रेमिटेन्स खानेहरु बोल्दैनन् ! हेर्नुहोस्, अपराधको डरलाग्दो तथ्यांक

बिदेशमा काम गर्न जानेहरु मध्ये मर्नेहरुको संख्या हेर्दा निकै डर लाग्दो देखिन्छ ! त्यही रेमिटेन्सको पैसाले धेरैको मोज मस्ती चलेको छ, बैंकका मेनेजरहरु चिल्ल गाडीमा कम्तिमा ८-१० लाखको तलब थाप्छन र देशमा आर्थिक असमानता बढाइरहेका छन, मन्त्रिजिहरु देश बिकासको कुरा गर्छन तर २९ प्रतिशत कुल गार्हस्त उत्पादनको हिस्सा त्यही रेमिट्यान्स्ले धानेको कुरा जन्दैनन, निती निर्माताहरुले श्रम बेचेर ल्याएको पैसोलाई दिगो र भर्पर्दो बनाउन कामदारको सुरक्षा कसरी गर्न सकिन्छ भनेर सोचिदिएनन भने मान्नुहोस ती सबैका कुरा गफ मात्र हुन । प्रजातन्त्र, गणतन्त्र हुने खाने हरुका लागि मात्र हो, आम नागरिकका लागि त दु:ख सिवाय केही हुँदोरहेनछ भन्ने प्रमाण स्वरुप यो लेख सभार गरिएको छ र प्रस्न छ कि- के बिदेशमा काम गर्न जानेहरु मर्ने गरेको डरलाग्दो तथ्यांक राष्ट्रिय समस्या होइन ?! …


काठमाडौँ- सप्तरीका ४४ वर्षीय दशनराम मोची रोजगारीको सिलसिलामा दुबई गएको चार महिना नबित्दै परिवारले उनी लडेर घाइते भएको खबर पायो। घाइते भएको २४ घण्टामै उनको दुःखद निधन भयो।

आफू काम गर्दै आएको निर्माण कम्पनीको भवनबाट लडेर घाइते भएका मोची गत असोज ३१ गते पहिलो पटक वैदेशिक रोजगारमा गएका थिए। गत माघ २२ गते घाइते भएपछि उपचारार्थ उनी दुबईकै अस्पतालमा भर्ना भए। चिकित्सकले उनलाई बचाउन सकेनन् । माघ २३ गते बिहान निधन भएका मोचीको शव नेपाल ल्याउन भने भण्डै तीन महिना लाग्यो । उहाँको शव गत चैत ४ गते मात्रै नेपाल ल्याउन सकियो ।

वैदेशिक रोजगार प्रवद्र्वन बोर्डको तथ्याँकअनुसार आर्थिक वर्ष २०७२/७३ मा महिला २४ र पुरुष ७८७ गरी जम्मा ८११ जनाको मृत्यु भयो । आव २०७४/७५ को चैत मसान्तसम्मको तथ्याँकअनुसार महिला १५ र पुरुष ५९३ गरी जम्मा ६०८ जनाको मृत्यु भएको देखिन्छ । मृत्युको संख्यामा खासै कमी आएको पाइएको छैन । आव २०७३/७४ मा महिला १८ र पुरुष ७३८ गरी जम्मा ७५६ जनाको मृत्यु भएको थियो ।

क्षतिपूर्तिका लागि वैदेशिक रोजगार प्रवद्र्धन बोर्डमा भेटिएकी उनकी शोकाकुल श्रीमती राजकुमारी राम भन्छिन्,“शवसँगै कम्पनीले पठाएको मात्र रु चार हजारले किरिया खर्चसम्म पनि टरेन । कम्पनीले पहिलो महिनाको तलब पठाए पनि बाँकी महिनाको रकम अहिलेसम्म मेरो हातमा परेको छैन । पठाइएको छ भन्ने जवाफ मात्र पाएकी छुँ ।”

मोचीको मृत्युपछि सँगै काम गर्ने साथीबाट रकम उठाएर परिवारलाई पठाइएको भनिए पनि कहाँबाट कति पठाइएको हो भन्ने जानकारीसमेत परिवारसँग छैन । अहिले यो परिवार रकमकै लागि यताउति भौँतारिइरहेको छ । मृतककी जेठी छोरी लक्ष्मीकुमारी राम हाल १८ वर्षकी भइन् । उनले परिवारको आर्थिक अवस्था कमजोर भएकै कारण पढ्नसमेत पाएकी छैनन्।

