परिवर्तनलाई अवतरण गर्न चाहिने अर्थ, र नीतिहरुको अभावमा परिणाम के होला ?

उदहारणका लागि- खोला र नदि ! नदीमा खोला मिसिन दिनु भनेको खोलाको अस्तित्व समाप्त हुनु हो । यस सन्दर्भमा नदीले खोलालाइ आफुमा समाहित गरिदिन्छ र वास्तवमा खोलाको परिवर्तन नदि भएर देखिन सक्छ तर त्यो भनेको खोलाको सभ्यता समाप्ति र नदीको यथा स्थान नै हो । त्यसै गरि खोलामा आनन्दित जलचरहरुको पूर्ववत स्वभावमा समेत उक्त परिवर्तनले प्रभाव पार्दछ । खोलालाई सिंचाई र औध्योकिक प्रयोजनका लागि परिवर्तन गरियो भने त्यो फेरी स्थानिय तहमा समेत उत्पादकीय हुन्छ । आजको दिनमा भएको यस्तो परिवर्तनले सोहि अनुरुप भविष्यको निर्माण गरिरहेको हुन्छ । वास्तवमा परिवर्तनको गति शास्त्रीय शक्तिमाभन्दा प्राविधिक शक्तिमा तिब्र हुन्छ, साथै स्वभावैले प्रविधि तिब्र परिवर्तनशील हुने गर्दछ । अहिलेको प्राविधिक उत्कर्षलाई युरो-पश्चिमी विकासले नेतृत्व गरिरहेको छ; जबकि प्रविधि र सभ्यताको मुहान हिन्दु संस्कृति नै थियो भन्दा अत्युक्ति नहोला । जस्तै प्रविधिमा पुष्पक विमान, ब्रह्मास्त्र आदि र सभ्यतामा बैदिक सभ्यताको स्थान अहिलेको मोडर्न डिभलोप्मेण्टमा कहाँ छ ? परिवर्तनको कुरा गर्दा केहि बिचारणिय पक्षहरु हुन्छन; त्यसको लामो बहस हुन सक्छ, यो हामि बीच कुनै दिन मौका मिल्ला- आशा गरौँ । तर यहाँ केहि प्रसङ्ग उठाउँ-

१) भाषिक परिवर्तन के का लागि (उध्येश्य)  ? मिसिन/बिलय वा आफुमा मिसाउन/विलय गर्न: यसरि विलय हुन राज्यको आर्थिक शक्ति  लगायत साम, दाम, दण्ड, भेद जस्ता नीतिहरुले महत्वपूर्ण भूमिका खेलेका हुन्छन । अर्थ र नीतिहरुको अभावमा मिसाउन सकिन्न; मिसिन सकिन्छ । यस्तो अवस्थामा तपाइले भने झैँ मौलिकता कहाँनेर सुरक्षित रहन सक्छ, अर्थात मति नबिगारिकन गति कसरि दिन सकिन्छ?

२) तपाइको भनाइ ‘बाईबल हिब्रुमा मात्र हुदा सिमित क्षेत्रमा थियाे । जब हिब्रुकाे घेरा ताेड्याे अनि रफ्तारमा दाैडियाे ।’  सहि हो ! तर यो भनाइ अहिलेकै युरो-पश्चिमी विकासलाइ आधार मान्दा आउने निष्कर्ष हुन् सक्छ तर भौतिकभन्दा मानविय कल्याणकारी विकासको पक्ष पनि छ भनेर विकल्प मान्दा निष्कर्ष अलग आउन सक्छ । आज बाइबलले घेरा तोडेर बाहिर आउँदा भौतिक बिकास त भएको छ तर त्यो दर्शन भित्रको मानविय कल्याण पाखा लागेको छ, त्यसैले अहिले यी बाइवलियन हिब्रुइनहरुले कल्याणलाइ पनि सोच्नु पर्छ भनेर विगतको गल्तीलाई आत्मासात गरेको देखिन्छ ।

३) विकासको उद्ध्येश्य मानविय हित नै हो, हुनु पर्छ । माथि भने झैं जलचरहरुले कष्ट भोग्नु पर्यो, खोलाको विलय उत्पादकीय (स्वरुप परिवर्तन) नभएर अस्तित्व समाप्ति तर्फ गयो, अनि परिवर्तनलाई निष्कर्ष दिन चाहिने अर्थ, र नीतिहरुको अभावमा अवतरण गर्न सकिएन भने परिणाम के होला ?

 ४) हामि संस्कृतको घेराभन्दा धेरै बाहिर आएर पनि बेलगाम छौं । संस्कृत संस्कृतिको घेरा प्राकृतिक रुपमा मात्रै तोडिएको नभएर विभिन्न स्वार्थवस फ़ुटालिएको पनि छ । राज्य स्वयम् संस्कृति बचाउने नीति रणनिति प्रति सजग छैन, निर्यातभन्दा आयातको धन्दा बलियो हुँदै गएको छ । यस्तो अवस्थामा हामीले ‘परिवर्तन हाम्रैलागि’ बनाउन सकौंला ?

