बालुवाको अभावले कोरोना भ्याक्सीन उत्पादन प्रभावित

Image: The Conversation
  • जगदीश वाग्ले

सुन्दा अचम्म लाग्न सक्छ कि “बालुवाको अभावले कोरोना भ्याक्सीनको उत्पादन पनि प्रभावित” हुन्छ? तर यो तथ्य सत्य हो किनभने भ्याक्सीन भरिएर आउने सीसाको ग्लास बनाउने मुख्य कच्चा पदार्थ बालुवा हो।

कुनै पनि उत्पादन सफल हुनकालागि ‘सप्लाइ चेन’ भित्रका सबै उत्पादन नियमित रहन सक्नुपर्छ। कोरोना भाइरस विरुद्धको भ्याक्सीन बनाउनकालागि जनशक्ति, यातायात, कच्चा पदार्थ, ग्लास, प्याकेजिङ, प्रिन्टिङ सामाग्री आदि आवस्यक पर्दछन्। त्यस्ता  सयौं उत्पादन र क्रियाकलापको संयोजनबाट यौटा भ्याक्सिन बनाउन सकिन्छ। बस्तुको उत्पादन – चाहे भौतिक वस्तु होस वा सेवा – मा सहायक हुने सयौं क्रियाकलापको संयोजनलाई नै ‘सप्लाइ चेन’ भन्ने गरिन्छ। त्यसैले हामीले देख्ने कोरोना भाइरसको एक भाइल (सीसी) भ्याक्सीन सयौं क्रियाकलापको समिश्रणपछि उपभोगकालागि बजारमा उपलब्ध हुने गर्दछ। यदि भ्याक्सीन भरिएर आउने सीसाको ग्लास बनाउने मुख्य कच्चा पदार्थको अभाव हुन गयो भने कोरोनाको भ्याक्सीन उत्पादन नै प्रभावित हुन जान्छ। यसले वैज्ञानिकको सफल अनुसन्धानलाई हतोत्साही बनाउँछ भने कोरोनाको भ्याक्सीनको प्रतिक्षमा तडपिरहेको विश्व जनमानसलाई निरास बनाइदिन्छ। सीसाको ग्लास बनाउन प्रयोग हुने बालुवा, बालुवा उद्योग र बालुवा खानीहरू उजाड भएमा परिस्थिति के होला! यति बुझिसकेपछि अनुमान लगाउन कठीन हुने कुरै भएन। सत्य त्यही हो कि कोरोनाको भ्याक्सीनको विकास हुनु अगाडिदेखिनै सीसाको ग्लास (जसलाई भाइल भनिन्छ) बनाउने उद्योगले बालुवाको अभाव महशुस गर्दै आएका थिए।

नेपालले हजारौं मेट्रिक टन बालुवा निर्यात गरेर उक्त उद्योगलाई वा ‘सप्लाइ चेन’लाई सहयोग गर्न सक्छ तर नेपालमा बालुवामाथिको अपराध झन् खराब छ।

वेलायतबाट बिभिन्न विश्व विद्यालयहरूको सहकार्यमा प्रकाशित हुने ‘द कन्भरसेसन’ अनलाइनमा यौट अनुसन्धानात्मक लेख प्रकाशित भएको छ। त्यस लेखमा बालुवामाथिको आपरधिक चलखेललाई लिएर नेपालको नाम पनि जडिएको छ।

Image: The Conversation
नेपालको बालुवा खानी | Image: The Conversation

उक्त लेखमा भनिएको छ- सन् २००७ देखि २०१६ को अवधिमा कम्बोडीयाबाट सिङ्गापुरले ८०.२ मिलियन टन बालुवा आयात गरेको देखिन्छ तर कम्बोडीयाको आधिकारिक रेकर्डमा जम्म २.७७ मिलियन टनमात्र निर्यात भएको देखिन्छ। यस तथ्याङ्कले बालुवाको चोरी निकासीलाई देखाएको छ। यसबाट सहजै अनुमान लगाउन सकिन्छ कि बालुवा कति महत्वपूर्ण छ भनेर! पानीपछि धेरै प्रयोग हुने प्राकृतिक श्रोतमा बालुवा पर्दछ।

विश्वमा बालुवाको माग चालीसदेखि पचास बिलियन टनसम्म रहेको छ। जनसङ्ख्यासँगै बढिरहेको शहरिकरणका कारण कङ्रिटका आवास लगायत अन्य भौतिक पुर्वाधार बनाउनकालागि पनि बालुवाको माग दिनदिनै बढदै जाँदोछ।

बालुवामाथिको आपराधिक कुकर्मलाई उजागर गर्ने कार्यमा जोडिन पुग्दा धेरै अभियन्ता, पत्रकार, स्थानिय, कामदार, प्रहरी आदिको ज्यानसमेत जाने गरेको छ। ठूला ठूला माफियाहरूको चलखेल हुने गरेको छ। नेपालबाट बर्षेनि खर्बौं रुपैयाँबराबरको बालुवा भारततिर चोरी निकासी हुनेगरेका समाचार बारे सरकारी संयन्त्र सचेत देखिएको छैन।

यसरी बालुवासँग जोडिएको विशाल अर्थतन्त्र, पर्यावरण र राजनीति आज पर्यन्त ओझेलमा पर्दै आएको छ। यसबारेको अनुसन्धान, नीति तथा ठोस कार्यक्रम अत्यावश्क भएको छ। यदि बालुवालाई संबर्धन गर्ने सवालमा समयमै सचेत नहुने हो भने यसबाट भविष्यमा झन् ठूलो दुर्घटना हुने देखिन्छ।

जाँदाजाँदै उत्पादनको मुखमा लाईन लागेका केरोना भाइरस बिरुद्धका खोपहरू पनि बालुवा कै कारण रोकियो भनेर सुन्नु पर्ने अबस्था नआउला बन्ने छैन्। राज्य समयमै राज्यजस्ता हुन सकुन, आशा गरौं।   

  • @simantablog

फिचर इमेजः द कन्भरसेसन

तपाईको बिचार

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.