‘ऋषि कृषि’

© कुलराज चालिसे

अन्य प्राविधिकक्षेत्र जस्तै कृषिक्षेत्र पनि क्रमिक परिवर्तनको दवावबाट मुक्त छैन । पहिला जीवन निर्वाहको निमित्त गरिने कृषिकर्म अहिले बढ््दो जनसंख्याको आवस्यकता पूरा गर्न व्यावशायिक कृषिमा परिणत हुदै गएको छ । व्यावशायिकताको चक्करमा वनश्पतिको प्राकृतिक स्वभावमा नै परिवर्तन गरेर वेमौसमी र वर्णसंकरताले प्राथमकिता पनि पाएको छ । रासायनिकमल, किटनासक औषधि र उन्नत वीउको प्रयोग त ब्यावशायिक कृषिको अभिन्न अङ्ग नै बनेको छ । माटोको उर्वराशक्ति र उपभोक्ताको स्वास्थ्य उपर धेरैको ध्यान गएको छैन । यस्तै छ नेपालमा कृषि विकासको हविगत । गोलाद्र्धको विभिन्न कोणबाट ब्याबशायिक कृषिलाई परिभाषित् गर्ने पृथक दृष्टिकोण सार्वजनिक हुदै गएको सूचनामा धेरै कमको ध्यान आकर्षित भएको छ । माटोको उर्वराशक्ति नष्ट नहुने गरेर दिगो उत्पादनको प्रविधि अवलम्वन गर्ने झिनो तर शक्तिशाली आवाजले हाम्रो कानको जालि भेदन गर्न अभै सकेको छैन । साथै अन्न जीवनको निमित्त अत्यावस्यक औषधि भएकोले उपभोक्ताको स्वास्थ्यमा प्रतिकुल असर नपर्ने गरेर गुणस्तर कायम गर्नुपर्ने शास्त्रीय तर्क हामी आँफैले भुल्दै गएका छौ । व्यावशायिक कृषिको परिभाषा अव पहिलाको जस्तो परिमाण केन्द्रित नभएर गुणस्तर केन्द्रित भएको तर्फ सरकार तथा जनता, उत्पादक तथा उपभोक्ता अनभिज्ञ नै छौ ।

माटोको उत्पादकत्व नाप्ने अवधारणामा धेरै परिवर्तन भएको छ । मुरी, पाथी, मन वा क्वीण्टलले उत्पादकत्व नाप्ने मान्यतालाई मूल्यले मापन गर्न थालिएको छ । उत्पादन परिणाम कम हुँदा पनि बजारमूल्य आकर्षक हुन्छ भने भिन्नताको खेतीमा क्रमशः आकर्षण बढ््दै छ । ऋषि कृषिको हाम्रो मौलिक सस्कृतिले पून स्थान लिदैछ । ब्याबशायिकताको चक्करमा कृषिप्रविधि पून प्रकृति संग समाहित हुँदैछ । सन् १९२१ देखी १९३० सम्म भारतभूमिमा परम्परागत कृषि प्रविधि सिकेर ब्रिटेन फर्कनुभएका अल्बर्ट हवार्डले सन १९४० मा आप्नो भारतीय कृषि अनुभवलाई परिस्कृत गरेर प्रकाशन गर्नुभएको प्रतिवेदन विश्वभर फैलिएर सन् १९७२ मा प्राङ्गारिक कृषि अभियानको विश्वव्यापी संजाल (क्ष्ँइब्ः० मा रूपान्तरण भयो । यसै विचमा सन् १९४७ मा जापानिज अभियन्ता मासानोबु फुकुवोकाले नेचुरल फार्मिङ्ग र सन् १९२४ मा रूडोल्फ स्टेइनरले पृथक ढङ्गले प्राङ्गारिक कृषिको वकालत गर्नुभयो । सन् १९७८ मा विल मोलिसनले पर्माकल्चर भन्ने शब्द प्रयोग गरेर वातावरण तथा समाजमैत्री कृषि प्रविधिलाई विश्वब्यापिकरण गर्नुभयो । भारतभूमिमा अवलम्बन गरिएको परम्परागत कृषि भन्दापनि उच्च गुणस्तरीय कृषिप्रविधि नेपालको पहाडी भूभागमा प्रचलित थियो । पुराणकालमा ऋषिमुनिको गन्तब्य तथा त्यसपछि पनि यातायातको असुविधा तथा अंग्रेजदासताबाट ग्रसित नभएको कारणले गर्दा नेपालको मौलिक प्रविधि अल्वर्ट हवार्ड जस्ता खोजकर्ताको नजरबाट ओझेलमा परेकोले ऋषि कृषि प्रबिधिले ओतप्रोत थियो । हामीले त्यसलाई बेच्न सकेनौ ।

