दिगो बिकास लक्ष : विपनामा नभेटिने सपनाको स्वर्ग

Image: UN

आज यो लेख लेख्दासम्म नोभेम्बरको एक महिनामा बिभिन्न अनलाईन संचार माध्यममा पढिएका ९१० वटा बिचार-विश्लेषण र समाचारका शिर्षकहरुमध्ये दिगो बिकासको बिषयमा लेखिएका सामाग्रीहरु मुस्किलले पाँचवटा मात्रै थिए । यो अनुभवबाट दिगो बिकास (दीबि) (Sustainable Development Goals – SDGs) का बिषयमा कत्तिको जागरुकता र प्रचार-प्रसार भएको छ भन्ने देखाउँछ । त्यसैगरि लगानीको चुनौतीका बिषयमा अध्ययन गर्दै जाँदा स्वमं संयुक्त राष्ट्र संघको रिपोर्टले के देखाएको छ भने- दिगो बिकासका १७ वटा लक्षहरुले लक्षित गरेको प्रतिफल पाउनका लागि कुल ५ देखि ७ ट्रिलियन अमेरिकन डलर  प्रति बर्ष लगानी गर्न बान्छनीय छ । हालसम्म पतिवद्धता गरिएको रकम जम्मा ३ ट्रिलियन अमेरिकन डलर मात्रै छ । नपुग करिव ४ ट्रिलियन अमेरिकन डलर देखाईएको छ । यता केहि समय अघि राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष स्वर्णिम वाग्लेले ‘फायर साईड’ मा बताउदै थिए कि नेपालले दिगो आर्थिक विकासका लक्षहरुमा लक्षित गरेको प्रतिफल पाउनका लागि कुल २ खरव रुपैयाँ प्रति बर्ष थप लगानी गर्नु पर्छ, जबकि नेपालको बार्षिक बजेट नै जम्मा १० खर्वको हाराहारीमा छ । त्यस्तै अन्तराष्ट्रिय सहयोगको अवस्था हेर्दा,  नेपालले अमेरिकाबाट परिवार नियोजन कार्यक्रमका लागि पाउदै आएको सहायोग वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्तराष्ट्रिय सहयोग कम गर्ने नीति लिएपछी एकाएक कम भयो र अहिले परिवार नियोजन संघ बन्द हुने अवस्थामा छ; यसै अन्तर्गत् १५० जनाको जागिर गईसकेको छ । त्यस्तै अमेरिकाले सन २०१५ मा विश्वका १०० भन्दा धेरै राष्ट्रहरुले धरतीको तापाक्रमा १.५ सि.मा सिमित गर्न सहमति गरेर जारि गरिएको पेरिस सम्झौताबाट हालै आफ्नो सहमती फिर्ता लिएको छ । यसबाट विश्वका साझा कार्यक्रमहरु ओझेलमा पर्ने देखिन्छ । यस्तो अवस्थामा सन् २०१५ देखि २०३० सम्मको १५ बर्षभित्र सम्पन्न गर्ने उद्देस्य सहित निर्धारित दिगो बिकासको लक्ष हासिल गर्न सकिएला, प्रश्न सोचनीय छ । 

Join 2,165 other followers

विश्वबाट गरिवी र भोकमरीलाई सदाकालागि अन्त्य गर्ने उद्देश्य सहित संयुक्त राष्ट्र संघले सन् २००० देखि २०१५ का लागि मिलेनियम बिकासको लक्ष निर्देशित गर्र्यो, जसमा ८ वटा लक्षहरु थिए । कार्यक्रमको अवधि सकिँदासम्म अफ्रिकी देशहरुले खासै लक्षित लक्ष हासिल गर्न नसकेको प्रतिवेदन आयो । पर्यावरणिय चुनौतीलाई सम्बोधन गर्ने खासै कार्यक्रम मिलेनियम बिकासको लक्षमा नभएको भनेर आलोचित पनि भयो । यिनै कुराहरुलाई समेटेर सन् २०१५ देखि २०३० सम्मको अर्को १५ बर्षमा “कसैलाई पनि पछाडि नछोडौ (Leave no one behind)” भन्ने मूल नाराका साथ दीगो बिकास लक्ष सुरु गरियो । यसमा मुख्य १७ वटा लक्ष, हासिल गरिने १६९ वटा टार्गेट र प्रतिफल हेर्नका लागि २१२ वाट इण्डिकेटरहरु (सूचक) निर्दिष्ट छन् । तर सम्पन्न गर्नका लागि यसमा धेरै चुनौतिहरु देखिएका छन् । मुलत: लगानीको भरपर्दो श्रोत र कार्यक्रम प्रतिको अनविज्ञता सबैभन्दा ठूला चुनौती हुन । त्यसलाई प्रत्यक्ष र परोक्ष रुपमा विश्व राजनीति र बदलिंदै गएको शक्ति सन्तुलनले पनि असर पार्ने देखिएको छ ।

