सूचनाको मरुभूमीकरण

केही महिना अघि नेपालका नौ-दश कक्षामा अध्ययनरत केही वालवालिकालाई सोधेको थिएँ कि- ग्रेटा थनबर्गको नाम सुनेको छौ? कसैले नामसम्म सुनेको भने भने धेरैले त नसुनेको बताए। यही प्रश्नलाई कलेजस्तरका नानी बाबुहरूसँग पनि सोधें। उत्तर पहिलाको जस्तै थियो। त्यसपछि यही प्रश्न बाबु-आमा भइसकेका दाजु-भाइहरूलाई सोध्दा पनि उत्तर त्यस्तै आयो।

नौ-दश कक्षामा अध्ययनरत वालवालिकालाई ग्रेटा थनबर्गका बारेमा सोध्न मन लाग्नुको उएटामात्र कारण थियो- ग्रेटाको उमेर र चेतनाको स्तरमा ती वालवालिका तुलना योग्य हुन्। यी वालवालिकाले दिइको उत्तरले कलेजस्तरका नानी बाबु र बाबु-आमा भइसकेका दाजु-भाइहरूलाई समेत प्रश्नकालागि तान्दै लग्यो। किनभने कलेजका दिदी, दाजु र परिवारका बाबु-आमाबाट ती साना नानीहरूले सिक्न सक्ने आधार कति फराकिलो छ भनेर हेर्न सकिने भयो। के हामी हाम्रा नानीहरूको आवश्यकता अनुसारको बिषयमा पारिवारिक बहस केन्द्रीत गर्न अभिप्रेरित भइरहेका छैनौं?

ग्रेटा थनबर्ग जलवायु (वातावरण) अभियन्ता हुन र उनको नाम विश्व प्रशिध्द नेवेल पुरस्कारकालागि समेत सिफारिस भएको छ। उनी स्वेडेनमा सन् २००३ मा जन्मेकि हुन। खासगरी जलवायु परिवर्तनका कारण उनको र उनीपछिको पुस्ताले कहालिलाग्दो संकट ब्यहोर्नु पर्ने भन्दै विश्वका नेताहरूलाई सार्वजनिक रुपमा चुनौति दिंदै आएकी वालिका हुन्। स्विडीस भाषामा उनको नाम ‘गिरियत्ता थुनबाई’ भनेर उच्चारण गरिन्छ। उनको पुरा नाम ‘ग्रेटा टीनटीन एलेनोरा एर्नमान थनबर्ग’ हो।

आफ्ना बाबु आमाको विचारबाट प्रेरित ग्रेटाले पहिलो पटक स्वेडेनको संसद भवन अगाडी धर्ना दिएर ‘जलवायुकालागि विध्यालय बन्द, School strike for climate) लेखिएको प्लेकार्डसहित प्रदर्शनमा उत्रिइन। सन् २०१८ अगस्ट महिनाको त्यसदिन ग्रेटाले विध्यालय त्यागेर उक्त अभियान थालेकि हुन। उनको यो अभियानमा विश्वका करोडौं वालवालिका र समाजका विभिन्न तहतप्काका मानिसहरू सहभागी भइसकेका छन्। समर्थनमा विश्वको सबैभन्दा ठूलो र शान्तिपूर्ण जुलुसको सागर नै देखियो। उनले निवर्तमान अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ‘पेरिस संझौता-२०१५’ बाट बहिरिने निर्णयको खुलेर बिरोधमात्र गरिनन् त्यस्तो प्रवृत्तिलाई पर्यावरणीय समस्याको जिम्मेवार करारसमेत गरिन, कटाक्ष गरिन। तर दुर्भाग्य नै मान्नु पर्छ कि यसबारे नेपाली समाज कम जानकार र अत्यन्त थोरै छलफलमा सहभागी हुनेगरेको देखियो। फेरी प्रश्न उठ्छ कि किन नेपाली समाज वास्तविक सूचना र बहसमा घनिभूत छैन?

ग्रेटा थनबर्गबारे जानकारी गराउने उद्येश्यले पहिला यो भिडियो देखाएँ। अनि योयस्तै अरू दुई तीनवटा भिडियो सँगै बसेर हेरियो। सबै सकिए पछि म चुपचाप थिएँ तर सहभागिहरू स्वाँ… लामो श्वास फेर्दै ‘यस्तो त हामीलाई कसैले भनेको, देखाएको थिएन।‘ भनेर वास्तविकता सिक्न नसकेको प्रति आत्मग्लानी महशूस गरेको देखिन्थ्यो। समाजमा वास्तविक सूचनाको खडकिंदो अभावलाई उनीहरुको भावले संकेत गरेको थियो। विद्यालयका पाठ्यपुस्तकमा पढाइने सरसफाइ बारेका सामाग्रीले ‘होमवर्क’ गर्न सिकाए पनि कक्षा कोठाका माकुराका जालो र कागजका टुक्रा हटाउन भने सिकाउँदैन्थ्यो! शिक्षा व्यावहारिक र व्यावसायिक हुनुपर्नेमा परावलम्वी बनाउने हुँदैगएको छ, नक्कल र आयातमुखी भएको छ!           

मेरा मनमा पनि सही सूचनाको आधारमा वास्तविक तथ्यमाथि बहस नभएकै हो कि भन्ने सोचलाई लिएर अलिबढि नै गहिरिन मन जाग्यो। परिणामतः केही इस्युलाई दिमाग ले टिप्यो र प्राप्त सूचनासँग भिडाएर हेरें। ती इस्युहरू भारतमा तीन महिनदेखि जारी किसान आन्दोलन, ग्लोबलाइजेशनले लोकलाइजेशनलाई सखापै पारेको समस्या, ग्लोवल नर्थले (विकशित मुलुक) ग्लोवल साउथलाई कोरोना भाइरस विरुद्धको भ्याक्सीन उत्पादन गर्न नदिन दिंदै आएको दवाव थिए। यी इस्युहरू बारेको विचार बिश्लेषण निकै नै कम देखिए; देखिएनन् भन्दा पनि हुन्छ। म्यानमारको शैनिक कुबारेका सूचना पनि पर्याप्त थिएनन्। यस्ता यावत बिषय जो नेपाली समाज परिवर्तनमा प्रभावकारी छन् त्यसमा रुची भएको देखिएन वा रुची नभएको देखिने बनाइएको छ! वा लठैत सूचनाको आधारमा ‘डिस्इन्फर्म’ गरिएको छ।

तर मिडिया, सामाजिक संजाल, भिडियोमा प्राय असफलताले भरिएका राजनैतिक घटना र परिघटना, तर्क कुतर्कको सहारा लिएर समाजलाई खण्डित पार्ने सामाग्रिहरूको पुनराबृत्ति, प्रतिस्पर्धा, उचाल-पछारमा आधारित सूचना अधिकाधिक जारि भएका हुन्थे जसले सूचनाको वास्तविक दुनियाँमा प्रवेश गर्न नेपालीहरूलाई रोकिरहेको हो कि जस्तो देखिन्थ्यो! बिचारले बिभाजित गर्दै लगेको नेपाली समाजलाई मेलमिलापको बिचार भने दिन सकिए झैं लाग्दैन। गुट र फुटका, पक्ष र विपक्षका बिचारहरू प्रिय बनेर अग्र भागमा देखिने गरेका छन्। यो निश्कर्ष निकाल्न एक दिनभरी सूचनाको मान्द्रोमा फिंजिएका बिस्कुनहरूले सघाएका थिए।

@simantablog

तपाईको बिचार

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.