सेक्सपीयरको घर पुग्दा जे देखियो

करिव एक बर्ष अघि अर्थात ११ जुलाई २०१८ का दिन विश्वविख्यात कवि सेक्सपियरको गाउँ (अहिले स्ट्राटफोर्ड शहर)  जाने अवसर जुट्यो । खासगरी वेलायत आएको धेरै भएको भएता पनि यस कुरामा ध्यान भने गएको थिएन तर मित्र सुजनजीले यो आकर्षक पक्षलाई अगाडि ल्याएर भन्नु भयो दाई एक पटक फुर्सदमा त्यता पनि जानु पर्ने ! मलाइ लाग्यो यो अवसर त छोपी हाल्नुपर्छ । मैले भने कार्यक्रम बनाउनुहोस, जाम्ला ! लामो बेफुर्सद र वेलायतको आङ्कलन नै गर्न नसकिने अस्थिर मौसमका कारण हामीले जुलाईको महिनामा त्यो अवसर पायौं । कार्यक्रम तय भो, डिजर्टेशनको चटारोलाई एकदिन थन्क्याईयो । करिव १०-११ बजेतिर रिडिङ्गबाट स्ट्राटफोर्ड जाने तय भए अनुसार सुजनजी बसेको तिर लागेँ । वहांको घरै पुग्ने वेलामा टमटमको निर्देशनले मलाइ अलिकति धोका दियो; नपुग्ने त कुरै थिएन, पुगियो । खासै समय नबसिकनै हाम्रो यात्रा सुरु भयो ! रिडिङ्गको शहरी वस्ती छिचोले पछि ७०-८० माइलको तिव्र गतिमा गाडि हुँइकियो । करिव पांच घण्टाको (दुवै तर्फी) ड्राईभमा त्यो अविस्मरणिय संस्मरण मानस्पटलमा सुरक्षित गर्न सकियो । ठिक यतिखेर नेपालमा आदिकवी भानुभक्त आचार्यको जन्म जयन्ती मनाइरहदा महाकवी लक्ष्मीप्रशाद देवकोटाका प्रेरणापात्र विश्वप्रख्यात कवी सेक्स्पियरको जन्म घर जाने अवसर जुटेको थियो । त्यसैले पनि मेरालागि यो घटना झन् संझन लायक भयो । त्यतिमात्र होइन हाम्रा पिताजी कवि वालचन्द्र वाग्ले महाकवि लक्ष्मी प्रसाद देवकोटाको भक्त; अनि महाकवि देवकोटा चाहिं सेक्स्पियरबाट प्रभावित ! यसकारणले पनि मेरा लागि महत्वपूर्ण थियो- यो बिषय ।


Join 2,154 other subscribers.

गन्तव्य पुग्नु अघि बिचको सर्विस सेन्टरमा हामि रोकियौं, निकै जमघट र व्यवस्थित थियो त्यो ठाउँ । करिव आधा घण्टाको खान-पेन र विश्राम पछि कर्णप्रिय इङ्ग्लिश गानाका साथमा इङ्ग्लिश कवित्वको भावना संस्थागत भएको ठाउँ पुग्न केहीछिन रोकिएको गतिलाइ हामिले पूर्व अवस्थामा चलायमान पार्यौं । सेक्सपियरको घर नियाली नियाली हेरियो, फोटाहरु खिचिए । मानिसहरु (पर्यटक) को खचाखच थियो । खर्चको कसैले पर्वाह गरे जस्तो देखिन्नथ्यो । अर्थात पर्यटकहरु स्थानीय आम्दानि भर्न ब्यस्त थिए र त्यो संस्कार र संस्कृतिलाई आ-आफ्ना मानसपटलमा सकारात्मक अनुभूतिको तरङ्ग विस्तार गर्न फुरुङ्ग देखिन्थ्ये । मैले पनि ठुलो अनुभव र अनुभूति संगालेको छु । यसबारेमा लेख्न र बोल्न त सकिने नै भयो तर इतिहास र संस्कार भत्काए पछि मात्र उन्मुक्ति फक्रन्छ भनेर घोकाइने ठाउँमा यस्ता कुराहरु एकादेशको कथा हुन्छन; लागुहुने कुरा त परे जावस ! सुन्नेलाई सुनको माला, भन्नेलाई फूलको माला… फेरी भन्ने वेलामा यो कथा कण्ठस्थ आईजाला ! त्यसै भनेर चित्त बुझाउनु पर्र्यो ।

सेक्सपीयरको घर अगाडि लेखक

हुलका हुल विश्वभरका मनिसहरु देख्दा धेरै कुरा मनमा आए, बिकासको मती र गती बिचमा साइनोहरु हुन्छन भन्ने प्रष्ट देखियो ! तर चुँदिरम्घाको पुरानो घर जहाँ भानुभक्तहरु जन्मेका थिए, डिल्लिबजारमा लक्ष्मीप्रशाद देवकोटा । तिनिहरुले आफ्नो नामका लागि साहित्यमात्र श्रीजना गरेका थिएनन त्यसमा ठुलो आर्थिक श्रोतको आधार पनि थियो । आज भानुभक्तहरु दार्जिलिङ्गको चौरास्तामा ठिङ्ग उभिन बाध्य छन्, उनको घर लथालिङ्ग छ । समाजका अभियन्ताहरु  ती विभुतिहरुको जगेर्नामा अलिकति जागृत भएको देखिए पनि अर्थ अभावमा त्यो गति पटक पटक निमोठिन वाध्य छ । विलाशीताको पर्याय बन्दै गएको कान्तिपुरी नागरिले गाँस कटाएर भएपनि संस्कृतिको जगेर्ना गर्नुपर्छ नभनेर समाजलाई निर्बजेट पारेको छ । बरु निर्लज्ज भ्यागुते भुँडीको प्रदर्शन गरेर जग हसाउन काफी बजेट तलमाथि भएका होलान ।  राज्य त संस्कृति, धरोहर र सभ्यता बेचेर आएको पैसोले धुलौटे सडकमा पजेरोलाई पेट्रोलले धकेल्दै नजितिने म्याराथनमा भाग लिएको देखिन्छ । राज्यका संचालक-सेनापतिहरु नै नजितिने युद्धमा सामेल छन्, जग हासाउने जोकर भएका छन् । पुरा सस्मरण यो लिंकमा


सम्बन्धित ब्लग र वेवसाईट


हालै प्रकाशित अन्य लेखहरु

तपाईको बिचार

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.