दु:ख रोपेर छिमेकमा सुख

देश नै चोरी भईसकेको छ, अरु त के कुरा भो र !
नेताहरु नै बिक्रिमा छन, बिक्री हुनै बाँकी के भो र !
राजनीति गन्धा छ, हिल्याउन नै बाँकी के भो र !
पाइलै पिच्छे सडकमा खाल्डा, मन टाल्नै पर्ने के छ र!

जसो तसो गाडी चलेकै छन, सडक मै रोपाइँ र नहर,
कृषिको बिस्तार तिब्र; बन्द, हडताल चलेकै छ
अस्पातलहरु अङ बेच्छन, कतै सरोगेट मदर पनि
बन्दब्यापार के छैन भन्नु; यसैमा त कमाइ छ नि !

बिकास नहुने मेरो हो, तिनको त बारीमा सूनै सून
खल्लो त मलाई लागेको हो, तिनको तरकारीमा नूनैनून
दु:ख यहाँ रोपेर, फलाएको सुख छिमेकमा
त्यही असफल पात्र र प्रव्रित्ती, दोहोर्याउन
थरिथरिका तन्त्र भन्दै रोजिरोटी चलेकै छ यहाँँ !!!! 

——

©Jesi, 2017

Posted: Facebook, 10/07/2017

 अर्को पोस्ट

नेतामात्र दोशी किन ?

नेताको समस्या बुझ्दैनन, खायो मात्र भन्छ्न किन
सच्चिनु पर्छ सबैले, शंका मात्रै धेरै किन
देखिन्नन पत्रकार, कर्मचारी, बुद्धिजिवी; राजनीति गर्ने मात्रै किन
बिगारे देश सबैले, नेतामात्र दोशी किन ?
राजनीतिले नै हो देश बनाउने, सच्याउँ; सच्चिउँ अझै झन !!!!!!!

—–

©Jesi, 2017

Posted: Facebook, 10/07/2017

Advertisements

तपाईको बिचार

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s