विश्व ब्यापार संगठनको औचित्य सकिएकै हो !
एउटा लेक्चरबाट प्रोफेसर बाहिर निस्कदै गर्दा मैले सोधेको थिएँ – विश्व ब्यापार संगठन (World Trade Organisation) अर्थात यसपछि डब्लुटिओ ले अल्पबिकशित मुलुकको ब्यापार प्रवर्धन गरेको छ कि ठुला मुलुकको व्यापारलाई संरक्षण गरेको छ; कति निस्पक्ष छ ? उनले जवाफ दिएका थिए, ठुला मुलुकको प्रभाव त पर्छ नै ।
पच्चिस बर्ष अघि अर्थात सन १९९५ को जनवरी एक तारिखका दिन विश्व ब्यापार संगठन (डब्लुटीओ) को स्थापना भएको थियो । पुरानो ग्याट, (Generat Agreement on Trade and Tariff – GATT) को संरचनालाइ नै डब्लुटीओमा परिणत गरिएको हो । डब्लुटीओ को मुख्य उद्देश्य स्वतन्त्र ब्यापार र उदारिकरणलाई प्रवर्धन गर्नु हो । यसबाट विश्वमा गरिने बस्तु, सेवा र बौद्धिक सम्पत्तिको कारोवारलाई नियमन, मर्यादित र व्यवस्थित गरिने छ जसले गर्दा विश्वमा संम्वृद्धि र रोजगारी बढन जाने कुरा आम विश्वास थियो ।

तर, खासगरी अमेरिका र चीनविचमा जारि “ब्यापार युद्ध” को संघारमा देखिएको विश्वको अवस्थालाई नियाल्दै डेबोरा जेम्सले अल्जजिरा पोर्टल (३० नोभोम्बर, २०१९) का लागि लेखेकी छन् कि विश्वमा संम्वृद्धि र रोजगारी बढन जाने कुराको आम विश्वास वीस बर्षपछि (सन १९९९ मा सियाटलमा भएको चर्को बिरोध पछिको अवधि) आएर गलत सावित भएको छ । जेन जोन्सनले पनि लस एन्जेलस टाईम (२९ नोभोम्बर, २०१९) का लागि त्यस्तै बिश्लेषण गरेका छन् । विश्व ब्यापार संगठनको पच्चीसौं बर्षको उपलब्धिका बारेमा समिक्षा गर्दै यस हप्ता प्रकाशित अधिकांश समाचार बिश्लेषणमा संगठनको असफलतालाई इंगित गरिएको हो ।
डब्लुटीओले तत्काल लिएका नीतिहरूले आम लक्ष पुरा हुन नसक्ने भन्दै सन १९९९ मा अमेरिकाको सियाटलमा जारि सदस्य राष्ट्रहरुको मन्त्रिस्तरीय बैठक स्थल घेराउ गर्दै ४० हजारभन्दा धेरै मानिसको सहभागितामा ब्यापक बिरोध भएको थियो । मुलत: श्रम बजारमा देखिएको शोषण, आर्थिक असमानता, स्वास्थ्य-उपचारमा समस्या, पर्यावरण र कृषकको दयनीय अवस्थाले गर्दा सियाटलको त्यो बिरोध सहि थियो भनेर त्यस्तो टिप्पणि गरिएका हुन् । सियाटलको त्यो बिरोधमा अन्तराष्ट्रिय मुद्रा कोष र विश्व बैंकलाई समेत मतियारको रुपमा आलोचना गरिएको थियो । अमेरिका र चीनविचमा जारि “ब्यापार युद्ध” को समाधानमा ब्लुटीओ को भूमिका सून्यप्राय: देखिनुले पनि आलोचनालाई प्रश्रय पुग्न गएको हो ।
