सम्वृद्धि: ब्यक्तिगत क्षमताको बिस्तार

हिजोको पोष्ठमा सम्वृद्धि “सडक चौडा र घर अग्लो पार्दैमा आउँदैन, जनताको उपभोग गर्न सक्ने क्षमतामा पनि बिस्तार भएको हुनुपर्छ” भनेर लेखिएको थियो । आज, कसरि जनताको उपभोग गर्न सक्ने क्षमतामा बिस्तार हुन्छ भनेर दृष्टान्त प्रस्तुत गर्ने जमर्को गरिंदै छ । यस बिषयलाई नेपालका विकासवादी व्यक्तित्व र संस्थाहरुले गम्भिरता पूर्वका लिएको पाइन्न । त्यसैले होला, घर र सडकको संख्या बढदै जाँदा व्यक्तिको क्षमता र क्रयशक्ति भने घट्दै गएको छ ।

व्यक्तिको क्षमतामा बिस्तार गर्ने राजनैतिक, आर्थिक र सामाजिक धेरै तरिकाहरु छन् तर यहाँ आर्थिक पक्षका बारेमा चर्चा गर्न चाहान्छु । यहाँ क्षमता बिस्तारको अर्थ क्रयशक्तिसंग सम्बन्धित छ । व्यक्तिको आर्थिक क्षमता त्यतिखेर विस्तार हुन्छ जति बेला ऊ आम्दानि गर्न सक्ने अवस्थामा रहन्छ । यसका लागि उसलाई जागिर अर्थात रोजगारी, ब्यापार वा आर्थिक सहयोगका रुपमा दिइने नगद वा अनुदानले महत्वपूर्ण भूमिका खेलेको हुन्छ । देशमा थपिएका भौतिक पूर्वाधारको मतलव हुन्छ, जनजिविकालाई सहज बनाउने । तर मानिसहरुमा त्यस्ता सुविधा उपभोग गर्न सक्ने आर्थिक क्षमता भएन भने उसको जिवनमा कुनै परिवर्तन आउन सक्दैन । अर्थात व्यक्तिले आफ्नो न्यून आम्दानीका कारण त्यस्तो सुबिधा प्रयोग गरे वापत तिर्नुपर्ने रकम तिर्न असमर्थ भए भने उसका लागि त्यो सुविधा विस्तारले कुनै अर्थ राख्दैन । जस्तै गाडि त गुड्यो ! तर त्यो गाडिमा चडनका लागि भाडा पनि त तिर्न सक्नुपर्छ ! सिमित आम्दानीले गाडी चडन थाल्ने हो भने त्यो परिवारले स्वास्थ्य उपचार, बालवालिकाको शिक्षा वा सामाजिक कार्यक्रममा गरिने खर्च कटौति गर्नु पर्छ । यसै भएर सडकको विस्तारसंगै स्थानीय कृषि, रोजगारी वा बन्द ब्यापार विस्तारको प्याकेज पनि तयार हुनुपर्छ र लागु पनि गर्नुपर्छ। त्यस्तै, बिराटनगरमा बन्ने भ्यू टावरले जनताको वास्तविक क्षमता विस्तार गर्छ वा लगानीकर्तालाई नाफा कमाउने र अप्रत्यक्ष रुपमा नागरिकको आर्थिक निर्णय गर्ने क्षमतामा नियन्त्रण गर्नसक्ने अधिकार सुम्पन्छ भनेर सोच्नु पर्छ । कसैले भ्यू टावरको वरिपरि आर्थिक गतिविधि र रोजगारी बढन गइ नागरिकको आम्दानि पनि बडन जान्छ भन्ने तर्क मान्छन । यो तर्क आर्थिक बिकासको “ट्रिकल डाउन” मोडलसंग सम्बन्धित छ, जसले बिकासको प्रतिफल माथिबाट तल झर्छ भन्ने कुरामा विश्वास राख्छ । यो बिचार अहिले धेरै कारणबाट असान्दर्भिक मानिन्छ । अहिले बिकासको प्रतिफल तलबाट माथि जानुपर्छ भन्ने मान्यता छ । नागरिकलाई आर्थिक रुपमा सक्षम बनाउन राज्यले सहयोग गर्नुपर्छ, प्रजातान्त्रिक मान्यता र नागरिक अधिकारको अवधारणा यसैका लागि सान्दर्भिक छन भनेर बिश्वास गरिन्छ । राज्यलाई लोककल्याणकारी हुनुपर्छ भनिन्छ र विभिन्न सामाजिक भत्ताको व्यवस्था गरिएको हुन्छ। बृद्ध भत्ता, अपाङ्ग भत्ता, विधुवा भत्ता, बालवालिका भत्ता आदि यसै उद्देश्यका लागि प्रदान गरिएको हुन्छ । जसले नागरिकलाई आर्थिक रुपमा सक्षम बनाउन सहयोग पुर्र्याउँछ ।



