संवृद्धि : सन्दर्भ,अर्थ र बुझाई

नेपालमा संवृद्धिलाई गलत तरिकाबाट बुझ्न खोजिएको छ । त्यसैले समस्याहरु समाधान हुनेभन्दा झन्झन् बल्झिंदै गएका छन । युवाहरु स्वदेशमा रोजगारीको अवसर नभएकोले दुखका साथ विदेशिएका छन, उनीहरुमा परिवार विछोडको पिडा छ । नयाँ ठाउँको बसाइ उकुसमुकुस लागिरहेको छ ! तर पनि रातो दिन ज्यालादारी गरेको पैसो स्वदेशमा पठाएर आफ्नो र परिवारको गुजारामात्रै गरेका छैनन, देशको राष्ट्रिय आयको करिव ३५ प्रतिशत रेमिट्यान्स पनि भित्र्याएका छन । यसरि आएको आम्दानीले गरिवी घटेको कुरा बडो गर्वका साथ आफ्नो उपलब्धि भनेर देखाउने पदाधिकारीले ती युवाहरुको समस्या बुझ्न सकेका छैनन । युवाहरु बिदेश गएको कारण संबन्ध बिच्छेद भएको छ, प्रतेक दिन लाश ओसारिएका छन, गाउँमा श्रम शक्तिको अभाव भएको छ, शोषण बडेको छ, वालवालिका टुहुरा भएका छन, यिनीहरुको लालन-पालन र पोषणको व्यवस्था छैन, बाबु-आमाहरु एकलकाटे सहाराहीन पारिएका छन । यी चुनौती र समस्याहरुलाई अंकमा नाप्ने विधि मार्फत कुल आम्दानीमा घटाए पछि बाँकी रहेको आम्दानीको अंशमात्रै राष्ट्रिय आयको हिस्सा बन्नु पर्ने हो । यसो नगर्दा बैदेशिक रोजगारीमा गएका युवाहरुको वास्तविक समस्यालाई उपेक्षा गर्न सजिलो भएको छ । क्षतिको विवरण नभएका कारण यस्तो भएको हो ।

यस्तै, नेपाली जनताले बिकास बाहेक चाहेको केहि होइन तर उनीहरु ढाँटिने क्रम निरन्तर छ । सिंहदरवारमा कस्तो शब्द प्रयोग गर्ने भनेर लामो बहस हुन्छ तर जनताले खाना, पानि, वास र काम नपाएको बिषयमा खासै चर्चा हुँदैन । गणतन्त्र आयो तर मासु पसल उस्तै छ; सार्वजनिक सवारी त्यस्तै छ, बिचरा ट्राफिक प्रहरीले सिट्ठि फुक्ने परम्परा बदलिएको छैन, तरकारी पसलले सडक ढाक्न छाडेका छैनन, चेलिविटिहरुको हत्या भएको छ- दिन दहाडै लुटिएका छन । जनताको जिवनसंग प्रत्येक्ष सरोकार रहेका कुराहरुमा कत्तिपनि परिवर्तन भएको छैन । राष्ट्रियता कमजोर पारिएको छ । निर्यात बढेर ब्यापार घाटा थाम्नै नसक्ने अवस्थामा पुगेको छ । धेरै महाराजाहरुको जन्म भएको छ । भ्रष्टाचार बढेको छ । यस्तो अवस्थामा ३५ प्रतिशत रेमिटेन्सका कारण गरिवी घटेको देखाएर संवृद्धिको गुलियो बाँधिएको छ ।

यी र यस्तै बिषयमा गहन बिषयमा बिश्लेषण गरिएको यो लेखबाट कसरि नेपालमा संवृद्धिलाई गलत तरिकाबाट बुझ्न खोजिएको छ भन्ने कुरा पहिल्याउन सकिने छ ।


