ग्लोबल हुन नसकेको ग्लोबलाइजेशन

ब्रेक्जिटको राजनीतिले वेलायतलाई तिन बर्ष देखि थला पारेको छ । सन् २०१६ मा भएको जनमत संग्रहमा ५२ प्रतिशत जनताले युरोपबाट बाहिरिने जनादेश दिएपछि यो पिडा सतहमा आएको छ । प्रधानमन्त्रि टिरिजा मे ले प्रधानमन्त्रि पदबाट राजिनामा समेत गर्न वाध्य हुनुपर्र्यो । उनले संसदमा लागेको डिल सहितको ब्रेक्जिट प्रस्ताव पटक पटक असफल भएपछि उनले देशका नाममा भक्कानिदै दिएको सम्बोधनमा भनिन- मैले  इमान्दारीपूर्वक सकेको गरें तर सफल हुन सकिन । उनलाई असफल पार्ने अरु कोहि होइन, उनकै टोरी पार्टिका सांसदहरु थिए । पार्टि विभाजित छ ।  जनताको मत पनि सोहि अनुसार पुरै विभाजित छ । प्रतिपक्षमा रहेको लेबोर पाटीलाई पनि यो रोगले नराम्रोसंग जकेडेको छ । केहि महिना अघि उसका आठ जना बरिष्ठ सांसदहरुले पार्टि परित्याग गरेर पार्टि नेतृत्वलाई अप्ठेरोमा पारेका थिए । युरोपियन युनियनको संसदका लागि वेलायतका तर्फबाट प्रतिनिधित्व गराउनु पर्ने चुनावमा (मे २३ मा भएको) स्थापना भएको छ हप्ता मात्र पुगेको सबैभन्दा कान्छो दल ‘ब्रॆक्जिट पार्टि’ले सबैभन्दा धेरै सिट हासिल गर्र्यो भने प्रो-ब्रेक्जिट लिबरल डिमोक्र्याटिक पार्टीले दोश्रो स्थान हासिल गर्यो । सबैभन्दा ठुलो दल (हालको सरकार) टोरी पार्टि पाँचौ हुन् पुग्यो भने लेवोर पार्टिले तेश्रो स्थान हासिल गर्र्यो । राजनीतिज्ञहरु लघुताभाष ब्यक्त गरिरहेका छन् कि- वेलायती प्रजातान्त्रिक इतिहासमा यो घटना सबैभन्दा पीडादायी र लज्जाजनक रह्यो ।  


Join 2,180 other followers


वेलायतबाट जाने सांसद संख्या जम्मा ७३ मध्ये- 

  • नाइजेल फराजको ब्रॆक्जिट पार्टिले २९, (युरोपबाट बाहिरिनै पर्छ भन्नेहरु)
  • लिबरल डिमोक्र्याटिक पार्टी १० (युरोपमै रहनु पर्छ भन्नेहरु)
  • लेवोर पार्टि १० (प्रतिपक्षी)
  • ग्रीन पार्टी ७
  • टोरी पार्टि (हालको सरकार) ४
  • स्कटिस नेशनल पार्टि ३

ब्रेक्जिटमा जान वेलायतका लागि समस्या के देखिएको छ भने, युरोपियन संघमा चालीसौं बर्ष सदस्य भएर रहँदाको संरचना भत्काएर कसरि बाहिर निस्कनु, स्वयम् वेलायत खर्च कटौति (अष्टेरिटी) को मार खेप्दै आएको छ । अनि नयाँ संरचना पनि बनाउनु पर्नेछ । ननिस्कने हो भने प्रजातन्त्रको जननी वेलायतले कसरि जनादेश उल्लघन गर्न सक्छ, लाजको पसारो हुने भय छ ! पुन: चुनावमै जाने कुरा पनि आएको छ तर भनेकै जनादेश आउँछ भन्ने पनि त छैन ! एउटा जनादेश नमान्ने भनेर कुन मुखले अर्को जनादेश माग्ने ! धर्म संकट देखिन्छ । दूरगामी परिणामहरुलाइ नकेलाईकन हचुवाको भरमा जनमत संग्रहको घोषणा गर्नाले यस्तो जटिल परिस्थिति आएको धेरैको विश्लेषण छ । ब्रेक्जिटको पक्षमा मतदान गर्नेहरु गरिव, वेरोजगार र अवसरबाट बन्चित हुनेहरू थिए भनेर यौटा अनुसन्धानले बताएको छ ।