तर यता २७ नोवेम्बेरमा डब्लुटिओको ब्यापार निती मुल्यांकन संयन्त्र (Trade Policy Review Mechanism (TPRM), ले ३० बर्ष पुरा गरेको छ । यसै अवसरमा आयोजित कार्यक्रममा संगठनका महानिर्देशक रोबर्टो अजेभेडोले बिगत ३० बर्षमा धेरै काम भएका छन भन्दै १५७ सदस्यका ५०० वटा भन्दा ब्यापार निती पुनर्मूल्यांकन गरेको कुरा बताएका थिए । र अहिले १६३ सदस्य राष्ट्रहरु डब्लुटिओको नियम पुनरावलोकन गर्न समेत राजि भएका छन । यौटा मुलुक (अमेरिका) लाई खुसि बनाउनका लागि १६३ मुलुकले सहमति गरिदिए (डिसेम्बर १, २०१९)। स्मरणिय छ कि डब्लु टी ओ मा १६४ सदस्यहरु छन्। यसबाट अमेरिकाले चाहे अनुसार गर्न सहज हुने देखिएको छ । किनभने राष्ट्रपति ट्रम्पले डब्लुटिओको नीति नियम अमेरिकाको पक्षमा नरहेको बताउंदै आएका थिए । जबकि यो नवउदारवादको अवधिमा सबैभन्दा सक्तिशाली र हालीमुहाली पनि अमेरिकाले नै गर्दै आएको विदितै छ । तर यता एशिया लगायत चीनको फैलँदो आर्थिक शक्ति र यातायातको लागि तेलको सट्टा लिथियम ब्याट्रिले लिन लागेको अवस्थामा व्यापारको चरित्र र स्वरुप बदलिनु पर्ने बुझाई छ ।
वर्तमान अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सत्ता सम्हाले पछि बिशेष गरि चीनबाट आयात गरिने बस्तुमा एकाएक महशुल बढाउने निती लिए । यसलाई संचार जगतले ब्यापार युद्धको नाम दियो । चीनले पनि प्रतिकारात्मक निती लियो र ट्रम्प प्रसाशनको उक्त निर्णय डब्लुटिओको निति बिपरित भनेर संगठनकै विवाद निरुपण समितिमा उजुरी हाल्यो । डब्लुटिओको विवाद निरुपण समितिले अमेरिकी नीतिलाई एकातर्फी ठहर्र्याउँदै अमेरिकी आयातमा चीनले करिव ३ अर्ब अमेरिकन डलर सम्म महसुल बढाउने पाउने गरि फैसला दियो । स्मरणीय कुरा के छ भने ट्रम्पले चीनलाई बिकाशोन्मुख राष्ट्रको कोटिमा बसेर फ़ाईदा लिएकोले उसको त्यस सुविधामा बिचार गर्नु पर्ने भनेका थिए । त्यतिमात्रै होईन, आफुले भने जस्तो नभएमा डब्लुटिओको सदस्यताबाट बाहिरिने चेतावनी पनि दिंदै आएका थिए । स्मरणिय रहोस हालै अमेरिका पर्यावरण सम्बन्धि पेरिस सम्झौताबाट पनि बाहिरिसकेको छ । अमेरिकाले चिनबाट हुने आयातमा महशुल बढाउने निती लिएको कुरालाई अष्ट्रेलियाका ब्यापारमन्त्रि सिमोन बर्मिङ्घमले पनि ‘अमेरिकाले डब्लुटिओको नियम उलंघन गरेको’ बताएका थिए ।
नेपालले पनि डब्लुटिओको सदस्यता सन २००४, २३ अप्रिलका दिन (१४७ औं सदस्यका रुपमा) लिएको हो; त्यसयता ठुलो ब्यापार घाटा व्यहोर्दै आएको छ । खासगरी निर्यात गर्ने बस्तुको गुणस्तरका उल्झनहरुले गर्दा विश्व बजार पाउन नेपालजस्ता साना मुलुकको उत्पादनलाई सहज छैन । त्यसैगरी, नेपालले कच्चा पदार्थ र कृषिजन्य बस्तुको निर्यात गर्ने गर्दछ भने यन्त्र, औजार हातहतियार र द्वितीयक बस्तु बाहिरबाट आयात गर्दछ । आयात गरिने बस्तुको मूल्य कयाैँ गुणा धेरै हुने भएकोले स्वदेशी बस्तुको कुल निर्यातबाट त्यस्तो घाटा पूर्ति हुने कुरै भएन । सन १९८८ सम्म नेपालले धान निर्यात गर्दथ्यो तर अहिले आयातमात्रै गर्ने गरेको छ ।
