आजको एक्काइसौँ शताब्दीसम्म आइपुग्दा विकासका नाममा आमूल परिवर्तन भएको कुरामा विवाद छैन तर अहिलेको उन्नति नै विकल्परहित हो त भन्ने कुरामा चाहिं विवाद हुन सक्छ । मानिसले चाहेको दीगो बिकास, उन्नत जीवनस्तर र शान्ति हो । ती उपलब्धिलाई नै संकटमा पार्ने गरि देखिएका पर्यावरण, आर्थिक असमानता र खाध्य बस्तुको अभाव जस्ता चुनौतीहरु चाहिं चिन्ताको बिषय हुन । जमीन सकिएको छ, पानीका मुहानहरु सुकेका छन्, वातावरण प्रदूषित छ, कृषि संकटमा छ । खाने कुराको उत्पादन कसरि निरन्तर राख्न सकिन्छ भनेर गम्भिर बहस भएका छन् । भौतिक उन्नतिले मात्रै दीगो बिकास, मानविय उन्नत जीवनस्तर र शान्ति कायम रहन सक्दैन भन्नेकुरा अहिले आएर खडकिन थालेको छ । जति बिकासको बखानो गरे पनि विश्वमा एक छाक टार्न नसक्ने जनसंख्याको आकार आधाभन्दा धेरै छ । तिनीहरुको पहुँचसम्म विकासको प्रतिफललाई निर्वाध रुपमा पुर्र्याउने प्रयास सफल देखिएनन । यहि आवश्यकताले आर्थिक मान्यता र बिकासको अवधारणमा परिवर्तनको महसुस सार्वजनिक हुन थालेका छन् । विधाका हिसावले अर्थाशास्त्र सिमित साधन श्रोतलाई असिमित मानविय इच्छा आकांक्षा पुरा गराउने शास्त्रका रुपमा हेरिन्छ । उल्लेखित चुनौतीहरुलाई मध्यनजर राखेर हेर्दा अर्थशास्त्र असफल विधा हो वा अर्थशास्त्रीहरूले आफ्नो बिषयगत धारणा र दायराभन्दा बाहिर अन्यत्रै मोह राख्दा यस्तो भएको हो वा नीतिगत कमजोरी हुन ! विश्वमा ब्याप्त गरिवी, पर्यावरण र आर्थिक असमानता जस्ता चुनौतीले अर्थशास्त्रमाथि नैतिक प्रश्न तेर्सिएका छन र त्यस्ता चुनौतिको सामना गर्नुपर्ने जिम्मेवारी पनि थपिएको छ । मुलत: विकासलाई भौतिक पदार्थ र नाफा वृद्धिसँग निकट राखेर सिर्जित समस्याहरुको सर्वमान्य समाधान दिन स्वयम पूंजिवाद सफल हुन सक्ला, भन्ने कुरा भावी बहस र बिषयको गम्भीरता भित्र पर्दछ ।
चुनौती
बिकराल समस्याका बारेमा नोवेल पुरस्कारले सम्मानित प्रसिद्ध जोसेफ स्टिग्लिट्जले आफ्नो पुस्तक ग्लोबलाइजेशन एण्ड डिस्कण्टेण्टमा लेखेका छन, विश्वव्यापीकरणको मान्यता राम्रो हो तर त्यसमा केहि मुलुकको स्वार्थ पुरा गराउने सिलसिलामा असान्दर्भिक सूचीहरु थपिएकोले नराम्रा परिणामहरु पनि देखिएका छन, त्यसको ब्यापक सुधार जरुरि छ । स्टिग्लिट्जले अगाडि भनेका छन ‘राज्यले विगतमा नगर्नु पर्ने कुराहरु गरेको र गर्नै पर्ने कुराहरु नगरेकोले समस्याहरु थपिदै गएका हुन । अर्थात, हिजो राज्यले जे गर्र्यो र जे गरेन त्यसैको परिणाम हुन आजका चुनौतिहरु । उनको भनाइ अनुसार जे जस्ता आर्थिक र पर्यावरणीय संकट देखिएका छन् ती सबै राज्य सिर्जित समस्या हुन । त्यसका लागि राज्य जिम्म्वेवार छ ।’ किनभने शहरी गरिवी बढनुमा शहर विस्तार गर्ने राज्यको हचुवा नीति दोषी हुन्छ । स्टिग्लिट्जले भने अनुसार “अहिलेको व्यवस्थाबाट फाइदा लिईरहेको समुदाय बलियो छ र उसको हात र साथबाट बिकासको प्रतिफल गरिवको हातमा पुर्र्याउन लक्षित गरियो भने त्यो समुदाय – एडम स्मिथको भनाइमा अदृश्य हात (Invisible hand) ले – राज्यलाई नै चुनौती दिन शुरु गर्दछ ।
(यो लेख बिकास संचार (असार २३, २०७६ – सोमवार तदनुसार ०८/०७/२०१९ मा प्रकाशित छ र यसलाई सीमान्तमा संकलन गरिएको छ)
सम्बन्धित बिचार-बिश्लेषण
- बालेनले जितेको मन र मतः राजनीतिमा मडारिएको लौरो
- बेजिङस्टोकका नेपालीले खेलकुद र मनोरञ्जन सहित भव्य समर पार्टी सम्पन्न गरे
- बेजिङस्टोक नेपाली समाजको सातौँ अधिवेशन सम्पन्न
- एमसीसीको बल्छीमा गड्यौंला र माछा
- सम्झनामा प्रेमसिंह धामी : ‘काठमाडौंलाई किन दुख्दैन कालापानी ?’
