प्रधानमन्त्रीले बोल्ने कुराका विषयमा उठेको बहसले निष्कर्ष पहिल्याउन सक्नु पर्छ

सामाजिक संजाल पनि अचम्मकै रहेछ, तरंगित भैरहन सक्ने । नेपालको सन्दर्भमा, केहिदिन अघि दार्जिलिङ्गको गोरखाल्याण्ड आन्दोलनका वेला नेपालीलाई अपशब्द बोलेर सीमारहित बनेकी सिमा सुवेदीलाई पछाडी पार्दै साझा सवालाको अन्तर्वार्तामा कलाहीन शब्द प्रयोग गरेकै कारण यतिखेर प्रधानमन्त्रि शेरबहादुर देउवा चर्चाको शिखरमा छन् । उक्त अन्तर्वार्ता मार्फत सार्वजनिक क्षेत्रमा काम गर्नेहरुले समाजसंग सूचना आदान-प्रदान गर्दा के कस्तो संयमता अपनाउन जरुरि छ भनेर सोच्न सबैलाई वाध्य परेको छ । स्वयम् देउवाले यसलाई आफ्नो प्रतिष्ठामा आंच पुर्याउनका लागि रचिएको चक्रब्यूह मानेका छन् ।   बोलि र गोलि फुत्केपछि फर्केर नआउने भएकोले प्रयोगकर्ताहरु निकै सम्हालीन जरुरि छ । कलाहीन शब्दहरुको  प्रयोगले समाजलाई पटक पटक उठन नसक्ने गरि थला पारिरहन्छ, यस क्रममा नेपालि कांग्रेस धेरै पटक शिकार बनेको छ । सामाजिक संजाल मार्फत पत्रकारितामा स्थापित हुँदैगएको सिटिजन जर्नालिज्मले सिमित छापा गृहको संचार एकाधिकारलाई समेत विस्थापित गर्दै ब्यक्तिगत तहमै संचार सम्बन्ध गाँस्न सफल भएकोले पनि सेलेब्रिटिहरु अरु संयम हुन जरुरि छ । प्रधानमन्त्रि शेर बहादुर देउवा जसरि अन्तर्वार्तामा प्रस्तुत भए; सवाल जवाफका अंशहरु सम्पादनको दायरा भित्र पर्थे वा पर्दैनथे भन्ने कुरा पत्रकारिताको आचार संहिताभित्र पर्ने कुरा भो, यसबारे अलगै चर्चा गराैँला । तर देशको प्रधानमन्त्री बोल्ने कुराका विषयमा उठेको अहिलेको बहसले निष्कर्षमा पुग्न सक्नु राम्रो हो ।

ठूला मानिस भइसकेका शेरबहादुर देउवाले एकपटक ‘महान’ हुनसक्ने अवसर गुमाएका छन

देउवाले उक्त साझा सवालाको अन्तर्वार्ता मार्फ़त आफुलाई निकै हदसम्म उचो देखाउन सक्थे, उनि नराम्रोसंग चुकेका छन् । पहिलो प्रश्नमा उनि सचेत देखिन्थे- बृध्द भत्ता डबल गर्नु पर्छ भनेर जनताको मन जित्न खोजेका देउवा विस्तारै खस्किंदै गए । एकजना यूवाको प्रश्नले त उनलाई यति विघ्न अधैर्य बनायो कि उनि आक्रमक शैलीमा प्रस्तुत भए । नेपालमा त्रिभुवन विश्व विद्यालयको उत्पादन नै सम्भव रहेकोले अक्सफ़ोर्डको ‘विज्ञापन’ गर्न नहुने तर्क ठिकै भए पनि उनको प्रस्तुति एकदम गलत थियो, यस तर्कमा सबैलाई सहमत गराउन सकिन्थ्यो, ताकि प्रश्नको ग्र्याभिटि हराउँथ्यो । त्यसैगरी महिलाहरु प्रधानमन्त्रिभन्दा पनि ठुला पदमा पुगिसकेको उनको उत्तरले राम्रै ग्रेड पाएको थियो तर “म ज्योतिषी हो र ?” भनेर प्रति प्रश्न गरेपछि उनि सखाप भए । देउवाको निम्न प्रस्तुतिले उनका प्रतिस्पर्धीहरु बिचमा उनलाई जहिले पनि तल्लो दर्जामा विस्थापित गरिदिने छ। त्यतिमात्र होइन उनले नेतृत्व गरिरहेको संगठन र कार्यकर्ताहरुको मनोवल पनि कमजोर हुनेछ । यस्तो शैलीमा पार्टिको सभापति, देशको प्रधानमन्त्रि प्रस्तुत हुन मिल्दैन  । त्यो बहस मुलुकको प्रधानमन्त्रीसंग भैरहेको थियो र जनता आफ्ना प्रधानमंत्रिसंग सवाल जवाफ गर्न पाएकोमा गौरवान्वित थिए । तर उत्तर दिने क्रममा देउवाकै प्रस्तुतिकरणले ‘पदमात्र ओगट्न चार-चार पटक सिंह दरवार छिरेको’ भन्नेमा प्रश्नकर्ताले सबैलाई सहमत गराउन सके । परिस्थिति यस्तो भयो कि- जसरि अर्काले उचालेर त्यो कार्यक्रम बनाएको आरोप लागाइयो त्यसरी नै अर्काले नै उचालेर देउवालाई त्यस ठाउँमा पटक पटक पुर्याएको भन्न पनि मिल्ने अवस्था आयो ।