आतंकवादको युद्धबाट एकाएक ब्यापार युद्धमा होमिएको अमेरिकी वर्तमान नीतिले धेरै मुलुकलाई आफ्नो ब्यापार नीति मुल्यांकन गर्न वाध्य पारेको छ । अमेरिकाले वेलायत, युरोप, अष्ट्रेलिया, मेक्सिको, क्यानडा लगायतका मुलुकबाट आयात हुने कुनै न कुनै बस्तुमा महसुल वृद्धि गरिदियो र वृद्धि गर्ने कुरा गर्दै आएको छ । त्यसको केन्द्रमा चीन परेको छ किनभने अमेरिकाले धेरै चीनबाट आयात गर्छ र चीनको पछिल्लो प्रगतिले अमेरिकालाई नै पछाडी पर्ने गरी अगाडि बढिरहेको अवस्था छ ।
हालै सम्मपन्न वृक राष्ट्रहरुको संगठनले विश्वमा ब्याप्त पछिला समस्याहरुको चुनौती सामना गर्न्रसक्ने गरि डब्लुटिओ, अन्तराष्ट्रिय मुद्रा कोष र विश्व बैङ्क लगायत सयुक्त राष्ट्र संघ समेतको संरचनामा व्यापक सुधार हुनु पर्ने अडान सर्वसम्मतिले पारित गरेका छन् । वृकमा ब्राजिल, रसिया, भारत, चिन र दक्षिण अफ्रिका सदस्य छन । ब्राजिल, रसिया, भारत, चिन सस्थापक सदस्य हुन भने दक्षिण अफ्रिका सन २०१२ देखि थपिएको हो ।
तत्कालिन अमेरिकी राष्ट्रपति विल क्लिनण्टनका आर्थिक सल्हाकार एवं नोवेल पुरस्कारले सम्मानित विद्वान प्रोफेसर जोसेफ स्टीग्लिट्जले आफ्नो पुस्तकहरुमा भनेका छन- ठुला मुलुकले आफ्नो व्यापारलाई बिस्तार गर्न साना मुलुकको बजार खुला गराए तर आफ्नो बजारमा अरु कसैलाई छिर्न दिएनन, नियन्त्रित राखे ! यसरि डब्लुटिओ आफैं स्वतन्त्र नरहेको अवस्थामा यसले कसरि विश्व व्यापारलाई स्वतन्त्र गराउन सक्ला ! प्रश्न गम्भीर छ । डब्लुटिओको माध्यमबाट ठुला मुलुकहरुले साना मुलुकको कच्चा पदार्थ र श्रम शक्तिमा हालीमुहाली गर्नुको साथै राम्रै शोषण गरेको अवस्था छ। जानकारहरुले ब्यापार युद्धका कारण विश्वमा आर्थिक मन्दी आउन सक्ने चेतावनी दिई रहेका छन। महंगीको मार निम्न आय भएको वर्गमा पर्ने, अहिलेसम्म तयार भएको विश्व-घरको संरचना भत्किने, लगायत विश्व शुसासन बिग्रने जोखिम बढिरहेको बताईन्छ तर १६४ राष्ट्र सदस्य रहेको विश्व ब्यापार संगठन मुकदर्शक भएर हेरेको छ; समाधानका लागि पहल गर्न सक्दैन। देशहरु आफ्नै डम्फुको तालमा उफ्रिरहेका छन । विश्व ब्यापार संगठनले त सम्बन्धित देशलाई भन्न सक्नु पर्थ्यो कि – तिम्रो स्वार्थ र गल्तीले विश्वभरका मानिसले किन दुख पाउनु पर्ने ! तुरुन्त रोक लोभ, स्वार्थ्य र लालचका कुरा। तर मनपरी चलिरहेको छ। कसैलाई मालामाल छ त कसैको कोलाहल छ। तराजुको भूमिकामा रहनु पर्ने विश्वका ठुला संगठनहरु नै मतियार जस्तो देखिनुले ठुलो परिवर्तनलाई संस्थागत गरिरहेको छ। यो नै असफलता होईन र! विश्व ब्यापार संगठनको औचित्य समाप्त भएको मान्न सकिन्न तर सुधार हुनै पर्ने देखिन्छ । अन्यथा, स्टिग्लिजले भनेका छन- अर्को विश्व सम्भव छ (Another world is possible).