हाम्रो मौलिक प्रविधि सन् १९५१ पश्चात अमेरिकी सहयोग नियोग, यूनाईटेड मिसन टु नेपाल तथा स्वीस सहयोग नियोगको प्रवेश पश्चात मात्र प्रदुषित हुन थालेको हो । स्थानीय वातावरण, वीउ, मल तथा प्रबिधि भन्दा बाह्य प्रविधिले मौलिक प्रविधिलाई विस्थापन गर्ने नीतिलाई प्राथमिकता दिन कृषि विषयका तालिम केन्द्र स्थापना गर्नाको साथै कृषि विषयमा उच्च शिक्षा दिने व्यवस्था पछि त द्रुत गतिमा ऋषि कृषि प्रविधिमा ह्रास आयो । आजका दिन सम्म आउदा हाम्रो मौलिक प्रविधिको साथमा रैथाने वीउ पनि हराई सकेको छ । मौलिक प्रविधि र वीउको ह्रासबाट चिन्तित योगी नरहरिनाथःले आप््mनो ऐतिहाँसिक शिखरिणी यात्रामा ऋषि कृषिलाई वैदिक साम्यवादको अङ्ग बनाउनु भयो । पुस्तक सवैको हातमा नपुग्ला र पुगेको हकमा पनि शिष्यले प्राथमिकता नदेलान्् भनेर चितवन वागिश्वरीधाममा स्थानीय गौशालाको स्थापना गर्नको साथै आप््नै कुटी अगाडीको पीपल चौतारीमा ऋषि कृषि प्रविधिलाई संकेत गर्ने शिलालेख राखिदिनु भयो । तर पनि हाम्रो चेत खुलेको छैन । माथि उल्लेख गरे अनुसार हाम्रै प्रविधिको सिको गरेर सिफारिस गरेको प्राङ्गारिक कृषि, प्राकृतिक कृषि तथा पर्माकल्चर अझै सम्म कृषिपर्यापर्यटनको दायरा नाघेर आम उपभोक्ताको प्राथमिकता हुन सकेको छैन । त्यो पनि विदेशबाट प्रमाणिकरण गरेर मात्र गरेका छौ । धर्मसापेक्षता वा नीरपेक्षताको लडाईमा जनता उचाल्ने धर्मभिरूले आप््mनै मौलिक प्रविधिलाई प्रमाणिकरण गर्ने हैसियत सम्म नराख्दा दुःख लाग्छ ।

तस्विरः चितवन वागिश्वरीधाम स्थित कुटीमा राखिएको शिलालेख   फोटो अंकुशमाला चालिसे

तस्विरः ऐतिहासिक शिखरिणी यात्रा पृष्ठ २१६ मा उल्लेखित पद्य

अन्नं व्यजानात । अन्नं न निन्द्यात् । अन्नं न परिचक्षीते । अन्नं बहु कुर्वीत तद् व्रतम् । बहुधान्य बसुन्धरा । अन्नदानं महादानं । अन्नाद् भवति भूतानि । प्रर्जन्यादन्नसम्भवः । यज्ञाद् भवति पर्जन्यः । यज्ञः कर्मसमुद््भवः । कर्म ब्रह्मोद््भव विद्धि । ब्रह्माक्षरसमुद््भवम् । तस्मात्सर्वगतं ब्रह्म । नित्यं यज्ञे प्रतिष्ठितम् । यज्ञो वै शिवः । यज्ञो वै शक्तिः । यज्ञो वै विष्णुः । यज्ञो वै ब्रह्मः । ब्रह्मार्पणं ब्रह्म हविः । ब्रह्माग्नौ ब्रह्मणा हुतम् । ब्रह्मैव तेन गन्तव्यम् । ब्रह्मकर्म समाधिना । आदि वेदका मन्त्रहरू उल्लेख गर्दै योगीले ऋषि कृषिलाई वीउको सुरक्षा, पानीको गुणस्तर, उत्पादित कृषि उपजको उपयोग तथा उत्पादन प्रविधिलाई वेद अनुकुल हुनुपर्ने बताउनु भएको छ ।

