बझाङी राजा देवीजंग सिंहसम्म: पिताजीको पाइला पच्छ्याउँदै

हाम्रा पिताजी कवि बालचन्द्र वाग्लेले हामीलाई सुनाउनु भए अनुसार उहाँ १४–१५ वर्षको हुँदा जागिरको सिलसिलामा बझाङ्, डोटी, जुम्ला, पुग्नुभएको थियो । बझाङ्मा रहँदा उहाँको बझाङी राजा देवीजंग सिंह (जयपृथ्वी बहादुर सिंहका छोरा) सँग राम्रो परिचय भएको थियो । पिताजी बझाङमा रहँदा नै राजा देवीजंग सिंहको निधन भएछ । त्यो दुखद् घटना र राजा सिंहको योगदानको संस्मरण गर्दै पिताजीले शोक श्लोक सङ्ग्रह (५१३वटा श्लोक ) तयार गरेर देवीजंग सिंहको १३ औंका दिन श्लोक सुनाउँदा उहाँका साहिला छोरा र रानी वेहोस् हुनुभएछ । पछि रानीले त्यस वापत पिताजीलाई आफ्नो खान्कीबाट मासिक रु.१३ रुपियाँ थपिदिनु भएछ । सुब्बाको भन्दा पिताजीको तलव धेरै भयो अरे ।

पिताजीले त्यो शोक सङ्ग्रह देवी जङ्गकी रानी र बझाङमा उनै राजपरिवारले शिक्षा विस्तारका लागि भारतबाट ल्याउनु भएका भारत अष्कोटका शिक्षक रामदत्त अवस्थीलाई एकएक प्रति जिम्मा दिनुभई काठमाडौँ फर्कनु भएछ ।

पछि मैले बझाङ जिल्ला विकास समितिका पूर्व सभापति तथा मेरा आत्मीय मित्र चेतराज बजालसँग यस बारेमा कुरा गर्दा (२०७३) उहाँले पनि रामदत्त अवस्थीलाई चिन्नु भएको रहेछ । तर ६–७ वर्षअघि नै निधन भएको बताउनु भयो । देवीजंगका नातीहरू काठमाडौमा हुनुहुन्छ रे । रामदत्तका छोरा (डा. दिनेशचन्द्र अवस्थी) भारतमा चिकित्सक हुनुुहन्छ भन्ने मैले यसपटक बझाङ जाँदा पत्ता लगाएँ ।

देवीजंग सिंहको १३ औंका दिन श्लोक सुनाउँदा उहाँका साहिला छोरा र रानी वेहोस् हुनुभएछ । पछि रानीले त्यस वापत पिताजीलाई आफ्नो खान्कीबाट मासिक रु.१३ रुपियाँ थपिदिनु भएछ । सुब्बाको भन्दा पिताजीको तलव धेरै भयो अरे । 

यहाँ मैले लिएका फोटामध्ये देवीजंगको यो ‘दरवार’ उही पुरानो जहाँ मेरा पिताजीको आवतजावत भएको थियो । त्यो दरवारको स्वामित्वबारे स्थानीय कसैले पनि मलाई बताउन सक्नु भएन ।
अर्को घर जसलाई अहिले हात्तीसार भनिन्छ, त्यो घरमा प्रमुख जिल्ला अधिकारीको कार्यालय छ । यो राजा जयपृथ्वीजंग सिंहको दरवार हो ।
पिताजी स्वर्गमा रहनु भएकाले थप जानकारी हुने अवस्था छैन तर अहिले बझाङ, डोटी र केही वर्षअघि जुम्लामा पिताको पाइला पच्छ्याउँै जाँदा स्वर्गै पुगे जस्तो भयो ।

खप्तडको साहित्यिक कार्यक्रममार्फत पिताजीको कर्मथलो बझाङ पुग्ने अवसर दिनु भएकामा कवि पदमराज जोशी प्रभात (कैलाली साहित्य तथा संस्कृति प्रतिष्ठानका अध्यक्ष) प्रति सतत आभार व्यक्त गर्छु । यसबारेमा थप जानकारी दिन सक्नु हुने व्यक्तिसंग सम्पर्क गर्ने प्रयासमा छु ।

– त्रिभुवनचन्द्र वाग्लेको फेसबुक पेजबाट साभार

Bajhangi Raja Devijung ko Darwar2
Bajhangi Raja Devijung ko Darwar2
Bajhangi Raja Devijung ko Darwar
Bajhangi Raja Devijung ko Darwar

 

Advertisements

तपाईको बिचार

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.