रबिन्द्र मिश्रको पार्टीमा किशोर थापाको नाम देख्दा केहि लेख्न मन लाग्यो, थापासँग केही समय निकट रहेर काम गर्दा उनी भित्रको इमान्दारिता र जिम्मेवारी बोधले निकै प्रभाव पारेको थियो । राजनीति असजिलो पेसा हो, त्योभन्दा असजिलो त थापालाई नेपालको ब्यूरोक्र्यासिमा असल छवी बनाउन भएको थियो होला । त्यसोत थापा भन्छन – ‘हो, पार्टी चलाउन सजिलो छैन भन्ने कुराको अन्दाज हामीलाई पनि छ, ‘सजिलो छैन भनेर हात बाँधेर बस्ने हो भने तपाईंले अहिले जस्तो राजनीति छ त्यसैलाई स्वीकार गर्नुपर्छ, यसैमा सन्तुष्ट हुनुपर्छ।’ असजिलोलाई सजिलो बनाउन सकुन- शुभकामना !

जाँदाजादै, एकपटक रबिन्द्र मिश्रले एउटा लेख मार्फत भारतमा केजरिवालको उदयलाई “नयाँ शक्ती” भनेका थिए । मुलत: केजरिवालको उदय असन्तुश्टिको परीणाम हो “शक्ती” को उदय होइन, त्यतिमात्रै होइन राहुल गन्धिको काँचो छविले मोदिलाई टक्कर दिन नसक्ने शकामा रहेकाहरुले (भित्र, बाहिर) मोदिलाई तर्साउने बुख्याचाको रुमपा आशिर्वाद पाएका ब्यक्ती हुन- केजरिवाल । (यसबारेको लेख) अहिले केजरिवाललाई टोल्टोलमा गाली दिनेहरु बढीरहेका छन । खासगरी अन्नाहजारेको स्वच्छ छविमा उठे र उनै हजारेलाई बिचमै छाडेर कुर्ची खोज्ने हिडेका नेता हुन केजरिवाल । केजरिवालले नारा त लगाए तर काम गर्न सकेनन । त्यसैले वास्तविकतालाई समात्न सकिएन भने निश्कर्ष गलत आउछ । त्यस्तो नहोस । नेपाली जनताले बिकास बाहेक चाहेको केहि होइन; तर ढँटिने क्रम निरन्तर छ।

रबिन्द्र मिश्रहरुलाई “यो असाधारण रूपले स्रोत र साधन सम्पन्न तर राजनीतिक कारणले सधैं अस्थिर र अविकसित देशको भविष्य बनाएरै छोड्ने र समृद्ध नेपालका सूचकहरू कुनै पनि हालतमा हेरेरै मर्ने हाम्रो अठोट हो!” यसै प्रतिवद्धताका लागी शुभकामना ।

 यो पनि 

नयाॅशक्ति: बिकास कि राजनितिक कुन्ठा 

Advertisements