पानीको उद््गम श्रोत हिमालय, पहाड वा समुन्द्र मध्य कुन हो ? पानीको गन्तव्य समुन्द्र वा चन्द्रमा कता हो ? भन्ने प्रश्न धेरै हकमा विवादित हुनसक्छ । तर निरन्तर चक्र पद्धत्तिमा रहने पानी नै उत्पादनको प्रमुख आधार हो भन्नेमा कही कतै विवाद छैन । समुन्द्रको पानी क्षारीय भएकोले उपभोग्य हुँदैन । त्यसैले उपभोग्य पानीको श्रोत हिमाल र पहाडबाट बग्ने नदीलाई मात्र मानिएको छ । वायुमण्डलको उचाईमा प्रशोधन भएर पहाडमा वर्षिएको पानी नै जमिन भित्र पुगेपछि मूल फुट््छ । त्यसैले होला धेरै पानीविज्ञहरू ताजापानी पृथ्वीको गर्भबाट आउछ भन्ने भ्रममा पर्नु भएको छ । यज्ञअनुष्ठानको चोखो धुवा वायुमण्डलको उचाईमा पुगेर चोखोपानी बटुलेर हिमालमा हिउ वर्षाउने भएकोले हिमाललाई चोखोपानीको भण्डार मानियो । जमिन भित्रको पानी वायुमण्डलमा पठाउन बरपीपलको चौतारीलाई प्राथमिकता दिईयो । वर्षाको पानीलाई जमिन भित्र सोसाउन पोखरीलाई जोड दिईयो । माटोको उर्वरा कायम राख्न गाईको मललाई जोड दिईयो । यस्ता धेरै सुत्रहरू गुणस्तरीय कृषि उत्पादन संग गासिएको हाम्रो परम्परागत सस्कृतिलाई हामीले निरन्तर वकालत गरेनौ । क्षारसागर, क्षीरसागर र नीरसागरको भिन्नता बुभ््न सकेनौ । वगेको पानीले जत्ति लामो यात्रा गर्छ, त्यत्ति नै गुणस्तर ह्रास हुन्छ भन्ने दिव्य मन्त्रलाई भुल्यौ ।

नारायणको कृतन धेरै भयो तर नारायणले शयन गर्नु भएको क्षीरसागरलाई पटक्कै बुझेनौ । समुन्द्रमन्थन नीरसागरमा भएको थिएन तर काल्पनिक चित्र बनाएर पनि आम जनतालाई भ्रम बाड््यौ । छान्दोग्य तथा तैत्तेरियोपनिषदको मन्त्रहरूको ब्याख्या गरेको भए अल्वर्ट हवार्ड प्राङ्गारिक कृषिको पिता हुन सक्नु हुन्थेन । वाहाले जहाबाट प्रविधि सिकेर जानु भयो त्यही नै वाहाका छोरा जन्मिने थिएनन् । पश्चिमालाई प्रमाणपत्र थमाउने हैसियतका नेपालीले पश्चिमबाट अग्र्यानिक उत्पादनको प्रमाणपत्र लिनु पर्थेन । चोखोपानीको महत्त्व बुझेको भए बेंसी, उपत्यका तथा मधेसको जग्गा, पहाडको भन्दा बहुमूल्य हुने थिएन । समय अझै गुज्रिएको छैन । योगीले जोड दिनु भएको ऋषि कृषिलाई अनुसन्धानको माध्यमले प्रमाणित गरेर उच्चपहाडको उत्पादनलाई बहुमूल्यमा बजारिकरण गर्न हामीलाई कसैले रोक्न सक्दैन । कृषि अनुसन्धानमा सकृय अनुसन्धाता तथा शास्त्रका ज्ञाता मिलेर ऋषि कृषि प्रणालि उपर पून सकृय हुन समयले माग गरेको छ । नेपालीले अव परिणामात्मक कृषिबाट गुणात्मक कृषिमा व्यावशायिकता देखाउने बेला भएको छ । कृषि प्रसारमा संलग्न जनशक्तिले पनि अहिले सम्म पढेको ज्ञान थाति राखेर ऋषि कृषिको संम्भाव्यता केलाउन सकृय हुन आवस्यक देखिएको छ ।

