बदलिएको अवस्थामा संचार क्षेत्रको भूमिका र दायित्व बारे बहस हुनुपर्दैन ?

युवराज घिमिरेको हालैको अन्तर्वार्ता पढने मौका मिल्यो । बिचारका लागि उनलाई धन्यवाद दिने पर्छ । उनको यो अन्तर्वार्ता अन्नपुर्ण पोष्टबाट राजिनामा दिएपछि आएको थियो । उनि भन्छन- “इन्टलेक्चुअल मेसिनरिजहरु छन्, जो बहिरको पैसा खान्छन् अनि उनीहरुको एजेण्डा आफ्नो नामबाट लेख्छन् । नेपाललाई त्यसबाट खतरा छ । अनि अर्को लठैत जर्नालिजम छ । त्यसले निहित स्वार्थका लागि पत्रकारिताका नाममा मुढेबलले ‘डिस्इन्फर्म’ गर्छ … सम्पादकहरुले राष्ट्रियताका विषयमा एउटै आवज लिएर जाउँ भन्ने कुनै मुम्मेट भएको छैन । ” उनले निषेधको राजनीतिलाई खरो रुपमा उदाङ्गो पार्ने गर्दै आएका थिए । र त्यहि ‘निषेध’ को विश्व स्वरुपबारे यहाँ छोटो जानकारी पस्कने जमर्को गरिएको छ ।

वास्तवमा विश्व राजनीति नै निषेधले ग्रसित छ । उदहारण विश्व कै लिउँ- इराक, अफगानिस्तान युद्धमा राजनीतिलाई होमेको पत्रकारिताले पनि हो, जो सुचना र दवाब सिर्जना गर्ने गराउने कार्यमा जिम्म्वेवार छ । त्यहि पत्रकारितालाई अहिलेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रंपले ‘फेक’ भनिरहेका छन् । ट्रम्प्ले ती पत्रिकालाई त्यतिबेला ‘फेक’ देखे जतिवेला त्यो पत्रकारिताले ट्रम्प्लाइ ‘निषेध’ गरेर कसैका बिरुद्ध उचाल्न कोसिस गरेको थियो । इराक यूद्धमा वेलायतको संलग्नतालाई अनावश्यक र अपरिपक्क्व भनेर सर जोन चिलकोट आयोगले नामै तोकेर तत्कालिन प्रधानमन्त्रि टोनी ब्लेयरलाई जिम्मेवार ठहर्यायो । यसको प्रत्यूत्तरमा टोनी ब्लेयरले तत्कालिन सामाचार र रिपोर्टहरुको आधारमा निर्णय लिएको वताए । राजनीति दोषी देखिने घटनामा यसरि समाचार प्रवाह गर्ने पत्रकारिता क्षेत्र चाहिं कसरि निर्दोष रहन सक्छ ! यो निषेधको राजनीतिलाई विश्वमा सर्वत्र महसुस गरिएकोले यूद्धमा जान हुँदैन भनेर अडान लिएका जेरेमी कोरविन अहिले लेवोर पार्टिको नेता बन्नसके । यद्धपि उनलाई नै निषेध गर्ने जमात अहिले पनि सक्रिय छ । यस्तो निषेधको राजनीतिले विश्वमा भयावह मानवीय संकट आयो, लाखौँ निर्दोष मानिसको ज्यान गयो । अहिले त्यहि जमात राजनीतिलाई उछाल पछार गर्दै एशियामा अस्थिरता फैलाउन उद्धत छ । हात हातीयारका ब्यापारी बाहेक कसैलाई फाइदा नहुने युद्धको खेलमा ‘पत्रकार’हरुभन्दा ‘सम्पादकहरू’ धेरै लागि परेको देखिन्छ । र हामीले अपनाएको यहि पश्चिमा विकास पद्धति हो, जसले गर्दा ”सम्पादकहरु राष्ट्रियताका विषयमा एउटै आवज लिएर मुम्मेट” गर्न सक्ने कुरै भएन । अर्थात उनिहरुलाई राष्ट्रियताका बिषयमाभन्दा अन्तराष्ट्रिय बिषय जस्तो कि ग्लोबलाइजेशनको समर्थनमा धेरै लाभ हुने गर्दछ । यति गहिरो तरिकाबाट ”मानविय हितमा” सोच्ने, वहस गर्ने र त्यसमै अडान राख्न सक्ने ‘पत्रकार’ नेपालमा छैनन । यो त यौटा पत्रकारिताको नाटकमात्र मंचित भएको अवस्था हो, जो ‘एड, ट्रेड, सेक्यूरिटी र गभर्नेन्स’बाट निर्देशित छ; नकि विश्व भाइचाराको आदर्शबाट !

