पारीको बारीमा मिसाईएको फूलबारी

जङेले पिलर हालेर आयो

नयाँँ मुलुक आफ्नो, फकायो बोलायो

खिचातानि थियो, धरती जोगायो

ईतिहासमा नेपाल १०४ बनायो

‘पृथ्वी’ मा बाटो फराकिलो पार्यो

जहानियाँ जङे, ईतिहास बनायो

 

बहुदल थपिए, दल दल बनाए

दल दलमा राजनीति खलबल बनाए

पारीको बारीमा फूलबारी मिसाए

सयपत्री साझा, पत्र पत्रै चुँडाए

शान्तिको गीत, क्रान्तिले गायो

नमिल्ने ब्वाँसा ३६ जस्तै-

पछाडिको अंक अगाडि सारे,

नम्बर मात्रै ६३ पारे

खानैको लागि एउटै थाल

मिलेर आज सहोदर भए !

 

रंगिला प्लाष्टिक फुलेर आयो-

बनाएका फूल बजारमा छायो-

झुक्किएर किन्ने त्यसैमा रमायो-

न त फूल रैछ, वासनै हरायो-

कृत्रिम फूल, किन माटो चाहियो

न आँत त्यसको, न त बास चाहियो

 

यसरि यौटा बिस्मात छायो-

च्यातियो सयपत्री, उखालेर पिल्लर

नढाकिने टुप्पी, च्यात्तियो टोपी

चर्कियो जमिन संगसंगै छाती

पग्लेर हिमाल बगेको पशिना-

सिञ्चन्छ बगैंचा लुकेर अर्कै

यहाँ अशुद्ध पानी, वईलायो फूल

चडाउनु भन्दा डडाउनु मन्दिर!

सिताको चिता राम मन्दिर भरी

छरिएको देख्दा भृकुटी आइनन

 

हाइहाइ हिजो राम्रोलाई गर्थे

हाइहाइ आज हाम्रोलाई गर्छन

एक्लै खाँदा सबै ठीक देख्ने

रोगी र भोको अगाडि आए,

लुकेर तर तर पछाडि भाग्छन

मियो नि छैन, गोरु नि छैन

जमिन अंधिया आफ्नो नि भैन

भकारी बनाउनु किन नै पर्यो-

जति छ उब्जेको भूँडिमा अटछ

राम्रोलाई हल्लाई निकाली दिन्छन

यसैलाई छिमेकले प्रजातन्त्र भन्छन

यसैलाई तन्त्र उत्कृष्ट ठान्छन !!!


©Jesi, 2017

share rule

 

Advertisements

तपाईको बिचार

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s