Join 2,165 other followers


सम्बन्धित अन्य रोचक लेखहरु


हालै प्रकाशित

  • बेजिङस्टोकका नेपालीले खेलकुद र मनोरञ्जन सहित भव्य समर पार्टी सम्पन्न गरे

    12 May 2022 by

    वेलायत स्थित बेजिङस्टोकमा वसोवास गर्दै आएका नेपालीले गत मार्च २३ तारिखका दिन स्थानिय पप्ली कम्युनिटी सेन्टरमा भव्यताका साथ ग्रिष्मकालिन पार्टी सम्पन्न गरेको छ। दिउँसो १२ बजेदेखि रातको १० बजेसम्म चलेको उक्त पार्टी कार्यक्रममा भलिवल, टेडी वियर गेम, गोल शुटर, घैटो फुटाउने, डोरी तान्ने (टग-अफ-वार) र राफल चिट्ठाका कार्यक्रम संचालन गरियो। दिनभर बार्बेक्यु (सेकुवा) र साँझको… Read more

  • बेजिङस्टोक नेपाली समाजको सातौँ अधिवेशन सम्पन्न

    7 May 2022 by

    हालै बेलायतस्थित बेजिङ स्टोक नेपाली समाज युकेको सातौँ अधिवेशन स्थानीय चुट हाउसको हलमा सम्पन्न भएको छ। १२ मार्च, २०२२ का दिन सम्पन्न उक्त अधिवेशनबाट आगामी तीन वर्षका लागि ओम गुरुङको अध्यक्षतामा सत्र सदस्यीय कार्य समितिको सर्वसम्मत चयनसमेत गरिएको छ। कार्यसमितिमा चयन भएका अन्य पदाधिकारीहरुमा दुई उपाध्यक्ष विजय लिङथेप, दुर्गा गुरुङ, सचिव जगदीश वाग्ले, उपसचिव नवराज… Read more

  • एमसीसीको बल्छीमा गड्यौंला र माछा

    12 Feb 2022 by

    यतिखेर नेपाल एमसीसीको बल्छीमा अल्झिएको छ। राजनीति, सामाजिक संजाल, गाउँ-घर, मेला-पातो र पँघेरामा सुनिने विषय बनेको छ एमसीसी! मानौं यो नेपालले उठान र बैठान गरेको बिषय हो जसको अनुमोदनबाट नेपालले आजसम्म ब्यहोरेको प्रजातान्त्रिक, सामाजिक, आर्थिक र पर्यावरणीय असफलतालाई छु मन्तर गरेर तत्काल सम्वृद्धिको शिखर चुम्न सक्ने छ। या त अनुमोदन नगरी अल्झाइ राखेर क्रान्तिकारी ‘सम्वृद्धि’को… Read more

  • कसले कसलाई लगानी गरेको छः धनीले गरिवलाई कि गरिवले धनीलाई ?

    13 Nov 2021 by

    सन्दर्भः कोप-२६ सम्मेलन जलवायु परिवर्तनबाट हुने मानवीय क्षतिलाई रोक्ने त सबैले भनेकै छन् तर त्यसकालागि आवश्यक पर्ने लगानीको श्रोत कसरी जुटाउने, कसले लगानी गर्ने भन्ने विषयमा आएर विषय अडकिने गरेको छ। वायुमण्डललाई जसले धेरै प्रदुषित पारिरहेको छ तिनिहरू नै जलवायु परिवर्तनका कारण हुन् र त्यसको नकारात्मक असरलाई रोक्ने दायित्व पनि तिनिहरू कै हुनआउँछ भन्ने सवालमा… Read more

  • कोप-२६ सम्मेलनः प्रभावमा पारिएकाहरू निर्णयको केन्द्रमा हुनुपर्छ

    8 Nov 2021 by

    कन्फरेन्स अफ पार्टीसीपेन्टस (कोप) को छव्वीसौं मिटीङ (कोप-२६) संयुक्त अधिराज्यको स्कटल्याण्डमा जारी छ। गत ३१ नोभेम्वरदेखि सुरू भएको यो सम्मेलनको मुख्य मुद्दा जलवायू परिवर्तन हो। खासगरी ‘पेरिस संझौता-२०१५’ ले लिएका निर्णयहरूलाई सहभागी राष्ट्रहरूले कार्यान्वयनमा कसरी लैजाने तयारी, प्रतिवद्धता जारी गर्नेछन भनेर सम्मेलनले हेर्ने छ; भनिएको छ। सहभागी राष्ट्रले सम्मेलनमा पेश गर्ने नेसनल्ली डीटरमाइन्ड कन्ट्रिव्युसन (एनडीसी)… Read more

View all posts

तपाईको बिचार

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.