गाउँपालिका सचिवहरुको हालत के होला ?

हिजो माओवादिले शेर ब देउवाको पालामा जङल गएर सबैभन्दा पहिले स्थानिय निकायलाई निशाना बनायो । अहिले प्रचण्डको पालामा (देउवा समर्थित) हुने भनिएको स्थानिय निकायको चुनावपछी मधेशमा ठीक त्यही अवस्था आउने देखियो । नयाँ सम्बिधानबाट नेपालको बिखण्डनलाई संस्थागत गरिसकियो र अब चुनाव बहिष्कारको राजनितीबाट दिर्घकालिन अस्थिरता रोपिंदै छ । समयमा बिचार गर्न जरुरी छ है ।

समाचार- रौतहट “गाउँपालिका कार्यालयमा झुण्डाएको साइनबोर्ड तोडफोड” हालै घोषित गाउँपालिकाको यो हालत छ अब हुन लागेको चुनाव पछी आउने “गाउँपालिका सचिवहरु”को हालत के होला ? त्यो त प्रचन्डलाई लाई नै थाहा छ नि, हैन र !

नागरिकमा (बुधबार, ०२ चैत २०७३) प्रकाशीत यो समाचार उदाहरणका लागि प्रस्तुत 

रौतहट- संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताहरुले रौतहट जिल्लाको विभिन्न स्थानमा स्थापना गरिएको गाउँपालिका कार्यालयमा झुण्डाएको साइनबोर्ड तोडफोड गरेका छन्। स्थानीय तह संरचनाको विरोध गर्दै उनीहरुले वोर्ड तोडफोड गरेका हुन्।

रौतहटमा तीन नगरपालिका र १३ गाउँपालिका सहित स्थानीय तह कार्यान्वयन भएका १६ वटा कार्यालयहरु मध्ये अधिकांश कार्यालयका साइनवोर्डहरु तोडफोड गरिएको छ।

जिल्ला समन्वय समितिको कार्यालयमा झुण्डयाइएका साइन बोर्डलाई मोर्चाका कार्यकर्ताहरुले बुधवार दिउँसो तोडफोड गरेका थिए। यसैगरी इशनाथ गाउँपालिका औरैयामा उद्घाटन कार्यक्रम संचालन भईरहदा मोर्चाका कार्यकर्ताहरुले कार्यक्रम विथोलेर आगजनी गरेका थिए।

यस्तै दुर्गा भगवती गाउँपालिका गंगापिपरा, माधवनारायण गाँउपालिका, गढीमाई, गुजरामाई, पतुवा विजयपुर, कटहरिया, देवाही, मौलापुर गाउँपालिकाहरुमा झुण्डयाइएको बोर्ड तोडफोड गरी जलाएपछि कामकाज ठप्प भएको जिल्ला समन्वय समिति रौतहटले जनाएको छ। समन्वय समितिका संयोजक उमेश बस्नेतले राजपुर र परोहा गाउँपालिकाको उद्घाटन गरिएको उनले बताए।

वृन्दावन गाउँपालिका विश्राम्पुरमा कार्यालय संचालन भएपनि राष्ट्रिय झण्डा र कालो झण्डा दुइटै झुण्डयाइएको जानकारी दिदै संयोजक बस्नेतले राजनीतिकरुपमा समस्या समाधान नभए सम्म स्थानीय तहमा काम गर्न निकै गाह्रो भएको बताए।

स्थानीय निकायको पुर्नसंरचनाको विषयलाई लिएर रौतहटमा विरोध गरेको मोर्चाले जनाएको छ। समान जनसंख्याको आधारमा स्थानीय तहको पुनर्संरचना हुनु पर्ने र संसदमा दर्ता रहेको संविधान संशोधन प्रस्ताव परिमार्जन सहित पारित हुनुपर्ने माग मोर्चाको रहेको नेपाल सदभावना पार्टीका नेता अनिल सिंहले बताए। “

  • कञ्चनपुर गोली काण्डमा नेपाली जनताले जे देखेको छ त्यही बोलेको छ कि- त्यो घटनामा भारत दोशी छ। तर राज्यको नेत्रित्व गरेको नेपाल सरकार त्यो दोष देख्दैन । हामी हाम्रो भावना र वेदनाको प्रतिनिधित्व नहुनेहरुलाई राजनीति, नेता, प्रजातन्त्र, गणतन्त्र भनेर बसेका छौं । यो नै गल्ती हो …https://jetwordart.wordpress.com/20…/…/10/justice-democracy/
  • शन्ततिलाई पराधिन र पराजित मानशिकताबाट बचाउ ! पराइलाई बलियो बनाउन शब्द जालमा हुर्काइएको बिखण्डनकारी वर्तमान राजनीतिकै विरुद्ध जो जहाँ छ- एक भएर लाग !
  • एक पटक मार्टिन लुथर किङ ले भनेका थिए- “भविष्यमा, शत्रुहरुको ब्यवहारलेभन्दा मित्रहरुको मौनताले पोलिरहने छ”।

Advertisements

1 Comment

तपाईको बिचार

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s