त्यस्तै, १६ वर्षीया छोरी ताराकुमारी राम अहिले कक्षा ७ मा अध्ययनरत छिन् । तेह्य वर्षीया अर्की छोरी मालाकुमारी हाल कक्षा २ मा पढ्छिन् । दुई छोरामध्ये देवकुमार राम ७ वर्ष र आशाकुमार राम ५ वर्षका भए । मृतकका दुवै छोरालाई अहिलेसम्म पनि विद्यालय भर्ना गरिएको छैन। “भाइ त मर्यौ अब भाइका छोराछोरीको मात्र चिन्ता छ,” मृतकका दाजु बिन्दश्री मोचीले भने, “विदेश जाँदा साहुसँग लिएको रु एक लाख ४० हजारको ब्याजसमेत तिर्न सकिएको छैन ।” भाइको मृत्युपछि भाइको परिवारको जिम्मेवारी आफ्नो काँधमा थपिएको उनले बताए।

खरले छाएको घरबाहेक जग्गा जमीनको नाममा मृतकको परिवारको केही छैन । परिवारमा छ छोराछोरी र श्रीमती छन्। नेपालमा रहँदा मजदुरी गरेरै परिवार धानिरहेका मोची सप्तरीकै अपरिचित तुनाराम भन्ने व्यक्तिको माध्यमबाट रोजगारीका लागि दुबई पुगेका थिए। त्यस्तै, चितवन जिल्ला कठाइकी २० वर्षीया विपना चौधरीले कहिल्यै पनि सोचेकी थिइनन् श्रीमान्सँग सदाका लागि बिछोडिन्छु भन्ने । पाँच वर्षअघि मात्रै प्रेम विवाह गर्नुभएकी चौधरीका पति आशिष चौधरी विवाहपछि पोखरामा गई ग्रिलसम्बन्धी काम गरिरहेका थिए। उक्त कामबाट परिवार धान्न पुग्ने भए पनि साउदी अरबमा रहनुभएका उनका काका आशारामले नेपालमा भन्दा विदेशमा राम्रो कमाइ हुने भनेपछि उनले उतै जाने सोच बनाए। काकाले पनि उतैबाट प्रवेशाज्ञा पठाइ दिए र उनी कतार पुगे। तर, काम गर्न गएको डेढ वर्षमै उनले ज्यान गुमाए।  मृतकको दाबी रकम बुझ्न बोर्डमा आउनुभएकी मृतककी पत्नी चौधरीले भावुक बन्दै भनिन्  “उहाँ बित्नुभएको खबर पाएको अघिल्लो रात हाम्रो फोनमा कुरा भएको थियो । अचानक बिहान उहाँको मृत्यु भयो भन्ने फोन आउँदा ममाथि आकाशै खसे जस्तो भयो।”आशिषको २०७४ साल चैत १३ गते मृत्यु भएको थियो ।

वैदेशिक रोजगार प्रवद्र्वन बोर्डको तथ्याँकअनुसार आर्थिक वर्ष २०७२/७३ मा महिला २४ र पुरुष ७८७ गरी जम्मा ८११ जनाको मृत्यु भयो । आव २०७४/७५ को चैत मसान्तसम्मको तथ्याँकअनुसार महिला १५ र पुरुष ५९३ गरी जम्मा ६०८ जनाको मृत्यु भएको देखिन्छ । मृत्युको संख्यामा खासै कमी आएको पाइएको छैन । आव २०७३/७४ मा महिला १८ र पुरुष ७३८ गरी जम्मा ७५६ जनाको मृत्यु भएको थियो ।

आव २०७२/७३ मा मुटुसम्बन्धी रोगका कारण १४८, आत्महत्याका कारण १०९, कार्यस्थलमा दुर्घटनाबाट ८१, प्राकृतिक मृत्यु २४१, सडक दुर्घटनाबाट १०३, हत्याबाट तीन, हृदयाघातबाट ९४ र अन्य कारणबाट २७ जनाको मृत्यु भएको थियो।

आव २०७३/७४ को तथ्याँकअनुसार मुटुसम्बन्धी रोगका कारण ६४, आत्महत्याका कारण ९०, कार्यस्थलमा दुर्घटनाबाट ६१, प्राकृतिक मृत्यु २५२, सडक दुर्घटनाबाट १२२, हत्याबाट एक, हृदयाघातका कारण ६४ र अन्य कारणबाट ८० जनाको मृत्यु भयो । चार व्यक्तिको मृत्यु अझै अनुसन्धानका क्रममा छन् भने १८ मृत्युबारे अझै जानकारी हुन सकेको छैन ।