RCTimes


मेरो कमेण्ट तल कमेण्ट बक्समा 

Rishi Krishi
केहि दिन पछि RC Times ले यसरि प्रकाशित गर्यो, कुलराज चालिसेको उत्तर

लेखलाई पढन सकिने गरि उपलब्ध गराइएको प्रतिलिपि 

ऋषि कृषि पद्धत्ति उपर थप पुष्ट््याई

♦ कुलराज चालिसे

कृषि पराशर, काश्यपीय कृषिसूक्ति, कृषिकाण्डम््, वृक्षायुर्वेद जस्ता वेद तथा पुराणका कृषि सम्वन्धि सांकेतिक सन्देशलाई ग्रन्थाकार दिईएको वैदिक कृषि पद्धत्तिलाई योगी नरहरिनाथले आप््mनो ऐतिहासिक शिखरिणी यात्रामा वैदिकसाम्यवाद अन्तरगत व्याख्या गर्दा प्रयोग गर्नुभएको ऋषिकृषिलाई वागिश्वरीधाममा शिलालेख राखिदिनुभएकोले मलाई ऋषि कृषि पद्धत्ति उपर लेख्न जाँगर चलायो । आधुनिक कृषिमा कलम चलाउनु हुने श्री रामचन्द्र बराललाई परम्परागत कृषि पद्धत्तिको उक्त लेखलाई छाप्ने जाँगर चलायो । कृषक तथा कृषि प्रविधिकलाई यो विषयले कत्तिको आकर्षण गरेछ भन्ने थाहा पाउन केही समय कुर्नैपर्छ । मेरो फेसवुक संजालमा रहनु भएका केही महत्तवपूर्ण अनुसन्धाताको प्रतिकृयाले मलाई यस विषयमा थप खोजि गर्न वाध्य बनायो । स्थापित अनुसन्धाता अनिल सुवेदी, नीर्मलमणी अधिकारी, रामचन्द्र बराल तथा अध्ययनशील व्यक्तित्व विश्व सिग्देल र कृषि बजारमा स्थापित झलक श्रेष्ठको उत्साहजनक प्रतिकृयाले यस विषयमा थप खोजिगर्न प्रेरणा दियो । यस विषयवस्तु उपर सातसमुन्द्रपारी अर्थशास्त्रमा उच्च शिक्षा प्राप्त गर्नु भएका श्री जगदिशचन्द्र वाग्लेको प्रतिकृयाले त मेरो घण्टी नै बजाई दियो । वाहालाई जस्तै धेरै पाठकलाई उक्तलेख उपर प्रश्न उठेका हुन सक्छन् । त्यसैले वाहाको प्रश्नमा आधारीत भएर यो पूरक लेख लेख्न बाध्य भए ।

प्रश्न १ ऋषि कृषि खासमा के हो ? अर्गानिक, प्रोडक्टिभ, श्रम प्रधान, पुँजी प्रधान, परिणमात्मक, गुणात्मक, मौलिक, रिजिलियण्ट, जेनेटिकल्लि मोडिफाईड वा अन्य केही हो कि ? सामान्य पाठकले बुभ््ने कर्णपृय परिभाषा के हो ?

आदिम मानिसले पशुलाई घरपालुवा तथा अन्नको खेती गर्न लागे पछि प्राकृतिक श्रोतलाई दिगो उपयोग गर्न अहिताग्नि ऋषि पराशरले पृथ्वीमा आश्रित अन्य जीवलाई समेत हानी नहुने गरेर सर्वसाधारणको हितमा जारी गर्नु भएको वेद अनुकुलको कृषि पद्धत्तिलाई ऋषि कृषि पद्धत्ति भनेर बुभ््mनु पर्छ । व्यापारिक कृषि उद्यमबाट उत्पादक, उपभोक्ता, जीवजगत र प्राकृतिक श्रोत कसैको हित नभएको महसुस गरेर अग्र्यानिक कृषि प्रति आकर्षित भएको अहिलेको कृषि समाज पून ऋषि कृषिमा फर्किन लागेको संकेत हो । ऋषि कृषिले अन्नलाई मानिस, जीवजगत तथा प्रकृतिको स्वास्थ्य रक्षाको निमित्त उपयोग गरिने औषधिको रुपमा लिन्छ । यो पद्धत्ति माटोको तैयारी देखी अन्न भण्डारमा सिमित नभएर जलवायु, माटो, पानी तथा वीउको संस्कार एवं भण्डार गरिएको अन्नको वेद अनुकुलको उपयोग सम्म विस्तारित छ । पुराणहरुमा व्याख्या गरिएको राजा वेन र पृथुको कथा यो पद्धत्तिको सटिक उदाहरण हो ।

प्रश्न २ ऋषि कृषिबाट विश्व जनसंख्या, जीवहरु समेतको लागि खानेकुरा प्रयाप्त हुनसक्छ ?

