तराइ आन्दोलन: झादेखी राउतसम्म

तराइमा यस्तो अवस्था आयो कि- स्थानिय निकायको चुनाव हुन नसक्ने, यदी भइ नै हालेछ भने पनि हिजो माओवादिहरुले गाविसहरुलाई जसरी पहिलो निसाना बनाएका थिए त्यही अवस्था आउने प्रष्ट देखिएको छ ।

प्रजातान्त्रिक भनिने राजनीतिले नेपाललाई अब यस्तो अवस्थामा ल्याइपुर्याएको छ कि नचाहेर पनि आन्दोलनको राप दन्किने छ; शायद यही आन्दोलनका लागि वेदानन्द झा, गजेन्द्रनारयण सिंह, रामराजा प्रशाद सिंह, माओवादी आन्दोलन, राजेन्द्र महतो हुँदै सिके रावतसम्मको दाउराहरु ‘ विखण्डनको आगो’ बाल्न प्रयोग भएका थिए । वेदानन्द झा (नेपाल तराइ कांग्रेसका संस्थापक, जसले सबैभन्दा पहिले तराइको स्वायत्तता मागेका थिए । २०१७ सालमा बिपी सरकारलाई अपदस्त गरेपछी राजा महेन्द्रले वेदानन्द झालाई मन्त्री बनाएका थिए र पछी यिनै झालाई भारतका लागि नेपाली राजदूत बनाइयो । भनिन्छ- बाबुराम भट्टराईलाई कम्निष्ट बनाउन जे एन यु को स्कलर्शिपलाई तुरुपको रुपमा प्रयोग गर्ने ब्यक्ती पनि यिनै झा थिए ।

तराइमा यस्तो अवस्था आयो कि- स्थानिय निकायको चुनाव हुन नसक्ने, यदी भइ नै हालेछ भने पनि हिजो माओवादिहरुले गाविसहरुलाई जसरी पहिलो निसाना बनाएका थिए त्यही अवस्था आउने प्रष्ट देखिएको छ । यस्तो अवस्थामा नेपाल र नेपालीहरुको सुखका दिनहरु पर पर धकालिँदै गएको देखिन्छ । बिपी कोइरालाले राजातन्त्र नरहे राष्ट्रियता रहँदैन भनेको कुरा धेरै हदसम्म डरलाग्दो गरी अगाडि तेर्सिंदै आएको छ ।

हालै उपेन्द्र यादवले आफ्नो मातृभूमी नेपाल र नेपालीप्रती देखाएको जिम्मेवारि बोधलाई अब तराइको केशमा एक मनले समर्थन गर्नुको विकल्प छैन । त्यती मात्र होइन, भारतको गोरखाल्याण्ड प्रती उदासिन त्यहाँको सरकारलाई सबक सिकाउन, तराइमा धेरै खेल्न हुँदैन भन्ने बोध गराउन र हजारौँ गोरखाहरुको (सेना) मन दु:खउन हुन्न भन्ने बोध गराउन जरुरी छ; के यस्ता कुरामा नेपाली नेताहरुको ध्यान पुगेको छ ?

Advertisements

तपाईको बिचार

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s