- जगदीश वाग्ले
- इमेल: incomesco@outlook.com
- थप जानकारीको लागि वेबसाईट
अन्य पोष्टहरु
- बिएनसी घरदैलो सदस्यता अभियान संचालनवेलायत, वेजिङस्टोक———————— वेलायत स्थित वेजिङस्टोक नेपाली समाजले घरदैलो सदस्यता अभियान एवं सो क्षेत्रमा बसोवास गर्दै आएका नेपालीहरूको जनगणना गर्ने निर्णय … Continue reading बिएनसी घरदैलो सदस्यता अभियान संचालन
- भारतको रामनगर, सेन राजा र टीकानिधि वाग्ले जोडन सक्ने लेख…… उनीसँग नेपाली कांग्रेसको स्थापनाकालका गतिविधि झल्काउने तस्बिरदेखि अन्य महत्वपूर्ण दस्तावेजहरू सुरक्षित छन्। यति मात्र होइन, हजुरबुबा अम्बिकाप्रसाद र अम्बिकाका ठूलोबुबा देवीप्रसादले … Continue reading भारतको रामनगर, सेन राजा र टीकानिधि वाग्ले जोडन सक्ने लेख
- बालेनले जितेको मन र मतः राजनीतिमा मडारिएको लौरोनिर्वाचन आयोगले हालै सम्पन्न स्थानीय निकायको असी प्रतिशत निर्वाचन परिणाम आइसकेको उद्घोष गरिरहेका बेला काठमाण्डौको फोहर उठन छाडेर सतप्रतिशत चाङ … Continue reading बालेनले जितेको मन र मतः राजनीतिमा मडारिएको लौरो
- बेजिङस्टोकका नेपालीले खेलकुद र मनोरञ्जन सहित भव्य समर पार्टी सम्पन्न गरेवेलायत स्थित बेजिङस्टोकमा वसोवास गर्दै आएका नेपालीले गत मार्च २३ तारिखका दिन स्थानिय पप्ली कम्युनिटी सेन्टरमा भव्यताका साथ ग्रिष्मकालिन पार्टी … Continue reading बेजिङस्टोकका नेपालीले खेलकुद र मनोरञ्जन सहित भव्य समर पार्टी सम्पन्न गरे
- बेजिङस्टोक नेपाली समाजको सातौँ अधिवेशन सम्पन्नहालै बेलायतस्थित बेजिङ स्टोक नेपाली समाज युकेको सातौँ अधिवेशन स्थानीय चुट हाउसको हलमा सम्पन्न भएको छ। १२ मार्च, २०२२ का … Continue reading बेजिङस्टोक नेपाली समाजको सातौँ अधिवेशन सम्पन्न
- एमसीसीको बल्छीमा गड्यौंला र माछायतिखेर नेपाल एमसीसीको बल्छीमा अल्झिएको छ। राजनीति, सामाजिक संजाल, गाउँ-घर, मेला-पातो र पँघेरामा सुनिने विषय बनेको छ एमसीसी! मानौं यो … Continue reading एमसीसीको बल्छीमा गड्यौंला र माछा
- कसले कसलाई लगानी गरेको छः धनीले गरिवलाई कि गरिवले धनीलाई ?सन्दर्भः कोप-२६ सम्मेलन जलवायु परिवर्तनबाट हुने मानवीय क्षतिलाई रोक्ने त सबैले भनेकै छन् तर त्यसकालागि आवश्यक पर्ने लगानीको श्रोत कसरी … Continue reading कसले कसलाई लगानी गरेको छः धनीले गरिवलाई कि गरिवले धनीलाई ?
- कोप-२६ सम्मेलनः प्रभावमा पारिएकाहरू निर्णयको केन्द्रमा हुनुपर्छकन्फरेन्स अफ पार्टीसीपेन्टस (कोप) को छव्वीसौं मिटीङ (कोप-२६) संयुक्त अधिराज्यको स्कटल्याण्डमा जारी छ। गत ३१ नोभेम्वरदेखि सुरू भएको यो सम्मेलनको … Continue reading कोप-२६ सम्मेलनः प्रभावमा पारिएकाहरू निर्णयको केन्द्रमा हुनुपर्छ
- सम्झनामा प्रेमसिंह धामी : ‘काठमाडौंलाई किन दुख्दैन कालापानी ?’प्रेमसिंह धामीको निधन भएको २३ वर्ष (जन्म : २००९।०५।२९ : मृत्यु २०५४।०५।२७) भइसकेको छ । यसबीचमा महाकालीमा धैरै पनी बगिसकेको … Continue reading सम्झनामा प्रेमसिंह धामी : ‘काठमाडौंलाई किन दुख्दैन कालापानी ?’
- दशैं, वेलायत र विस्तारित नेपाली संस्कृतिजगदीश वाग्ले स्वदेशभित्र दशैंको विविधताले सामाजिक, सांस्कृतिक, आर्थिक र राजनीतिक महत्वमा जे जसरी आकार फैलाउँदै गएको छ त्यसको प्रभाव विदेशिएका … Continue reading दशैं, वेलायत र विस्तारित नेपाली संस्कृति