अन्तराष्ट्रिय राजनीतिमा काफी प्रभाव पार्न सक्ने शक्तिशाली अमेरिकी प्रसाशनका निवर्तमान र वर्तमान राष्ट्रपतिहरुका दृष्टिकोणमा ब्रेक्जिट सम्बन्धि धारणा एकदम फरक देखियो ।

हेर्दा यस्तो लाग्छ- बाह्य शक्तिको खेलमा ब्रेक्जिटको राजनीति संकटग्रस्त हुन् पुगेको छ । ब्रॆक्जिटको चुनावी मुखमा आएर तत्कालिन अमेरिकी राष्ट्रपति बाराक ओबामाले भनेका थिए वेलायत युरोपियन संघमै रहनु पर्छ । यदि वेलायत बाहिरियो भने अमेरिकासंग हुने ब्यापारिक सम्झौताको लाइनमा सबैभन्दा पुछारमा रहने छ उनले वेलायतलाई युरोपबाट नबाहिरिन सुझाव दिएका हुन् । ओबामाको उक्त सुझावलाई यहाँ जनमतलाई प्रभाव पार्न खोजेको भनिएको थियो । तर जनमतको परिणाम बाहिरिने भनेरै आयो । अमेरिकामा ओबामाको ठाउँमा वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पको उदय भयो । ट्रम्पले वेलायत युरोपबाट बाहिरिनै पर्छ भनेर उक्साइरहेका छन् । उनका सुपुत्रले वेलायती प्रधानमन्त्री र राजनीतिज्ञहरुलाई ‘आफ्ना बाबुको सल्लाह अनुसार’ उपयुक्त समयमा बाहिरिने निर्णय लिन नसकेको भनेर आलोचना लेखे । अन्तराष्ट्रिय राजनीतिमा काफी प्रभाव पार्न सक्ने शक्तिशाली अमेरिकी प्रसाशनका निवर्तमान र वर्तमान राष्ट्रपतिहरुका दृष्टिकोणमा ब्रेक्जिट सम्बन्धि धारणा एकदम फरक देखियो ।   

ट्रम्पका व्यवहारलाई यतिधेरै सहनुमा ‘घनिष्ट मित्रता’ले काम गरेको होला भन्न सकिन्छ । यदि यस्ता कुराहरु अन्य मुलुकहरुबाट हुन्थ्यो भने वेलायतले यति सहज रुपमा लिन्थ्यो होला भनेर अनुमान गर्न सकिन्न ।