भाषा संस्कृतिको विकास आर्थिक उन्नतिसंगै यात्रा गर्ने चिज हुन । यो नै हो- भविष्यको परिकल्पना र निर्माण पनि । आज गरिका कामले भोलिका दिनहरुको स्वभाव तयार गरिरहेका हुन्छन । यदि साध्य र साधन प्रष्ट छैन, र कार्यान्वयनको पक्ष पथ भ्रष्ट छ भने त्यस्तो बेलामा हुने परिवर्तनले भयानक संकट ल्याउँछ । जस्तै नेपालि जनताको परिवर्तनको चाहनालाई व्यवस्थापना गर्न नसक्दा जे जस्ता समस्या आएका छन; बिना लगाम छाडिदिँदा, त्यस्तै अस्थिरता भाषा सस्कृतिमा पनि आउन जाने र त्यस्तो रिक्त स्थानमा बाह्य बिकारले आकार लिन सक्ने खतरा रहनछ ।

अत: परिवर्तनको बोझलाई धान्न सक्ने र विकृतिलाई लक्ष्य नविग्रने गरेर छांटन सक्ने अवस्था पनि चाहिन्छ भन्ने लाग्छ ।


डा कुलराज चालिसेका बिचारलाई आर्थिक बिकासको पक्ष्यमा समेत उपयोग गर्न सक्ने देखिन्छ । डा कुलराज चालिसेकै पब्लिक डोमिन- फेसबुकमा ब्यक्त बिचार “भाषा र सस्कृति निरन्तर परिवर्तन हुन्छन् । अाफुलाई परिवर्तनकाे गति संगै अनुकुलन नगरेर परिवर्तन उपर नै गुनासाे गर्नुकाे अाैचित्य रहदैन । नेपाल सस्कृत विश्वविद्दालयले भाषामा मात्रै केन्द्रित हुदा एक दिन बन्द हुन सक्छ । बाईबल हिब्रुमा मात्र हुदा सिमित क्षेत्रमा थियाे । जब हिब्रुकाे घेरा ताेड्याे अनि रफ्तारमा दाैडियाे । हाम्राे सस्कृतिलाई पनि दाैडाउने हाेभने सस्कृतकाे घेरा बाहिर जानैपर्छ भन्ने मेराे अाशय हाे ।” मा मैले कमेन्ट गर्दै जाँदा आएका बिचारलाई  लामो भएकोले यहाँ राखेको हुँ। आशा छ वहांले उक्त कमेण्टको प्रतिक्रिया दिएर केहि सिकाउनु हुने छ ।


 

Advertisements

2 Comments

  1. जगदिशजी, सुन्दर प्रतिकयाकाे निमित्त अाभार व्यक्त गर्दछु ।
    नयाशिक्षा(२०२८) देखि नेपाल तिव्र परिवर्तनकाे धारमा हेलिएकाे छ । डङ्कन अस्पतालले नपुगेर पाेखरा, ललितपुर, पाल्पा, अापपीपलकाे अस्पताल परिवर्तन कै लक्षमा थियाे । सन् १९५१ देखिकाे निरन्तर प्रयासले धर्मनीरपेक्षता जन्मायाे, हामीले राेक्न सकेनाै । परिवर्तनकाे याे क्रम तात्कालिन राजाहरूले स्वीकार गरे , दाेष अहिलेका नेताले पाएका छन् । सस्कृतभाषामा समेटिएकाे सस्कृतिलाई परिवर्तित पाठ्यक्रममा नसमेटिएकाे र सस्कृतका विज्ञले भाषालाई पुस्तान्तरण गर्न नसक्दा हाम्राे माैलिक सस्कृति नै लाेपाेन्मुख हुदैछ । तपाईले भने जस्तै सस्कृतिलाई प्रविधिमा र प्रविधिलाई सस्कृतिमा अनुकुलन गर्न भाषाकाे अहम भूमिका हुन्छ । शास्त्रलाई भाषाटिकाले टेका नदिएकाे भए त हामी उहिल्यै सकिन्थ्याै । त्यसैले नेपाल सस्कृत विश्वविद्दालय सस्कृत भाषाकाे रक्षामा केन्द्रित हुनुभन्दा जुनसुकै भाषामा भएपनि प्रविधि र सस्कृति रक्षा गरेमा संवत्: सस्कृत भाषाकाे रक्षा हुन्छ भन्ने तर्कमा अगाडि वढदै प्राविधिक शिक्षाका पाठ्यक्रम विकास गरेर अगाडि बढनु पर्छ । मूलतत्व सस्कृतकाे, भाषा अंग्रेजी वा नेपाली हुदा हाम्राे माैलिक सस्कृति र परम्परागत प्रविधिलाई भूमण्डलीकृत गर्न सकिन्छ भन्ने मेराे अाशय हाे ।

    Like

    1. धन्यवाद ! हजुर !!
      पहिलेका सासकहरुले पारिवर्तनलाई आफ्नलागि बनाउन नसकेकै कारण अहिलेका सासकहरुको आह्वनमा धेरै जनाअन्दोलन भए, जनधन क्षति भयो । परिवर्तनलाई घ्याप हाल्न आएकाहरुले दु:ख यहाँ रोपेर सुख अन्यत्रै पस्कीरहेका छन । त्यसैले कमजोरी हिजोकोभन्दा आजको धेरै देखिन्छ । परिवर्तन अवश्यमभावी छ तर त्यसलाई अगाल्न (अडप्सन) सक्ने खुबी बनाउनु पनि त्यतिकै जरुरी छ । अत्यन्त सारगर्वित बिचराको लागि पुन: धन्यवाद, यस्तै बिचराहरु पढन पाइयोस ।

      Like

तपाईको बिचार

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s