वेद अनुकुलको आश्रम धर्म सवैले निर्वाह गर्ने हो भने अन्नको कमी हुदैन भनेर ऋषि कृषि पद्धत्तिले विश्वास गर्छ । अन्नलाई औषधि नमानेर मोटाउन, रोगाउन वा कमाउन विषको रुपमा प्रयोग गर्ने हो भने पुग्दैन । अन्न चिन्नु पर्छ, मात्रा थाहा पाउनु पर्छ, अन्नदाता परमात्मालाई पूजा गर्नु पर्छ, अनि जिम्मेवारी पूर्वक ग्रहण गर्नुपर्छ ।

प्रश्न ३ ऋषि कृषि वैदिकसभ्यताको उपज हो भने पश्चिमा विकास र प्रविधिको रापमा कसरी टिक्न सक्ला ?

प्रतिस्पर्धा पूर्वीया र पश्चिमा सभ्यताको होईन आस्तिक र नास्तिक विचमा छ । पूर्वमा पनि नास्तिक छन्् अनि पश्चिममा पनि आस्तिक छन्् । नास्तिक उपर आस्तिकको विजय निश्चय पनि हुन्छ । अग्र्यानिक कृषिमा आकर्षित भएको समाज पूर्वको होस्् वा पश्चिमको ऋषि कृषिको विरुद्धमा हुनै सक्दैन । सियाटलको जुलुसमा पूर्वीया भन्दा पश्चिमाको उपस्थिति धेरै भएको भुल्न हुँदैन । पृथ्वीको दोहनमा चोर सस्कृति लामो समय टिक्दैन । अन्ततः प्रकृतिमा फर्कनै पर्छ । सभ्यतालाई भाषाले नाप्न सकिदैन । सस्कृत भन्दैमा दिगो र अंग्रेजी भन्दैमा नदिगो हुदैन । पश्चिमा विकास र प्रविधिको राप क्रमशः प्रकृति उन्मुख भएको छ । बरु पूर्वीया नै यस मानेमा पछाडी छन्् ।

प्रश्न ४ यसको प्रयोग अहिले पनि भएको छ वा योगीको शालिक झै धुलोले ढाकिएर नबुझिने भएको छ ? यदि छभने कसले गरेको छ र यसलाई कसरी मानव कल्याणमा झन विस्तार गर्न सकिएला ?

भारतको सरकारी नीतिले ऋषि कृषि पद्धत्तिलाई अग्रस्थान दिएको छ । प्रान्तीय सरकारहरुले पनि अग्र्यानिक कृषिनीति सार्वजनिक गरेकाछन्् । त्याहापनि ऋषि कृषिलाई अग्रस्थान प्राप्त छ । भारतकै सिक्किम प्रान्तले त पुरै प्रान्तलाई अग्र्यानिक बनाउने लक्षका साथ ऋषि कृषिलाई अग्रस्थान दिएको छ । कोल्हापुरका कृषक श्रीमोहन शंकर देशपाण्डेयले शास्त्रमै विलिन हुनलागेको ऋषिकृषिलाई व्यवहारमा प्रदर्शन गरेर भारतीय कृषिनीतिको प्राथमिकतामा पारेका छन्् । कृषि विज्ञानमा उच्च शिक्षा प्राप्त गरेका पुणेका मनोज हाडावालेले त ऋषि कृषिको उपयोग कृषि पर्या पर्यटनमा गरेर देखाउनु भएको छ । सन्् २०१६ मा केन्तुकी यूनिभर्सिटि प्रेसले प्रकाशन गरेको यो पुस्तकले ऋषि कृषिको भविष्य संकेत गरेको छ । स्मरणीय कुरा यो पुस्तकको सम्पादक मण्डलमा चितवन निवासी प्रमोद पराजुली पनि हुनुहुन्छ भने अनुसन्धाता मध्यमा एक जना बैदाम निवासी जगन्नाथ अधिकारी हुनुहुन्छ । वाहाहरु कृषि विज्ञ होईन । पराजुली एन्थ्रोपोलोजिष्ट हुनुहुन्छ भने अधिकारी समाजशास्त्री हुनुहुन्छ ।

प्रश्न ५ अवेसिटि, मोटापा, र भोकमरीको समस्यालाई ऋषि कृषिले एकैसाथ सम्बोधन गर्न सक्ला ? 

