गीता : सोह्रौं अध्याय

यस अध्यायमा व्यक्ति/मानिसको प्रवृति वा स्वभाव र बानी वा व्यवहारका बारेमा भगवान श्रीकृष्णले पार्थ (अर्जुन)लाई सिकाएका छन । व्यक्तिको स्वभाव जन्मसिद्ध प्राप्त हुने गर्दछ भने व्यवहार समाजको चालचलनले निर्धारण गर्दछ । व्यवहार परिवर्तनशील हुन्छ, तर स्वभावमा परिवर्तन ल्याउनु कठिन कार्य हो । आचार्य द्रोणको शिष्य भएर पनि दुर्योधनको व्यवहारमा  आउन नसकेको परिवर्तनले स्वभावलाई जनाउँछ भने श्रीकृष्णले युद्धको लागि अर्जुनमा ल्याएको परिवर्तन व्यवहारसँग धेरै नजिक छ । किनभने त्यतिखेरको समाजलाई हेरेर अर्जुनले आफ्नो व्यवहारमा परिवर्तन गर्ने निधो गरेका थिए । अत: व्यक्तिले स्वभाव अनुसारको ब्यवहार गरिरहेको हुन्छ । स्वभाव अनुसार गरिएको ब्यवहारका कारण व्यक्ति सफल/महान वा असफल हुने गर्दछ भनेर गीतामा भनिएको छ ।

असल स्वभाव र व्यवहार त्यो हो जसले आफ्नो इन्द्रीयमाथि नियन्त्रण गर्न सक्दछ, काम, क्रोध र मोहबाट टाडा रहन सक्छ, प्रसन्न रहन्छ, निष्ठा, सत्य, दान, सरल, अहिंसाभाव राख्दछ, लोभ, निन्दा, स्त्री र पुत्र मोहबाट टाडा रहन सक्ने स्वार्थरहित मानव नै महान हो । कतिपय व्यक्तिले जन्मैदेखि यस्ता असल गुण लिएर जन्मेका हुन्छन ।  गान्धी, बुद्ध, मदर टेरेसा आदि महान ब्यक्ति हुन । यस्ता महामानवका निस्वार्थ कर्मले आज पर्यन्त समाजलाई सत्मार्गमा हिडन प्रेरित गरेको छ । गीताले मानिसलाई असल कर्म गर्नका लागि अभिप्रेरित गरेको छ ।

गीताको यस अध्यायमा भनिएको छ, समाजलाई त्यस्ता व्यक्तिले दु:ख दिइरहेका हुन्छन जसमा आसुरीभाव, हिँसा, पाप, दम्भ, अभिमान, क्रोध, लोभ, मोह र अज्ञानता रहेको हुन्छ । यो पनि व्यक्तिले जन्मँदै ल्याउने स्वभाव हो । आसुरीभाव भनेको मानवता विरोधी कर्मलाई जनाउँछ । रावण, मुसोलिनी, हिटलरजस्ता ब्यक्ति यस वर्गमा पर्दछन । यस्ता आसुरीहरुको अति मनोगत महत्वाकांक्षाले गर्दा विना उचित कारण धेरै जनधनको क्षति भएको छ; समाज संकट झेल्न वाध्य भएको हुन्छ ।  

अन्तमा, काम, क्रोध र मोह त्यस्ता तीन द्वार हुन् जसले मानिस स्वयंलाई आत्मा नष्ट गर्न उत्प्रेरित गरेर नरक तर्फ धकेल्छ । यी तीन कुराहरुबाट मानिसले मुक्त हुनसक्नु पर्दछ । अन्यथा, मानिस दु:खको कारण ऊ स्वयं हो । उसले आफ्नो सुख शान्ति त बिनास गर्दछ नै; समाजलाई पनि असुरक्षित र अस्थिर बनाएको हुन्छ । यस सन्दर्भलाई जोडेर हेर्दा आजका शासकहरुले आफुलाई उक्त तीन शत्रुबाट अलग गर्न नसकेकै कारण आफु पनि फसेका छन् र नागरिकहरुलाई पनि समस्यामा फ़साएका छन । क्रमश: पन्ध्रौँ अध्याय  

सिमान्तको प्रयास कस्तो लाग्यो, सुझाव दिनुहोस



गीताका सबै अध्यायहरु र सारांश
========================

गीता : सोह्रौं अध्याय

यस अध्यायमा व्यक्ति/मानिसको प्रवृति वा स्वभाव र बानी वा व्यवहारका बारेमा भगवान श्रीकृष्णले पार्थ (अर्जुन)लाई सिकाएका छन । व्यक्तिको स्वभाव जन्मसिद्ध प्राप्त हुने गर्दछ भने व्यवहार समाजको चालचलनले निर्धारण गर्दछ । व्यवहार परिवर्तनशील हुन्छ, तर स्वभावमा परिवर्तन ल्याउनु कठिन कार्य हो । आचार्य द्रोणको शिष्य भएर पनि दुर्योधनको व्यवहारमा  आउन नसकेको परिवर्तनले स्वभावलाई जनाउँछ भने … Continue reading गीता : सोह्रौं अध्याय

गीता : सत्रौं अध्याय

गीताको सत्रौं अध्यायमा अर्जुनले भगवान श्रीकृष्णसँग प्रश्न गरेका छन कि – निष्ठा भनेको के हो ? अर्थात शास्त्रको विधि नअपनाई गरेको भक्तिभाव कस्तो हुन्छ भनेर सोधेका छन । त्यसैगरी यसै अध्यायमा कस्ता व्यक्तिलाई सात्विक, राजसी र तामसी भनिन्छ भनेर मानिसको गुणका बारेमा पनि सोधिएको छ । उत्तरमा श्रीकृष्णले अर्जुनलाई बताएका छन् कि प्रत्येक मानिस अलग … Continue reading गीता : सत्रौं अध्याय

गीता : अठारौँ अध्याय

गीतालाई अठार अध्यायमा विभाजन गरिएको छ र यो नै अन्तिम/समापन अध्याय पनि हो । यो अध्याय मुलत: माथिका सत्र अध्यायहरुमा वर्णन गरिएका कुराहरुको निष्कर्ष हो । भगवान श्रीकृष्णले अर्जुनलाई सत्र अध्यायसम्म जे जति अर्ति उपदेश दिए त्यसैको सार हो अठारौँ अध्याय । यस अध्यायमा भगवान श्रीकृष्णले आफ्ना सवै बिचार सुनिसकेपछि अर्जुनलाई स्वनिर्णय लिन स्वतन्त्र छोडिदिएका … Continue reading गीता : अठारौँ अध्याय

गीता र महाभारत

सबै संकट विपत्तिका रुपमा मात्रै आउँदैनन, बरु अवसर पनि ल्याएका हुन्छन । डिसेम्वर २०१९ को अन्ततिर  चीनको हुवान प्रान्तबाट सुरु भएर विश्वभर फैलिएको कोरोना भाइरसले अहिलेसम्म करिव चार लाख मानिसको ज्यान लिएको छ ।  मानिसहरु पुरै लकडाउनमा छन् । मानिसका सम्पूर्ण गतिविधि अवरुद्ध भएका छन् । किन यस्तो भयो, यसको निराकरणका लागि पूर्वीय दर्शनमा के … Continue reading गीता र महाभारत

तपाईको बिचार

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.