“शत्रुहरुको ब्यवहारलेभन्दा मित्रहरुको मौनताले पोलिरहने छ”- मार्टिन लुथर किङ

कञ्चनपुर गोली काण्डमा नेपाली जनताले जे देखेको छ त्यही बोलेको छ कि- त्यो घटनामा भारत दोशी छ। तर राज्यको नेत्रित्व गरेको नेपाल सरकार त्यो दोष देख्दैन । हामी हाम्रो भावना र वेदनाको प्रतिनिधित्व नहुनेहरुलाई राजनीति, नेता, प्रजातन्त्र, गणतन्त्र भनेर बसेका छौं । यो नै गल्ती हो ।

प्रजातान्त्रिक भनिने प्रकृया पुरा गरेर घोषणा गरेको सम्बिधान “ठुला भनिने” प्रजातान्त्रिक मुलुकहरु नै मन्दैनन, थिचोमिचोमा उत्रन्छन- सिमा मिचेर होस, वा निर्दोष नागरिक मारेर वा नाकावन्दी लगाएर होस् वा चारैतिर दलालहरु भर्ती गरेर । नेपाल जस्तो सानो छिमेकीलाई भारत जस्तो ठुलो छिमेकी यसरी अपमानित गर्छ । यता सप्तरी गोलिकाण्डमा अमेरिकि सरकारको “गम्भिर ध्यानाकर्षण” भनेर अमेरिका उत्रन्छ तर त्यही अमेरिका नागरिक मार्दा, महाभुकम्पको वेलामा औषधीसमेतमा भारतले लगाएको एकातर्फी नाकावन्दी अन्तरराष्ट्रिय सन्धी सम्झौता अनुसार गलत हो भन्दैन । उनिहरु आफ्नो राजनीति विस्तार गरेका छन, हाम्रो राजनीति खुम्चिएको छ, प्रदुशित छ । हामी नागरिक आफ्ना ठाउबाट आक्रोष पोख्दैछौं- सुनुवाई हुँदैन । यही हो- विश्व प्रजातन्त्र । एक जना विद्वानले भनेका छन – “एड, ट्रेड, सेक्युरिटी र ग्लोवल गभर्नेन्स” अहिलेको विश्व दुर्भाग्य हो।

त्यसैले दलालतन्त्रको आमूल समाप्ती हुनुपर्छ । नेपालको हकमा अहिलेको राजनीति नेपाल र नेपालीका लागि धोका हो- यसैका बिरुद्ध जो जहाँ भएपनी जे जसरी सकिन्छ एकता प्रदर्शन गर्नुको विकल्प छैन ।

Advertisements