सक्छ । प्रश्न न २ को उत्तरमा नै यो प्रश्नको उत्तर समाविष्ट छ ।

प्रश्न ६ घट््दै गएको जमिन र श्रोतबाट बढदै गएको जनसंख्याको खाद्यान्नमागलाई ऋषि कृषिले कसरी धान्न सक्ला ?

कृषिको मूल आधार वर्षाको पानी, सन्तुलित वायुमण्डल र सूर्यको किरण हो । जमिन त धारण गर्ने आधार मात्र हो । वायुमण्डलमा असन्तुलित हुदै गएको संरचना, त्यसले बढाएको तापमान र नतिजा स्वरुप अनुभव गरिएको अनियमित वर्षा अहिलेको चुनौति हो । यिनलाई व्यवस्थापन गर्न सकिएमा खाद्यान्न उत्पादनको निमित्त जमिनको अभाव रहदैन । जमिनलाई मात्र उत्पादनको आधार मानेर प्राकृतिक सन्तुलन विगार्ने हो भने सारा पृथ्वीमा खेती गर्दा समेत अहिले कै जनसंख्यालाई पुग्दैन भन्ने बुभ््mनु पर्छ । उपयोग गर्न नसकिएको पानी र सूर्यको किरण अहिले पनि अत्यधिक छ ।

प्रश्न ७ भूमिपुत्र किसानको हित कसरी होला ?

ऋषि कृषि यान्त्रिकरण भन्दा श्रमिक र शिप प्रधान भएकोले भूस्वामित्व भएकालाई भन्दा श्रम गर्नेलाई फाईदा हुन्छ । यस पद्धत्तिमा उत्पादक र उपभोक्ता दुवैको कल्याण हुन्छ ।

प्रश्न ८ दिगो विकास लक्ष (२०३०) सफल पार्न ऋषि कृषिलाई कसरी प्रयोगमा ल्याउन पर्ला, अनि यो वातावरण मैत्री पनि छ ?

यो पद्धत्तिले कृषि उत्पादन भन्दा वातावरण मैत्री उत्पादनमा सरोकार राख्ने र अन्नलाई खाद्यान्न भन्दा औषधिको रुपमा स्वीकारेकोले जनस्वास्थ्य, कृषि जैविक विविधताको संरक्षण तथा जलवायु अनुकुलनमा सकारात्मक र सन्तुलित योगदान दिने भएकोले दिगो विकास लक्ष प्राप्त गर्न सहयोगी हुन्छ ।

यो लेख त जगदिशचन्द्र वाग्लेजीका जिज्ञासालाई सम्बोधन गर्न मात्र लेखिएको हो । यो विधा पुरानो भएर पनि नयाँ हुन खोज्दैछ । यस क्षेत्रमा खोजी तथा अनुसन्धान गर्न धेरै बाँकी छ । निर्यातमूलक कृषिको चक्करमा हामीले आयात प्रतिस्थापन पनि गर्न सकेनौ । भारतीय समतल भूमि, यातायातको सुविधा र सरकारी प्राथमिकताको अगाडी पहाडी मुलुकले बजार मूल्यमा प्रतिस्पर्धा गर्न सक्दैन । त्यसमाथि युवा पलायनले कृषि पेसालाई थप चुनौति थपेको छ भने जलवायु परिवर्तनको प्रभाव त कहाली लाग्दो हुदैछ । त्यसैले हामी कृषि पृथकताको मूल्य कृषिपर्यापर्यटनमा समायोजन गर्न केन्द्रित हुन उपयुक्त देखिएकोले दिगो विकास संग सम्बन्धित सवै संग अन्तरकृयाको निमित्त अनुरोध छ ।

Advertisements

2 Comments

  1. कुलराज चालिसेले फ़ेसबूक म्यासेन्जर मार्फत उपलब्ध गराउनु भएको प्रतिक्रिया कपि पेष्ट

    सक्नुहुन्छ । स्वामीजीकाे बारेमा म स्ंग पनि सामान्य जानकारी छ । तर तपाईकाे जिज्ञासा पूरा गर्न थप जानकारी खाेज्न सकिन्छ ।