Captura-de-pantalla-2014-08-28-a-las-19.56.24
Image: Google search

‘द ग्रोथ म्यापमा’ जिम ओ’निलले नेपालको जुम्ला क्षेत्रमा ग्लोबलाइजेशनको वास्तविक नमुना देखेर भनेका छन् कि ”ग्लोबलाइजेशन” भनेको अमेरिकनाइजेशन होइन, बरु विशिष्ट रुपमा उपलब्ध स्थानिय श्रोत, र बिषेशताहरुको परिचालन हो ।‘’ त्यसैगरि जोसेफ स्टिग्लिट्जले ”द ग्लोबलाइजेशन एण्ड डिस्कण्टेण्टस” मा लेखेका छन कि- ‘विश्व बैङ्क र अन्तराष्ट्रिय मुद्रा कोषले गरिवहरुको निषेधमा ”नव-उदारवाद”लाई अगाडि बढाए । गरिव मुलुकको उत्पादनमाथि प्रतिवन्ध लगाएर र आफ्ना उत्पादनको निर्वाध निर्यात गरे ।’ यस्तो निषेधको विश्व राजनीतिलाई प्रवर्धन गर्न आवश्यक पर्ने प्रचार सामाग्री र संस्थागत संरचनाको विकास स्वरुप आएको हो अहिलेको विश्व संचार पनि । त्यसको प्रभाव र दवावबाट नेपाल अछुत रहने कुरै भएन । त्यसैको निर्णायक भूमिकामा रहन्थे इयान मार्टिनहरु वा बाह्र बुंदे सम्झौताहरु । निजी क्षेत्रमा सन्चालित संचारले “गरिवको हितमा वकालत गर्दा दाना-पानी सुक्ने अवस्था आयो भने त्यस्तो जोखिम संचारले उठाउन सक्दैन। किनभने गरीवहरुले ‘लबिङ्ग’ गरेर आफ्नो समाचार कहिल्यै पनि लेखाउन सक्दैनन; नत बिज्ञानपन, दान दातब्यको जोगाड नै गरिदिन सक्छन । अर्थात उनिहरुलाई राष्ट्रियताका बिषयमाभन्दा अन्तराष्ट्रिय बिषय जस्तो कि ग्लोबलाइजेशनको समर्थनमा धेरै लाभ हुने गर्दछ । त्यसैले गरिविको पक्षमा वकालत गर्ने हो भने यसो हुनुमा पुँजिवादी ब्यवस्था कै दोष मान्नुपर्छ, न कि एउटा पत्रकार वा संचार गृहको । संचारलाई चलाखहरुले गोयवल्स शैलिमा आफ़्नो पक्षमा लेखाउन दृश्य-अदृश्य खेलहरु खेलिरहेका हुन्छन। त्यतिवेला सरकारको निरिहता सिवाय केहि रहन्न। यस्तो संचारलाइ राज्यको चौथो अंग मानिरहनु पर्यो भने पनि त्यो मुलुकको दुर्भाग्य हुनेछ।” 

मुलत: निषेधको राजनीति हानिकारक छ । प्रजातन्त्रको नाममा अमेरिकाले जुन निषेधको राजनीति अंगाल्यो; अहिले ऊ त्यसको काफी नकारात्मक असरहरुको सामना गर्दैछ । यस्तो संकट आफ्नै कारणबाट आएको नभई अन्यत्रबाट आएको हो भनेर ”अन्यत्रको शक्ति आफु भित्र खेलेको” संदेश दिई रहेकोछ । र ऊ अझै पनि सबै शक्तिहरुको अस्तित्वलाई ब्यालेन्स गर्नेभन्दा ‘सामरिक’ रणनीतिबाट पराजित गर्ने दाउमा देखिन्छ । घाउहरु निक्कै पीडादायी र हानिकारक हुन्छन भन्ने कुरा विश्वको नेतृत्व गर्ने अमेरिकाले भुलेको देखिन्छ । ग्लोबलाइजेशनमा कसैलाई छेकेर र निषेध गरेर ग्लोबलाइज्ड हुन सकिन्न । जसरि नेपालमा अहिले उदार भनिने राजनीतिले राजसंस्थाको शक्तिलाई अवमूल्यन गरेर राजा ज्ञानेंद्रलाई निषेध गरेको छ; ठिक त्यसरी नै हिजो दलहरु निषेधित थिए, बहुदलमा माओवादी निषेधित थिए । जसको आयू या त छोटो हुन्छ या अरुकै लागि क्रियाशील रहनछ । यस्तो पद्धतिबाट जनसरोकारका मूद्धाले खासै ठाउँ पाउन सक्दैन । बदलिएको परिप्रेक्षमा नागरिक, राज्य सबैको भूमिका र दायित्व बदलिएको छ, त्यसबारे निरन्तर बहसहरु भैरहेका छन् तर पत्रकार, सम्पादक र संचार गृहको भूमिका र दायित्व कस्तो हुनु पर्छ भनेर बहस हुनु पर्दैन ? जुन कुरा हुन सकिरहेको छैन । त्यसैले पत्रकारहरु राष्ट्र र जनजीविकासंग सम्बन्धित समाचारभन्दा आफ्ना लाभका समाचार पस्कने गर्दछन । अन्नपुर्ण पोष्टबाट उनले राजिनामा दिएपछि निषेधित र नियोजित बिचार मै सिमित हुन चाहेको ‘पत्रकारिता’ को स्वादले तृप्त हुन नसकिने भएकैले वास्तविक स्वादको खोजि निरन्तर रहने भयो । मुलत: युवराज घिमिरेमा पत्रकारिताको गुण छ, उनले आफ्ना बढदो पाठकहरुको संख्यालाई निरास नबनाउन !!! उनको बिचारले निरन्तरता पावस ।

 

Advertisements

तपाईको बिचार

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s