बिकास अर्थशास्त्रको मान्यतालाई धेरै लोक कल्याणकारी बनाउनमा प्रसिद्ध अर्थशास्त्री अमरत्य सेनको ठुलो योगदान छ । उनले भनेका छन्, व्यक्तिमा क्षमताको अभावले उसलाई राज्य प्रदत्त सुविधा उपभोग गर्नबाट बन्चित गराउँछ । त्यसैले उनले त्यस्ता कमजोर व्यक्ति वा वर्गको पहिचान गरि तिनीहरुलाई राज्यले बिशेष सुबिधा अर्थात उनकै शब्दमा “इण्टाइटलमेण्ट” को व्यवस्था गर्नुपर्छ भनेका छन् । जसले गर्दा त्यस्तो कमजोर व्यक्ति वा समुदाय लाभान्वित हुन जान्छन । यसरि प्रजातन्त्र र नागरिक अधिकारको वास्तविक प्रयोग भएको हुन्छ ।

बिराटनगरमा बन्ने भ्यू टावरले जनताको वास्तविक क्षमता विस्तार गर्छ वा लगानीकर्तालाई नाफा कमाउने र अप्रत्यक्ष रुपमा नागरिकको आर्थिक निर्णय गर्ने क्षमतामा नियन्त्रण गर्नसक्ने अधिकार सुम्पन्छ भनेर सोच्नु पर्छ । कसैले भ्यू टावरको वरिपरि आर्थिक गतिविधि
र रोजगारी बढन गइ नागरिकको आम्दानि पनि बडन जान्छ भन्ने तर्क मान्छन । यो तर्क आर्थिक बिकासको “ट्रिकल डाउन” मोडलसंग सम्बन्धित छ, जसले बिकासको प्रतिफल माथिबाट तल झर्छ भन्ने कुरामा विश्वास राख्छ ।

– जगदीश वाग्ले

भौतिक पूर्वाधार विस्तारका लागि सरकारले ऋण अनुदान लिन सक्छ । आफ्नो ब्यापार विस्तार गर्ने उद्द्येश्यका लागि व्यापारीहरुले लगानी गर्छन । सरकारले त्यस्तो सेवालाई जनतामा बिक्रि गर्छ र प्राप्त आम्दानिबाट ऋण ब्याज तिर्ने गर्दछ । तर, जनताले त्यस्तो सेवा किन्न सकेनन भने उल्टै देश टाट पल्टने अवस्था आउँछ; किनभने व्यापारीले त जसरि पनि आफ्नो लगानी उठाएरै छाडछ । त्यसैले, व्यक्ति बिशेषलाई प्रदान गरिने नगदको मतलव हुन्छ कालन्तरमा तिनीहरु सक्षम हुन सकुन।

व्यक्तिलाई सामाजिक, राजनैतिक र पर्यावरणिय हिसावले पनि सक्षम र असक्षम बनाउन सकिन्छ। यसको बारेमा पनि चर्चा गर्नु सान्दर्भिक हुनेछ । किनभने, उदहारणका लागि, व्यक्ति समुदायले खाने पानीका रुपमा प्रयोग गरि आएको सार्वजनीक धारोको मुहान बिकासका नाममा थपिएका सडक वा घरहरुले सुकाइदिए भने त्यो समुदायको क्षमता खुम्चिन जान्छ । सडक वा आवास बिस्तारमा राजनैतिक निर्णय भएको हुन् सक्छ । अथवा, कुनै जाति वा वर्गलाई सामाजिक रुपमा अलग गरेर पनि त्यस्ता सुविधा प्रयोग गर्नबाट बन्चित गरिएको हुनसक्छ । त्यसैले क्षमता बिस्तारलाइ बहुआयामिक अर्थ र सन्दर्भमा बुझ्न जरुरि छ । जनजीविकाको उन्नति वा सतत बिकासको लागि यो नै आवश्यक शर्त हो । यसबारे अर्को पोष्टहरुमा चर्चा गरिने छ ।


संबन्धित लेखहरु

Advertisements

तपाईको बिचार

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.