नेपालमा सुन्दर प्रजातन्त्रको कुरुप भविष्य

धेरै काँचा संझौताहरु बिच खोजिने सहमतिले प्रजातन्त्रलाई कुरुप बनाउॅदो रहेछ, खासगरी नेपाल जस्ता मुलुकहरूमा । खुला सिमाना, भौगोलिक हिसाबले एउटा दुईटा मुलुकहरूसॅग मात्र परनिर्भरता, अर्ध शिक्षित नागरिक, देश काल परिस्थिति नबुझेका तीब्र सत्ता केन्दित नेता भएको देशमा प्रजातन्त्रलाई फरक तरिकाबाट ब्याख्या र ब्यवहार गर्न जरुरी छ । नेपालको प्रजातन्त्रले नेपालीमात्रको हित गर्न असफल भएको छ । प्रजातन्त्र त्यस्तो धारिलो हतियार हो जसलाई कसरी संचालन गर्ने भन्ने कुरामा सबै सरोकारवालाहरु जिम्वेवार र दक्ष नहुने हो भने त्यसले आफैॅलाई घाईते बनाउँछ । २०३६ सालको जनमत संग्रहमा अनपेक्षित परिणाम आएपछि वी पी कोइरालालाई परिणाम स्विकार नगर्न तिब्र दवाव परिरहेका वेला वहाॅले कसैको पनि अज्ञानतामा प्रजातन्त्र फस्टाउन नसक्ने कुरा गर्दै ‘जनता शिक्षित हुन जरुरी’ भएको कुरा वताउनु भएको थियो । प्रजातन्त्रको वहालीसॅगै प्रजातन्त्रकै संस्थागत विकासका लागि जनतालाई शिक्षित पार्ने प्रयास भएन । राजनितिक गतिविधिहरु तीब्र सत्ता केन्द्रित भएको छ । जसले गर्दा स्वदेशीकोभन्दा विदेशीको लाभका लागि मुलुकको भूमि प्रयोग भएको देखियो ।

आज सर्वत्र विकृति छ। अस्पताल, शिक्षा, यातायात, बैदेशिक रोजगारी सबैमा दलाली र अबांछित चर्को शूल्क व्याप्त छ। हामी भोला रिजाल, डा गोबिन्द केसी, राजेन्द्र पाण्डे वा मेनपावरको दलाली र लास होस वा सिण्डीकेटका कुरा सबै खुद्रामा पढेर आक्रोश पोख्छौं ! वास्तवमा ती दलालहरुलाई जनतामाथि शोषण गर्न राज्यले दिईरहेको छ। राज्यलाई उभ्याईएका मान्यता कै कारण त्यस्ता निकायहरुलाइ विना अनुगमन चल्न दिईएको छ । राज्यका मान्यता वदलेर “शोषण रहित” नबनाएसम्म हामीले मुक्तिको शास फेर्न सक्ने छैनौं । यी सबै विकृतिको कारण राज्य र त्यसलाई संचालन गर्ने राजनिती ने हो । प्रजातन्त्रका नाममा हामीले हालेको भोटले हामीलाई नै दिन दहाडै लुटिरहेको छ ।

Advertisements

तपाईको बिचार

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s