Image source

जुन ३ देखि ५ तारिखसम्म राष्ट्रपति डोनाल्ड ट्रम्पले वेलायतको राजकीय भ्रमण गरे । यसै मौकामा ‘कुटनैतिक मर्यादा’ कायम नरहने गरि नाइजेल फराज (ब्रेक्जिट पार्टिका अध्यक्ष) र बोरिस जोनसन (टोरी पार्टिका प्रधानमन्त्रीका प्रत्यासि, जो ब्रेक्जिटको कडा समर्थक हुन् ) को समर्थनमा मात्र बोलेनन बोरिस जोनसनलाइ नै प्रधानमन्त्रि बनाउन उर्दी जारि गरिदिए । यता बोरिस जोनसनलाइ युरोपियन जनमत संग्रहमा जनतालाई ढाँटेको (वेलायतले प्रति हप्ता ३५० मिलियन पाउण्ड दिनुपर्छ यो रकमबाट आर्थिक संकटग्रस्त स्वास्थ्य सेवाको सुधार हुन सक्छ भनेर) आरोपमा मेजिष्ट्रेट कोर्टले अदालतमा हाजिर हुन पूर्जी काटेको छ । प्रतिपक्षी दल तथा लेबोर पार्टीका नेता जेरेमी कोरविन,  लिबरल डिमोक्र्याटिक पार्टीका नेता भिन्स केवल र ससद सभामुख जोन बर्काऊले त रानीद्वारा आयोजना गरिएको राष्ट्रपति डोनाल्ड ट्रम्पको राजकीय सम्मानको रात्रि भोजको कार्यक्रम नै बहिष्कार गर्ने कुरा घोषणा गरे ( मेट्रो ३१ मे २०१९, पेज ८) । झन्डै अढाइलाखको उपस्थिति रहेको ट्रम्पको प्रोटेष्टलाइ जेरेमी कोर्विनले नै सम्बोधन गरे । त्यस्तै, वेलायती जनताले असाध्यै सम्मान गरिआएको राज परिवारकी कान्छी अधिराजकुमारी डचेज अफ ससेक्स मेगन मार्केललाइ ‘नास्टि’ भनिदिए । पत्रकारहरुले ‘राष्ट्रपतिमा डोनाल्ड ट्रम्पले जितेमा आफु क्यानाडा बसाइ सर्ने’ मेगन मार्केलको तत्कालिन भनाइलाई जोडेर सोधिएको जवाफमा ट्रम्पले त्यस्तो उत्तर दिएको र पछि त्यसैलाई ‘गलत समाचार’ (फेक न्यूज) भनेको कुरा बाहिर आयो । आफुलाई मन नपराउनेहरु लाई ‘नाष्टि’ भन्नु  ट्रम्पको अप्रजातान्त्रिक चरित्र त थियो नै । यसै बिच एक प्रतिष्ठित संचार माध्यममा लण्डन मेयर सादिक खानले युरोपको तानाशाहहरुसंग राष्ट्रपति डोनाल्ड ट्रम्पलाई तुलना गरिदिए । खानले मार्मिक शब्दमा यौटा सहयात्री (अलाई)संग गरेको ब्यवहारका बारेमा औंला ठड्याउँदै उक्त कुरा लेखेका हुन् । ट्रम्पका व्यवहारलाई यतिधेरै सहनुमा ‘घनिष्ट मित्रता’ले काम गरेको होला भन्न सकिन्छ । यदि यस्ता कुराहरु अन्य मुलुकहरुबाट हुन्थ्यो भने वेलायतले यति सहज रुपमा लिन्थ्यो होला भनेर अनुमान गर्न सकिन्न ।  

आफुलाई मन नपराउनेहरु लाई ‘नाष्टि’ भन्नु  ट्रम्पको अप्रजातान्त्रिक चरित्र थियो    

खासगरी वेलायतलाई युरोपबाट बाहिरि ल्याएर अमेरिकासंग ब्यापारिक सम्झौता गराउन चाहन्छ अमेरिका, ट्रम्प्ले स्वास्थ्य सेवालाइ पनि त्यस व्यापारिक सम्झौताको टेवलमा राखिनु पर्ने विवादास्पद धारणा राखेर निति निर्माताहरुलाई असजिलोमा पारिदिए । यता युरोपियन संघ तर्फ पनि, सबैभन्दा शक्तिशाली सदस्य मुलुक बाहिरिने कुरा उसकालागि सुखद होइन । त्यसैले उसका देखिने नदेखिने रणनिति पनि उस्तै खालका छन् । खासगरी ट्रम्प प्रशासनले युरोपलाई आफ्नो ब्यापार बिस्तार (एकाधिकार) मा प्रतिस्पर्धीको भूमिकामा हेरेको देखिन्छ । जबकि अन्तराष्ट्रिय राजनीतिमा अमेरिका, वेलायत र युरोप सहकर्मी मानिन्छन । युरोपिय संघमा खासगरी जर्मनीको बढदो बर्चस्वलाई वेलायतले सहज रुपमा लिन सकिरहेको छैन । ट्रम्पले पेरिश सम्झौता कार्यान्वयन गर्न नमान्नु, रुससंग तुलनात्मक रुपमा नरम देखिनु, आन्तरिक र बाह्य राजनीतिमा ट्रम्प प्रशासनले लिएका नीतिहरु, मनलाग्दि आयात महशुल बढाउनु, इजरायल र पेलेष्टाइन सम्बन्धमा ट्रम्प प्रशासनले राखेको फरक धारका कारण अहिले यी शक्तिहरु सामुहिकभन्दा पनि व्यक्तिगत स्वार्थ रक्षामा लागेको महसुस गर्न सकिन्छ । अलाइहरुका बिचमा जुन प्रकारको सहयोग हुनु पर्ने थियो त्यस्तो देखिन्न ब्रेक्जिटमा ।   

–   जगदीश    

       सम्बन्धित पोष्टहरु  

तपाईको बिचार

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.