- दशैं, वेलायत र विस्तारित नेपाली संस्कृति
- गीतसँग जोडिएका प्रसङ्ग
- कोरोनासँग हारेको मानव निर्मित विकासको चमत्कार
- बैदेशिक रोजगारीः राज्यले लुकाएको तथ्य
- नेपालले नचाहेको स्तर वृद्धि किन र कसकालागि
- विश्व व्यवस्थाको संरचना र नेपालको अस्थीरता – देशसञ्चार
- विद्धुतीय गाडीमात्रै समस्याको समाधान होइन!
हालैका पोष्टहरु
जगदीश वाग्लेका लेखहरु
बिएनसी घरदैलो सदस्यता अभियान संचालन
वेलायत, वेजिङस्टोक———————— वेलायत स्थित वेजिङस्टोक नेपाली समाजले घरदैलो सदस्यता अभियान एवं सो क्षेत्रमा बसोवास गर्दै आएका नेपालीहरूको जनगणना गर्ने निर्णय गरेको छ। जस अनुसार बीएनसीका पूर्व अध्यक्ष, कार्य समितिका सम्पूर्ण पदाधिकरी, सल्लाहकारहरूलाई कार्यक्रममा सहभागी भई सफल गराइ दिनका लागि अनुरोध गरिएको छ। वेजिङस्टोकमा नेपाली सदस्य, घर परिवारहरू थपिदै आए पनि बिएनसीको सदस्यता प्रदान गरेर समाजमा स्वागत गर्ने … Continue reading बिएनसी घरदैलो सदस्यता अभियान संचालन
भारतको रामनगर, सेन राजा र टीकानिधि वाग्ले जोडन सक्ने लेख
…… उनीसँग नेपाली कांग्रेसको स्थापनाकालका गतिविधि झल्काउने तस्बिरदेखि अन्य महत्वपूर्ण दस्तावेजहरू सुरक्षित छन्। यति मात्र होइन, हजुरबुबा अम्बिकाप्रसाद र अम्बिकाका ठूलोबुबा देवीप्रसादले लेखेका र छाडेका थुप्रै दस्तावेज रञ्जनसँग छन्। देवीप्रसाद साहित्यकार पनि हुन्। उनले सुन्दर सरोजिनी, शैव्या हरिश्चन्द्र, पतिव्रता मनसादेवी काव्य र सेमन्तकमणि उपन्यास प्रकाशित गरेका छन्। यो परिवारको नेपाल नाता यतिमै टुंगिँदैन। देवीप्रसादका सातभाइ छोरामध्ये जेठा छोराको नाम … Continue reading भारतको रामनगर, सेन राजा र टीकानिधि वाग्ले जोडन सक्ने लेख
बालेनले जितेको मन र मतः राजनीतिमा मडारिएको लौरो
निर्वाचन आयोगले हालै सम्पन्न स्थानीय निकायको असी प्रतिशत निर्वाचन परिणाम आइसकेको उद्घोष गरिरहेका बेला काठमाण्डौको फोहर उठन छाडेर सतप्रतिशत चाङ लागिसकेको छ। यही समय बालेन नामका एक जना युवा स्वतन्त्र उमेदवार काठमाण्डौंमा ‘लौरो’ चुनाव चिन्ह लिएर कमलको फूल’ फोहर पोखरीमा फैलिए झैं तैरिएका छन, सबैले देख्ने गरी! कुनै दिनका ‘फादर अफ डीमोक्र्यासी’ भनेर चिनिने … Continue reading बालेनले जितेको मन र मतः राजनीतिमा मडारिएको लौरो
बेजिङस्टोकका नेपालीले खेलकुद र मनोरञ्जन सहित भव्य समर पार्टी सम्पन्न गरे
वेलायत स्थित बेजिङस्टोकमा वसोवास गर्दै आएका नेपालीले गत मार्च २३ तारिखका दिन स्थानिय पप्ली कम्युनिटी सेन्टरमा भव्यताका साथ ग्रिष्मकालिन पार्टी सम्पन्न गरेको छ। दिउँसो १२ बजेदेखि रातको १० बजेसम्म चलेको उक्त पार्टी कार्यक्रममा भलिवल, टेडी वियर गेम, गोल शुटर, घैटो फुटाउने, डोरी तान्ने (टग-अफ-वार) र राफल चिट्ठाका कार्यक्रम संचालन गरियो। दिनभर बार्बेक्यु (सेकुवा) र साँझको … Continue reading बेजिङस्टोकका नेपालीले खेलकुद र मनोरञ्जन सहित भव्य समर पार्टी सम्पन्न गरे