नेपाली कांग्रेसमा शेरबहादुर देउवामात्र अपवाद हैनन । सवाल जवाफका अंशहरु सम्पादनको दायरा भित्र पर्थे वा पर्दैनथे भन्ने कुरा पत्रकारिताको आचार संहिताभित्र पर्ने कुरा भो, तर देशको प्रधानमन्त्री बोल्ने कुराका विषयका उठेको अहिलेको बहसले निष्कर्षमा पुग्न सक्नु राम्रो हो ।

नेपाली कांग्रेस कलाहिन शब्द प्रयोग गर्नेहरुको जमातै हो । उच्चतहमा पुगेका वि.पी. कोइरालामा त्यो ज्ञान देखिए; गणेशमान सिंह, कृष्णप्रसाद भट्टराइ, गिरिजाप्रसाद कोइराला एवं सुशील कोइरालामा राम्रो प्रस्तुतिकरण थिएन, उनीहरु पनि कलाहिन शब्दहरु प्रयोग गर्थे । सुशिल कोइराला त “उ – उ” का धनी नै थिए । बोलीकै कारण धेरै पटक गिरिजा प्रसाद कोइराला आलोचनामा परेका हुन् । कृष्णप्रसाद भट्टराइलाइ पटक पटक पत्रकार विजय कुमार पाण्डेले अन्तर्वार्तामा नांगेझार पार्थे । भट्टराईसंगका कतिपय अन्तर्वार्ताले बिजय कुमार पाडेलाइ पत्रकारितामा स्थापित गर्दै लग्यो भने कृष्णप्रसाद भट्टराईलाई राजनीतिबाट परपर धकेल्यो । ‘एक्स्पोज’ गराउन सक्नु पत्रकारको खुवी हो भने ‘एक्स्पोज’ नहुनु चाहिं नेताको खुवी हो । एमालेमा बुर्जुवा शिक्षा हासिल गरेको आरोप लाग्ने दिक्षित मदन भण्डारीदेखि अदिक्षित के पी ओलिसम्म भाषणवाज छन् । एमालेले ल्याउने धेरैजसो भोट राम्रो कामको कारणलेभन्दा पनि शब्दकलाको प्रयोगले हो भन्न सकिन्छ । नेपाली कांग्रेसमा जो बोल्न सिपालु छन, तिनीहरु नेतृत्व तहमा बिरलै छन् ।

ठूला मानिस भइसकेका शेरबहादुर देउवाले एकपटक ‘महान’ हुनसक्ने अवसर गुमाएका छन । त्यसरी चुक्दाचुक्दै पनि उनि चार चार पटक प्रधानमन्त्रि हुन सके तर उनको वाक शैलिका कारण नेपाली कांग्रेस र त्यसका कार्यकर्ताले भोग्नु परेको क्षति भने लेखाजोखा गर्नु पर्ने खालको छ । यसरि पुग्न गएको क्षति अपुरणिय हुनेहुँदा खासगरी संगठन र त्यसका कार्यकर्ता चनाखो हुन् र खवरदारी गर्नसक्ने हुनुपर्छ । के यो कमी कमजोरीलाई सच्याउन कांग्रेस सक्षम होला ! षडयन्त्र भयो भनेर मात्र कमजोरीलाई क्षमादान दिने हो भने संगठनको गति र मति ओरालो मात्र लाग्नेछ । यस्तो खुला कार्यक्रममा जानुहुन्थ्यो वा हुन्थेन भन्ने कुराको हेक्का प्रधानमन्त्रिलाई पनि हुनु पर्थ्यो ! ग्लोबलाइजेसनलाई मान्ने, विभिन्न संचार गृहहरु संचालन गर्न दिने, त्यसमा अन्तरवार्ता पनि दिने अनि आफुले बोल्न नसकेको वा नजानेको बिषयलाई षडयन्त्र भयो भन्ने कुरालाई समाजले नमान्न सक्छ । नेपाली कांग्रेसमा शेरबहादुर देउवामात्र अपवाद हैनन । सवाल जवाफका अंशहरु सम्पादनको दायरा भित्र पर्थे वा पर्दैनथे भन्ने कुरा पत्रकारिताको आचार संहिताभित्र पर्ने कुरा भो, तर देशको प्रधानमन्त्री बोल्ने कुराका विषयका उठेको अहिलेको बहसले निष्कर्षमा पुग्न सक्नु राम्रो हो ।

Advertisements

तपाईको बिचार

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s