नचाहँदा नचाहँदै यो पोस्ट लेख्न श्यर गर्न उपयूक्त देखें, लेख्दैछु कि- नेपालको भविश्य कहाँँ छ? खण्ड वा अखण्ड; के मा छ ? के हो खण्ड र अखण्ड; कसरी आयो यस्तो उच्चारण नै गर्न नहुने कुरा वहसमा ? कसले यसको जवाफ दिन्छ? बिकास कहिले र कसरी हुन्छ? कसले भन्न सक्छ ? अहिले भईरहेको अस्तिरता के हो ? प्रतेक नेपालीको मनमा गुम्सिएको अनुत्तरित प्रश्न यही हो । यसको उत्तर वर्तमान राजनीतिले दिन सक्दैन, तर सक्दिन पनि भन्दैन । किनभने लक्ष, उद्धेस्य र योजनाले नभै छेपारो झैं रङ बदलेर चल्ने राजनीतिका लागि यस्तो अस्थिरता स्वर्णयुग मानिन्छ, उसकालागी यस्तो सजिलो अवस्था अन्यत्र हुँदैन । नेपालीले बिकास वाहेक चाहेको केही थिएन, तर ढाँटिने क्रम निरन्तर छ ।

उल्लेखित प्रश्नको उत्तर नर्दन नमुनाको ‘मोडर्नाइजेशन’, निर्भरतावाद, विश्व पद्धती, अफ्रिकन ल्यटिन स्ववाद र राज्य केन्द्रित समाजवाद कहिँ पनि छैन, नत नेपालमा आन्दोलनहरुले ‘स्व-नमुना’ बनाउन सके; नत त्यस्तो ‘स्व-नमुना’ ग्लोबलाइजेशनको रापबाट जोगिन सक्छ । अब के हुन्छ- ढाँटिने क्रम निरन्तर रहनेछ; लुटिने क्रम, दु:ख लिएर सुख दिने क्रम निरन्तर रहने छ- यदी अवरोध आएन भने । कालो वादल हावाले मात्र हटाउन सक्छ । यस्तो वादल इतिहासमा पनि देखिन्थे, अहिले पूर्खाले देशलाई अखण्ड राख्ने त्यो दायित्व वर्तमान पुस्तालाई सुम्पेको छ ।

चुनाव नभए संविधान (गणतन्त्र) संकटमा; चुनाव भए मधेशको ‘एक्स्ट्रिमिजम’ को निकास के ? यो गम्भिरता थोरै अक्षरमा होइन लामो र जेलिएका तथ्यहरुको बिश्लेषणमा पाउन सकिन्छ ।

‘क्राइसिस’ कमजोर नेत्रित्वको उपज हो, नेत्रित्व सक्षम छ भने ‘क्राइसिस’ अवसर पनि हो । चुनाव नभए संविधान (गणतन्त्र) संकटमा; चुनाव भए मधेशको ‘एक्स्ट्रिमिजम’ को निकास के ? यो गम्भिरता थोरै अक्षरमा होइन लामो र जेलिएका तथ्यहरुको बिश्लेषणमा पाउन सकिन्छ । देशलाई ‘दल दल’ बाट मुक्त गर्दै छिपेको शक्ती पहिचान गर्न अब कत्ती पनि ढिलो गर्न हुन्न ।

Advertisements