    तपाईका प्रश्न मेराे मनमा पनि तेर्सिएर श्रृङ्खलावद्ध लेख्दै छु । रामचन्द्र बराल जीकाे कमेण्ट मेराे वालमा ट्याग गरिएकाे छ । त्याे पनि महत्वपूर्ण छ । २/३ दिनमा ऋषिकृषिलाई कृषि पर्या पर्यटनमा उपयाेग गर्ने लेख नागरिक पश्चिमेलीमा निस्कदै छ । तपाईले उठाउनु भएका प्रश्नलाई अागामी लेखमा समेटने छु ।

    Like

  2. कुलराज सर,

    ‘ऋषि कृषि’ लेख पढने अवसर जुटाउनु भएकोमा धन्यवाद ! लेख राम्रो छ, शिर्षक ‘ऋषि कृषि’ यति मजबुत लाग्यो कि यसले गैह्र कृषि समाजका हिमायतीहरु समेत लाई घिसारेर एक पटक पढनै पर्ने बनाएको छ । कृषि त्यस्तो पेसा उद्ध्योग हो, जसले सम्पूर्ण जीवको पालन पोषण र रक्षा गर्ने सामर्थ्य राख्दछ । लेखले त्यो महत्वलाई उजागर गरेको छ ।

    ‘ऋषि कृषि’ पढे पछि मेरा मनमा धेरै कुराहरु आए, त्यसलाई यहाँ उल्लेख गरेको छु-
    १) ‘ऋषि कृषि’ खासमा के हो ? अर्गानिक, प्रोडक्टिभ, श्रम प्रधान, पुंजी प्रधान, परिणात्मक, गुणात्मक, मौलिक, रिजिलियण्ट, जेनेटिकल्लि मोडिफ़ाइड वा अन्य केहि हो कि ! सामान्य पाठकका लागि बुझ्न सहज हुने थियो । अर्थात छोटो, मिठो बुझिने कर्णप्रिय परिभाषा ?
    २) ‘ऋषि कृषि’ बाट विश्व जनसंख्या (जीवहरु समेत) को लागि खाने कुरा पर्याप्त हुन सक्छ ?
    ३) ‘ऋषि कृषि’ बैदिक सभ्यताकै उपज हो भने पश्चिमा विकास र प्रविधिको रापमा यो कसरि टिक्न सक्ला ?
    ४) यसको प्रयोग अहिले पनि भएको छ वा योगिहरुको शालिक झैं धुलोले ढाकिएर नबुझिने भएको छ ? यदि छ भने कसले गरेको छ र यसलाई कसरि मानव कल्याणका हितमा झन् विस्तार गर्न सकिएला ?
    ५) कहाली लाग्दो अबेसिटि (मोटापा) र भोकमरीको समस्यालाई ‘ऋषि कृषि’ ले एकै साथ सम्बोधन गर्न सक्ला ?
    ६) घट्दै गएको जमिन र श्रोतबाट उत्पादन झन बढाउनु पर्ने (जनसंख्याको वृद्धि दर) आजको विश्व समस्यालाई ‘ऋषि कृषि’ ले कसरि हल गर्न सक्ला?
    ७) भुमि पुत्र किसानको हित कसरि होला ?
    ८) दिगो बिकासको लक्ष-२०३० सफल पार्न ‘ऋषि कृषि’ लाइ कसरि प्रयोगमा ल्याउन पर्ला, अनि यो वातवरण मैत्री पनि छ ?

    ‘ऋषि कृषि’ ले यी प्रश्नहरुलाई सम्बोधन गर्न सक्यो भने अहिले अगाडि ल्याइएको जी एम ओ प्रविधि (मोनासाण्टो!) को विकल्प हुन सक्छ, जसलाई कम से कम एशिया र अफ्रिकाका मुलुकहरुले मौलिक कृषि क्रान्तिका रुपमा अघि बढाउन विश्वब्यापी नेटवर्किङ्ग गर्न सकिने देखिन्छ। पहिला त यसलाई हाम्रा “राम्रा” मानिसहरुले बुझ्न जरुरि छ, जसले सुन मासेर सिल्भर थुपारेका छन !

    मलाइ योगी नरहरि नाथ र स्वामी प्रपन्नाचार्यका बारेमा जान्ने निकै मन छ, कुनै दिन मौका मिल्ला कि !

    Like

तपाईको बिचार

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s