उपहार | कविता

ऊसले उपहार मागेकि थिई

मैले पनि तत्कालै जे मागी त्यही दिएँ

यतिकैमा मैले उसलाई गुमाए ।

 

मैले उपहारलाई नक्कली झिल्झिले कागजले सिंगारिन,

कनि कनि कथेका शब्दले दुई लाईन कविता कोरिन,

कागजमा रंगिने चुम्मा र झुम्मा- ईमोजीहरु टॉस्ने औचित्य ठानिन,

ऊ बेसरी तीर्खाएकी थिई

विशुद्ध पिउने पानी दिएको थिएँ,

तर उसले त तीर्खा नमेटाएरै गई

 

केही समय पछि मैले ऊसलाई त्यही ठाऊँमा देखें,

उसको तीर्खा मेटिएको रहेनछ

ऊ रंगिन झिल्झिले कागजले सिंगारिएको पोको खोल्दै थिई,

उपहारको भावुकता निर्जिव अक्षरमा पढेर रमाईरहेकि थिई,

टुटेफुटेका रंगका मुटुमा हौसिईरहेकी थिई,

ऊसले ग्रहण गरेको उपहारको बोतल भित्र जव पानी देखिन-

ठूलो सुस्केरा हाली पर पर नजर टोलाई

ऊसलाई आफैले खोजेको वस्तुबारे ज्ञानै थिएन

 

प्यास मेटाऊने पानी त ऊसले छाडेको वोतलमा थियो

तर त्यो बोतल सिंगारिएको थिएन

गरुंगो पानी, सवैले बोक्न सक्ने कुरा भएन

हलुंगो, बोक्न सजिलो!

प्लाष्टिकको वोतल उसले राम्रो ठानेके उपहार-

ठूलो, हलुंगो; रंगिएको मात्र थियो

जव ऊसले मलाई झसक्क देखी,

अनि पानी पानी भनेर मतिर हेर्दै चिच्याई

तर ऊसले मलाई गुमाई सकेकी थिई !

29/12/2017

share rule

 

Advertisements

तपाईको बिचार

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

w

Connecting to %s