ओली, गोली र झोली | कटाक्ष

म यो लेख आफैले केही दिन अगाडि आफ्नै वेब्लग सिमान्तमा पोस्ट गरेका केही अंशहरुबाट शुरु गर्न चाहन्छु-

“राजावादी हिन्दू ठेकेदार कमल थापा आज रछ्यान खोज्न वाद्ध्य छन । मित्र प्रचन्डसँग सङै बस्न नसकेर बाबुराम जन्मजात शत्रु ठानिएको कांग्रेससङ एक थान भोटको भिख मगेर साँसद हुन लस्किएका छन । ओली महोदय “मतपत्र निल्ने प्रव्रित्ति”लाई नै जिताउ भनेर “देवी ज्ञावाली”हरुलाई ठाडो आदेस दिएर क्षणभरको उन्मादमा छन । माओवाद्को बिल्ला फुकालेर खाओवादको गौचरणमा कहिले काँग्रेस त कहिले एमालेको शरणमा एक रात ओत खोजेका प्रचन्ड श्रापको भुमरिमा विक्षिप्त छन ! आखिर विजयी को भयो त, कसले जितेको छ त यो भूमिमा ? सत्ता-कुर्ची ठुलो कुरा होइन, त्यो त कोलम्बियन माफिया पाब्लो एस्कोबारले पनि पाएका थिए ! तर गम्भिर बहसको महसुस भएको छैन, किनभने विवेक ‘बिर्को’ ले बन्द छ ! सत्ता हस्तान्तरणमा शेरको सरकारले देखाएको बेइमानले अरुको हित र आफ्नो अहित भएको छ भन्ने कुरा स्वयम ‘शेर-प्रधान’ हरुलाई पनि अवगत भएन; निर्वाचनको परिणामबाटबाट तर्सेको मित्र-शक्तीले आफ्नो चाँजोपाँजो नमिल्दासम्म नेपाली काङ्रेसको नेत्रित्वमा रहेको सरकारलाई ढाल बनाउँदै गरे !”

कुरा के हो भने भुकम्पका वेला भारतले नेपालमाथी एकातर्फी रूपमा लगाएको नाकावन्दीका बेला नेपाल आयल निगमका प्रमुखले चाइनाले दिएको फ्री-इन्धन पनि छुनुहुन्न भनेझैं गरेका बेला केपी ओली महोदयले ठुलै राष्ट्रवादी काम गरे होलान भन्ने कुरा पत्याउन सकिन्न । तर सत्य के हो भने- भारतले अटेस्मटेश नाकावन्दी थुपारेर बेदना थपिरहेका वेला नेपाली जनमत भारतिय साशक बिरुद्ध खनिएको थियो, त्यसैको फाईदा उठाउन चाहन्थ्यो- चाइना; र काफी मात्रामा उठाउन सफल भयो पनि ! दक्षिणि हावामा हुर्किएको पालुवा खान पल्केका राजनीतिका ढल्केहरुबाट नेपाल र नेपालीको हितमा अडान लिन सक्तैनन भन्ने कुरा चाइनालाई राम्ररी थाहा छ र उसलाई/सबैलाई ज्ञान छ कि केपी ओलीको पृष्‍ठभुमी के हो भन्ने कुरा पनि ! त्यसैले शुश्मा ‘स्वराज’ अाइन र त केपिको तत्कालिन क्रितिम लोकप्रियताको लागि राम्रो मन्त्रिमण्डल तर्फ अभिमुख गराइन, तर चाइनासँग गरिएका ‘राम्रा’ संझौता कार्यन्वयन नगर्ने शर्तमा (!?)

अब कसैले केपी ओलीबाट क्रान्तिकारी परिवर्तन देखिरहेको छ भने, त्यो बित्थामा मानसिक क्षति सिवाय केही हुने छैन; उनी केवल बिगतको ‘लिगेसी’ सम्हाल्ने शर्तमा प्रधानमन्त्री हुन पाएका हुन, नत्र प्रचन्डको तुरुप पल्टि सकेका थिए । आशा त प्रचन्डले गरेका होलान राष्ट्रपती हुने, तर महन्थ ठाकुरहरुलाई एमालेले समर्थन गर्‍यो भने स्वयम प्रचन्ड बोल्नै नसक्ने गरी विलय भैसकेका छन ! तर महन्थको सट्टा उपेन्द्रलाई पगरी गुथाउन पाए आफ्नो क्रितिम राष्ट्रवादिता आर्को चुनावसम्म जोगाउन सकिने कुरामा ओली-प्रचन्ड ढुक्क छन ! यसरी ओलिले बोकेको माओवादी गोली गान्धीको चर्खामा कातिएको धागोबाट बुनिएको दक्षिणी झोलिबाट चुहिएर आफ्नै लागी एम्बुश हुने पक्का छ, नपत्याए हेर्दै जानोस ! ज्योतिषे त म होइन तैपनी हेर्दै जानोस …के पी ओलीले बिगतमा आफैले चीनसंग गरेका कतिपय राम्रा भनिने पूर्वाधार निर्माणका सन्धि-सम्झौता पनि कार्यान्वयन नगरी उनको पदावधि अन्त भएको घोषणा हुनेछ !

 

Advertisements

तपाईको बिचार

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

w

Connecting to %s