बेजिङस्टोक नेपाली समाजको सातौँ अधिवेशन सम्पन्न
हालै बेलायतस्थित बेजिङ स्टोक नेपाली समाज युकेको सातौँ अधिवेशन स्थानीय चुट हाउसको हलमा सम्पन्न भएको छ। १२ मार्च, २०२२ का दिन सम्पन्न उक्त अधिवेशनबाट आगामी तीन वर्षका लागि ओम गुरुङको अध्यक्षतामा सत्र सदस्यीय कार्य समितिको सर्वसम्मत चयनसमेत गरिएको छ। कार्यसमितिमा चयन भएका अन्य पदाधिकारीहरुमा दुई उपाध्यक्ष विजय लिङथेप, दुर्गा गुरुङ, सचिव जगदीश वाग्ले, उपसचिव नवराज … Continue reading बेजिङस्टोक नेपाली समाजको सातौँ अधिवेशन सम्पन्न
एमसीसीको बल्छीमा गड्यौंला र माछा
यतिखेर नेपाल एमसीसीको बल्छीमा अल्झिएको छ। राजनीति, सामाजिक संजाल, गाउँ-घर, मेला-पातो र पँघेरामा सुनिने विषय बनेको छ एमसीसी! मानौं यो नेपालले उठान र बैठान गरेको बिषय हो जसको अनुमोदनबाट नेपालले आजसम्म ब्यहोरेको प्रजातान्त्रिक, सामाजिक, आर्थिक र पर्यावरणीय असफलतालाई छु मन्तर गरेर तत्काल सम्वृद्धिको शिखर चुम्न सक्ने छ। या त अनुमोदन नगरी अल्झाइ राखेर क्रान्तिकारी ‘सम्वृद्धि’को … Continue reading एमसीसीको बल्छीमा गड्यौंला र माछा
कसले कसलाई लगानी गरेको छः धनीले गरिवलाई कि गरिवले धनीलाई ?
सन्दर्भः कोप-२६ सम्मेलन जलवायु परिवर्तनबाट हुने मानवीय क्षतिलाई रोक्ने त सबैले भनेकै छन् तर त्यसकालागि आवश्यक पर्ने लगानीको श्रोत कसरी जुटाउने, कसले लगानी गर्ने भन्ने विषयमा आएर विषय अडकिने गरेको छ। वायुमण्डललाई जसले धेरै प्रदुषित पारिरहेको छ तिनिहरू नै जलवायु परिवर्तनका कारण हुन् र त्यसको नकारात्मक असरलाई रोक्ने दायित्व पनि तिनिहरू कै हुनआउँछ भन्ने सवालमा … Continue reading कसले कसलाई लगानी गरेको छः धनीले गरिवलाई कि गरिवले धनीलाई ?
कोप-२६ सम्मेलनः प्रभावमा पारिएकाहरू निर्णयको केन्द्रमा हुनुपर्छ
कन्फरेन्स अफ पार्टीसीपेन्टस (कोप) को छव्वीसौं मिटीङ (कोप-२६) संयुक्त अधिराज्यको स्कटल्याण्डमा जारी छ। गत ३१ नोभेम्वरदेखि सुरू भएको यो सम्मेलनको मुख्य मुद्दा जलवायू परिवर्तन हो। खासगरी ‘पेरिस संझौता-२०१५’ ले लिएका निर्णयहरूलाई सहभागी राष्ट्रहरूले कार्यान्वयनमा कसरी लैजाने तयारी, प्रतिवद्धता जारी गर्नेछन भनेर सम्मेलनले हेर्ने छ; भनिएको छ। सहभागी राष्ट्रले सम्मेलनमा पेश गर्ने नेसनल्ली डीटरमाइन्ड कन्ट्रिव्युसन (एनडीसी) … Continue reading कोप-२६ सम्मेलनः प्रभावमा पारिएकाहरू निर्णयको केन्द्रमा हुनुपर्छ
One thought on “असमानता ,पर्यावरणिय संकट र अर्थशास्त्र”