मुटुसम्बन्धी रोगका कारण ५३, आत्महत्याका कारण ९९, कार्यस्थलमा दुर्घटनाबाट ४४, प्राकृतिक मृत्यु ९८, बिरामी भएर ४७, सडक दुर्घटनाबाट ९३, हत्याबाट एक, हृदयाघातका कारण ९४, अज्ञात मृत्यु ११ र अन्य कारणबाट ३६ जनाको मृत्यु भएको आव २०७४/७५ को चैत मसान्तसम्मको तथ्याँकले देखाउँछ । थप ३२ को मृत्यु अझै अनुसन्धानका क्रममा छन्।

तथ्याँकअनुसार आव २०७२/७३ मा जापानमा दुई, सिरियामा एक, तान्जानियामा एक, ओमानमा चार, कतारमा १२६, कुवेतमा ३१, दक्षिण कोरियामा १३, बहराइनमा आठ, मलेसियामा ३३७, माल्दिभ्समा दुई, संयुक्त अरब इमिरेट्समा ५४ र साउदी अरेबियामा २२३ जनाको मृत्यु भयो । आव २०७३/७४ मा इजिप्टमा एक, जापानमा चार, नाइजेरियामा एक, अफगानिस्तानमा १२, कतारमा चार, कुवेतमा १३, दक्षिण कोरियामा ११, नेपालमा एक, बहराइनमा छ, मलेसियामा २५४, माल्दिभ्समा दुई, संयुक्त अरब इमिरेट्समा ४५ र साउदी अरेबियामा २५१ जनाको मृत्यु भएको थियो ।

आव २०७४/७५ को चैत मसान्तसम्मको तथ्याँकले इजिप्टमा एक, भियतनाममा एक, जापानमा चार, कतारमा ९२, कुवेतमा १४, जर्मनीमा एक, टर्कीमा एक, दक्षिण कोरियामा १८, नेपालमा ३५, बहराइनमा सात, मलेसियामा २०९, संयुक्त अरब इमिरेट्समा ६९ र साउदी अरेबियामा १५५ जनाको मृत्यु देखाउँछ।

वैदेशिक रोजगारीका क्रममा रोजगारीको करार अवधि नसकिइकनै नेपालमा बिदामा आउँदा मृत्यु हुनेको तथ्याँकसमेत बोर्डले राख्ने गरेको छ । अहिलेसम्म नेपालमै आएर मृत्यु भएपनि क्षतिपूर्ति बापतको दाबी रकम भने उपलब्ध गराउने गरिएको छैन । तर रकमका लागि भने २०७२ सालदेखि नै निवेदन पर्ने गरेको जानकारी बोर्डले दिएको छ ।

श्रम कार्यालयले रोजगारदाता कम्पनीबाहेक अन्य माध्यमबाट रोजगारीका लागि विदेश नजान बेला बेलामा सूचनासमेत प्रकाशन गर्ने गर्छ । आफू जाने कम्पनीबारे बुझ्दै नबुझी र सूचनाको ख्यालै नगरी रोजगारीका लागि युवा विदेशिने गरेका छन् । रोजगारदाता कम्पनीबाहेक अनधिकृत तवरले विदेश जानेहरु बढी दुर्घटनामा परेको घटना बाहिर आउने गरेको वैदेशिक रोजगार प्रवद्र्वन बोर्डका सूचना अधिकारी पवित्रा घिमिरे खनालले बताए।  “बोर्डले वैदेशिक रोजगारीमा जान इच्छुक श्रमिकका लागि तालीम दिने व्यवस्था गर्दै आएको भए पनि बिना तालीम नै उहाँहरु विदेश जानुहुन्छ,” उनले भने।

विदेशी भूमिमा काम गर्न जाने जो कोहीले प्रथमतः आफ्नो पेशामा दक्षता हासिल गर्नुपर्छ भन्ने नीति सरकारले बनाइदिए पनि स्वयम् श्रमिकले नै त्यसको पालना गर्ने गरेका छैनन् । वैदेशिक रोजगारीमा गएका श्रमिकको आकस्मिक मृत्यु भएमा बोर्डले रु सात लाख क्षतिपूर्ति उपलब्ध गराउने व्यवस्था गरेको छ । बोर्डले श्रम गर्न गएको समयावधि सकिएको एक वर्षपछिसम्म पनि मृतकको परिवारलाई क्षतिपूर्ति बापतको रकम उपलब्ध गराउँदै आएको छ। रासस

मीना घोरसाइनेको रिपोर्टमा आधारित यो लेख / रिपोर्ट नागरिक दैनिक – बुधबार, २६ बैशाख २०७५ – बाट सभार गरिएको हो

राससको यस रिपोर्टलाई यसै दिन कान्तिपुर दैनिकले पनि छपेको छ

 

Advertisements

तपाईको बिचार

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.