निर्धारित १७ वटा मुख्य लक्षलाई ट्रेड-अफ र सिनर्जिका आधारमा हासिल गरिने १६९ वटा टार्गेट तय गरिने छ । ट्रेड-अफ र सिनर्जिका आधारमा लक्षहरुलाई दुरुस्त राख्न सक्ने क्षमता, शिप र ज्ञान निम्न आय भएका मुलुकहरुले कसरि जुटाउलान भन्ने कुरा संधिग्ध छ । गरिवी निवारण (दीबि लक्ष – एक) प्राप्त गर्न संचालित सडकको कार्यक्रमबाट कृषिलाई सकारात्मक असर पर्ने कुराहरु जस्तै कृषिको औद्धोगिकिकरण सडकको सिनर्जी हो । अर्को शब्दमा, एउटा लक्ष वा बस्तु प्राप्त गर्न अर्को गुमाउनु पर्ने अवस्था ट्रेड-अफ हो भने एउटा लक्ष वा बस्तु प्राप्त गर्दा अर्को बस्तु वा अवस्था पनि अतिरिक्त लाभका रुपमा प्राप्त गर्न सकिन्छ, त्यसलाई सिनर्जी भनिन्छ । त्यसैले नीति निर्माताहरु ट्रेड-अफ र सिनर्जीका बारेमा पूर्ण रुपले अभ्यस्त हुनुपर्छ । कृषिको विस्तारबाट भोकमरी हटाउन लक्षित दीबि लक्ष – दुई हासिल गर्न पनि प्रत्यक्ष सहयोग पुग्छ । सडकको कार्यक्रमबाट धुलो, धुवाँ, प्रदुषित वातावरण र जंगलको विनासका कारण सुक्ने पानीको मुहान ट्रेड-अफ हो । यसले कृषिमा नकारात्मक असर पर्छ, स्वास्थ्य (दीबि लक्ष- तीन, छ, तेह्र आदि) मा नकारात्मक असर पर्दछ । कृषिमा कति नकारात्मक र कति सकारात्मक असर पर्छ भन्ने कुरा समेत केलाउन सकिन्छ । यस्तो बिश्लेषणबाट मात्र दीबिको सफलता नजिक पुग्न सकिनेछ । कुन हदसम्म, कहाँ-कहाँ र कतिसम्म भन्ने कुरा शुक्ष्म रुपमा विश्लेषण हुनु पर्नेछ । यसरि शुक्ष्म रुपमा प्रतेक लक्ष र कार्यक्रमका बिच संभावित ट्रेड-अफ र सिनर्जि केलाउने कुरा, त्यसलाई कार्यान्वयन गर्ने र सुशासनको संयन्त्र र संरचनालाई अनुकुल बनाउन सकिने कुरा आफैमा चुनौतिपूर्ण छ । नेपालले आवधिक विकासका योजनालाई दीगो बिकास लक्ष अनुरुप समायोजन गरिसकेको भन्दै आएको छ तर त्यसरी ट्रेड-अफ र सिनर्जि केलाएरै गरेको होला भनेर बिश्वास गर्ने अवस्था भने ज्यादै कम छ । हचुवामा चलेको छ भन्दा फरक पर्दैन । जब कार्यक्रमको निर्धारित मापदण्ड नै पुरा गरिएको हुँदैन भने सफलता कसरि पाउन सकिएला !  

दीगो बिकास लक्षको सफलता पाउन मुलत: लगानीको भरपर्दो श्रोत र कार्यक्रम प्रतिको अनविज्ञता सबैभन्दा ठूला चुनौती हुन । त्यसलाई प्रत्यक्ष र परोक्ष रुपमा विश्व राजनीति र बदलिंदै गएको शक्ति सन्तुलनले पनि असर पार्ने देखिएको छ ।  

विभिन्न चुनौतीहरूले गर्दा दिगो विकास लक्ष हासिल गर्न सजिलो छैन । कम लगानी र त्यसलाई पूर्ति गर्ने कुरा चार बर्ष बितिसक्दा पनि अनिश्चित छ । यसलाई चर्को रुपमा उठाउनु पर्ने, लबिङ्ग गर्नु पर्ने, तालिम शिक्षा र जनजागरणका कार्यक्रमहरु ब्यापक रुपमा संचालन हुनु पर्ने हो ।  तर, त्यति धेरै समाचार र बिश्लेषणको भिडमा पनि दिगो विकासको लक्ष (२०१५-३०) ले असाध्यै कम महत्व पाएको छ । यसबाट के भन्न सकिन्छ भने, यदि व्यापक सशोधन नहुने हो भने दिगो विकासको लक्ष पुरा हुन सक्ने देखिन्न । सम्पन्न मुलुकहरु वातावरण र आर्थिक असमानताको बिषयमा बाहेक अरु सबै अवस्थामा दिगो विकास लक्षले तोकेको अवस्थाभन्दा माथि रहेकाले गर्दा पनि होला त्यति महत्व पाउन सकेको छैन । समाचार बिश्लेषणमा सबैभन्दा धेरै छापिएका सामाग्रीहरु पर्यावरणिय संकट र अमेरिका र चीन बिचको ब्यापार युद्धमा केन्द्रित थिए । गरिवी निवारण र अनिकाल मुक्त गर्ने समाचारले छापाहरुमा खासै महत्व पाएका छैनन । पेजमा पढनुहोस

  • जगदीश वाग्ले
  • इमेल: incomesco@outlook.com
  • थप जानकारीको लागि वेबसाईट

सम्बन्धित लेखहरु

One thought on “दिगो बिकास लक्ष : विपनामा नभेटिने सपनाको स्वर्ग

तपाईको बिचार

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.