प्रजातान्त्रिक समाजवाद : साण्डर्स र कोर्विन

विश्वको शक्तिशाली प्रजातान्त्रिक मुलुक अमेरिका फेरी राष्ट्रपतिको निर्वाचनमा जुटेको छ । अमेरिका भित्रमात्रै होइन विश्वभरि सबैको ध्यान तान्ने चुनावमा धेरै जोड घटाउ हुने गर्छ; खासगरी यो वा त्यो उमेदवारका पक्षमा ! विदेश नीतिमा कमजोर र विवादास्पद देखिएका वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पको आन्तरिक लोकप्रियता कम आँक्न सकिने अवस्था छैन । फेरी यो चुनाव पनि उनैको हातमा जाने देखिएको छ । गत चुनावमा रसियासंग साँठगाँठ गरिएको भनेर छानविन गर्न गठित समितिको प्रतिवेदनले उनलाई करिव चोखो देखाई दिएपछि उनका धेरै ढोकाहरु खुलेका छन् । खासगरी मध्यपूर्व र अरव तिरको मिशन पुरा गरेको अमेरिकाको लागि एशिया खासगरी चाइना ठूलो टाउको दुखाइ भएको छ । ट्रम्पले शुरु गरेको “ट्रेड वार” (ब्यापार यूद्ध) लाइ निरन्तरता राख्न चाहानेहरुका लागि पनि ट्रम्प उपयूक्त उमेद्वार हुन सक्छन । यसरि रिपब्लिकन पार्टिको उमेद्वारमा पुन: ट्रम्पकै निरन्तरता देखिन्छ । यता डेमोक्र्याटिक पार्टिको तर्फबाट फेरी पनि वर्नि साण्डर्स र हिलारी क्लिण्टनकै बिचमा प्रतिस्पर्धा हुने देखिन्छ ।

Join 2,169 other followers

अमेरिकी जनतालाई कर नीतिले निकै नै प्रभाव राख्ने गर्दछ । २०१७मा भएको निर्वाचनमा हिलारी क्लिण्टनको प्रस्तावमा १० बर्षमा ५०० बिलियन डलर संकलन गर्ने कुरा उल्लेख थियो भने वर्नी साण्डर्सको प्रस्तावमा ५ ट्रिलिओन भन्दा धेरै संकलन गर्ने लक्ष्य थियो । यसरी क्लिण्टनकोभन्दा साण्डर्सको प्रस्ताव १० गुणाले धेरै महत्वाकाँङ्क्षी देखिएको र धेरै व्यवहारिक पनि थियो । यसरी हेर्दा न्युन आय हुनेहरु माझ साण्डर्सको प्रस्तावले पकड राख्ने देखिन्छ भने धनीहरुका माझ क्लिण्टनको प्रस्तावले । कडा प्रतिस्पर्धामा रहेका यी दुई उम्मेद्वार मध्ये कसलाई अमेरिकि जनताले राष्ट्रपतिको लागि फैसला गर्लान, त्यो हेर्न चुनाव सम्म त कुर्नै पर्छ ।

प्रजातन्त्र त्यस्तो प्रणालि हो जसमा भोट ‘कति आयो’ भन्ने कुरा प्रधान हुन्छ, तर ‘कसरि आयो’ भन्ने कुरा गौण रहन्छ ।

यदि विश्वमा साँच्चिकै परिवर्तनको अपेक्षा राख्ने हो भने वर्नी साण्डर्स उत्तम उमेद्वार हुन्, उनको प्रतिवद्धतामा सुधारको गन्ध आएको छ भने हिलारी पूंजिवादकै निरन्तरता हुन् । तर नोवेल पुरस्कार विजेता जोसेफ स्टिग्लिट्जले भने झैं सत्य के हो भने ‘उदारिकरणबाट जो जसले लाभ उठाइरहेको छ, तिनीहरु सुधारको विपक्षमा रहने छन् र तिनीहरु वलिया छन्’ । यस मानेमा चुनावी मैदानमा हिलारि र साण्डर्स भएपनि राष्ट्रपतिको पदमा जित हात पार्न यिनीहरुले निकै कसरत गर्नु पर्छ । किनभने प्रजातन्त्र त्यस्तो प्रणालि हो जसमा भोट ‘कति आयो’ भन्ने कुरा प्रधान हुन्छ, तर ‘कसरि आयो’ भन्ने कुरा गौण हुन्छ । जसले जे भनेपनि संख्यामा माथि परेका वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प अब अर्को चुनावको तयारि गर्दैछन । उनका विरुद्धका आरोप जुनदिन निकटतम प्रतिद्वन्दी हिलारी क्लिण्टनले हार स्वीकार गरिन त्यसै दिन कमजोर भैसकेका थिए । जेहोस, वेलायतमा जेरेमि कोर्विन र अमेरिकामा वर्नी साण्डर्सको नेतृत्व विश्व अर्थतन्त्र र सुशासन सुधारका लागि उपयूक्त जोडी हुनसक्ने कुरा विश्वास गर्न सकिन्छ ।

थप सम्बन्धित पोष्टहरु

2 thoughts on “प्रजातान्त्रिक समाजवाद : साण्डर्स र कोर्विन

तपाईको बिचार

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.