानमा नैतिक समर्थन जनाउँदै शुभकामना व्यक्त गरेका छन्।

यसै क्रममा गैर आवासीय नेपाली सँघ वेलयतकोलागि अध्यक्ष पदमा उमेदवारी घोषणा गरेका प्रेम गाहा मगरले पनि उक्त कार्यक्रममा उपस्थित भएर आफ्नो सहमति जनाई सकेका थिए। भाग्यवश उनै गाह मगरले अत्यधिक मत ल्याई जुलाई २-३ मा भएको निर्वाचनमा विजयी भएकोले गोर्खा भेटेरानहरूको यो आन्दोलनले अझ उचाइमा पुग्ने देखिएको छ।   

जीबी न्युजका प्रस्तोता एवं ब्रेक्जिटका मुख्य अभियन्ता नाइजेल फराजले सयौं वर्षदेखि वेलायतको सेवा गरी आएका भुतपूर्व गोर्खाहरूप्रति राम्रो व्यवहार हुन नसकेको तथ्य औंल्याएका थिए। यसै कार्यक्रममा फराजसँग बोल्दै कोलोनेल रिचर्ड केम्पले पनि भुतपूर्व गोर्खाहरू समान डीलकालागि योग्य रहेकोमा जोड दिंदै यसलाई सरकारले सुनुवाई गर्ने नै छ भन्नेमा आफू विश्वस्त रहेको वताए। भुतपूर्व गोर्खाहरूको जायज मागलाई सम्बोधन गर्ने गराउने सवालमा जीबी न्यूजजस्तै मिडीयाहरूले सरकारलाई दवाव दिन सकेको खण्डमा प्रभावकारी हुने सुझाव पनि केम्ले दिए।

तर दुखकासाथ भन्नु पर्छ यहाँका मिडीया हाउसका प्रकाशनहरूमा यो समाचार, विश्लेषणले स्थान पाउन सकेको छैन। त्यसो त नेपाल स्थित मिडिया हाउसहरूले पनि यस्ता समाचारलाई पस्कनु पर्ने दायित्व निर्वाह गरेको देखिदैन।

भुतपूर्व गोरखाहरू पनि बिभिन्न संस्थामा विभाजीत भएकोले पनि पटक पटका आन्दोलन र अभियानहरू तुहिने गरेका छन्। बिजीडब्लुएस, गेसो आदि नाम गरेको संस्थामा भुतपूर्व गोर्खाहरू विभाजित देकिएका छन्। जायज मागहरू पुरा भएको खण्डमा सबैको हित हुने बिषय हुँदाहुदै पनि विभाजित भएर आरोप प्रत्यारोपमा उत्रिनुले स्वयं गोर्खाहरू पनि माग पुरा नहुनुमा जिम्मेवार देखिएका छन्।

नेपाल सरकार र वेलायत सरकारले पत्राचार गर्ने, भुलाउने गर्दै आएको तर सहमति गरिसकेका मागहरू पनि ब्यवहारमा पुरा नगरेकोले वाद्यभएर अहिले भोक हडताल बस्नु परेको सहभागिहरूले बताएका छन्। त्यसैले समान पिडा हुने पिडित गोर्खाहरूले एक भएर लाग्नुको विकल्प देखिदैन। निश्चित छ कि- फुटेर त भन्न सकिंदैन तर जुटेर अवश्य जित्न सकिन्छ, न्याय पाउने यस अभियान। शुभकामना!

तपाईको बिचार

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.