माओवादी किन सत्ता छाडन चाहिरहेको छैन !

चुनाव सकिएको छ, सत्ता हस्तान्तरन गर्ने बेला हो अहिले। नेपाली कांग्रेसको नेतृत्वमा रहेको सरकार जो प्रचण्डको माओवादी पनि सामेल छ- सत्ता छोड्न आलटाल गरेको देखिएको छ। जनताले कानुनी वाध्यताहरु भन्दा पनि सहज, सरल र निष्कपट राजनीति मार्फत छिटो प्राप्त हुने बिकासका प्रतिफलहरु खोजि रहेका छन्। जनताले नेताहरुलाई यहि आशामा मतदान दिएर नेतृत्वको अभिभारा सुम्पेका हुन्। तर अवस्था जनताले सोचेजस्तो हुनु त परै जावस सामान्य रिति थितीको व्यवस्थापन पनि हुने गरेको छैन- जन गुनासो यहि छ । अचम्म त के छ भने सत्ता छाडने दवाव कांग्रेसलाई दिईएको छ तर माओवादी जो सत्ता छाडेर तत्कात नयाँ सरकार बनाउको लागि मार्ग प्रशस्त गरिदिन सक्छ तर ऊ पनि त्यसो गरि रहेको छैन। जबकि माओवादीले एमालेसंग वाम एकताको चुनावी तालमेल गरेर तेश्रो ठूलो शक्ति हुन सकेको छ र पार्टि मिलाउने कुरा पनि जनतालाई बताइएको थियो; चुनाव पछि यी वाचा वन्धनहरू एकाएक सत्ता-कुर्ची प्राप्त गर्ने खेलमा परिणत भएको छ। वास्तविकता के देखिदै छ भने प्रधानमन्त्रिको पद वा अन्य ठूलै भागको वार्गेनिंमा माओवादी दल र प्रचण्ड समूह लागेको देखियो ।

यता केन्द्र सरकार निर्णयको वन्दि हुनथालेको देखे पछि झगडा अब तल्लो निकायतिर सर्दै गरेको छ। राजधानी कहाँ राख्ने भनेर झगडा तगडा हुँदै गएको छ । वास्तवमा सरकाको साँचो बुझाउन ढिलाई गर्दा नेपाली कांग्रेसलाई जनताले पदलोलुप भनेर चिनिरहेका छन्, त्यसो गर्ने दिनु हुन्न, ढिला सुस्तिवाट नेपाली कांग्रेसलेभन्दा अरु भित्रिया शक्तिहरुले धेरै फाइदा पो लिएको अवस्था छ कि, चनाखो हुन जरुरि छ । जनताको म्याण्डेट अनुसार काङ्ग्रेस अब संगठन बनाउन “गाउँ जाउँ- बसेर हैन गरेर देखाउँ” भन्ने अभियानमा लाग्नु पर्छ । हिजो कांग्रेस एक्लै केहि गर्न सक्थ्यो, अब अर्काको साथबिना केहि गर्न नसक्ने भएको छ । अब पनि सुधारिने तर्फ़ नलाग्ने हो भने नेपाली कांग्रेसलाई मरिच जस्तै खुम्चेको देख्नुपर्ने हुन्छ, त्यस्तो देख्न मन छैन । नेतृत्वले समयमा सोच बिचार गरोस !

Advertisements

तपाईको बिचार

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

w

Connecting to %s