बिषय थियो- ‘प्रजातन्त्र र सामाजिक निर्णय’ । अक्सफोर्ड युनिभर्सिटिले आफ्नै सेल्डोनियन हलमा आयोजना गरेको लेक्चर प्रोग्राममा ‘सामाजिक कल्याण’ का अध्येता नोवेल पुरस्कारले सम्मानित प्राध्यापक अमर्त्य सेनले बोल्ने कार्यक्रम थियो। निकै अगाडि नै रजिस्ट्रेशन बन्द भै सकेछ; जाने एकिन भएन । तैपनि उपाय लाग्छ कि भनेर मुख्य आयोजक समुहकी महिलालाइ सिधै इमेल पठाएँ, उनले सबै सिटहरु बुक भैसकेकोले अतिथिको रुपमा छिर्न मिल्ने गरि कन्फरमेशन पठाइन; यौटा राम्रो कार्यक्रममा सहभागी हुने मौका मिल्यो ।

मैलॆ यो विषलाई धेरै अगाडीदेखि सोच्दै आएको ‘अल्पबिकशित मुलुकहरुले आफ्नो सामाजिक जनजीविका र अर्थतन्त्र ‘बेस लाइन’ भन्दा तल ‘ट्र्याडिशनल ग्रोथ स्टेज’ (रोस्टो मोडेल) मै रहेका बेला प्रजातन्त्र अगांल्दा धानीनसक्नुको अवस्था आउन सक्छ’ कि; भन्ने बिषयसंग जोडेर नेपालको सन्दर्भमा हेर्न/बुझ्न चाहेको थिएँ। किनभने प्रजातन्त्र सुशानको एउटा खर्चिलो र परीपक्क विधी हो जहा नागरिक शिक्षित हुन्छन, त्यहा राम्रो गर्न सक्छ । एक छाक खानका लागि नागरिकहरुले कसैको मोलाहिजामा लाग्न जरुरी पर्दैन त्यस्तो अवस्थामा यसले काम गर्न सक्छ ।  तर गरिवी र अशिक्षा भएको अवस्थामा यसका मूल्य र मान्यताहरु खासै सकृय हुन सक्दैनन । यसलाई जोगाउन र सबैका लागि ग्रहण योग्य बनाउनका लागि निश्चित सामाजिक आर्थिक आधार चाहिन्छ ।

यो विधि आफैमा खर्चिलो हुन्छ र यसले बहुलतामा बिश्वास गर्ने हुँदा बहु बिचारको ब्यवस्थापन गर्न र आर्थिक वृद्धिलाई संगसंगै लैजान सक्ने क्षमता राज्य संचालकहरुमा हुनु पर्छ र जनता विवेकशील, शिक्षित आफ्ना दैनिक आवश्यकता आफैले पुरा गर्न सक्ने हुनुपर्छ । नत्र प्रजातन्त्रको नाममा ‘सिमित वर्गले कमाउने र बहुसङ्ख्यक निर्दोशहरुले दु:ख पाउने अवस्था आउन्छ। खासगरी अमरत्य सेनले प्रकाश पारेको कुरा- ‘निर्वाचनमा जनसहभागीता र स्वघोशित बहुमतको व्याख्या’ निक्कै मर्मस्पर्शी थियो । उनले प्रजातन्त्रका महान देशहरु अमेरिका, वेलायत र भारतको उदाहरण दिएका थिए ।

  • हिलारी क्लिण्टनले ६५.९ मिलियन भोट पाएकी थीइन भने डोनाल्ड ट्रम्पले ६३ मिलियनमात्र पाएका हुन तर ट्रम्प राष्ट्रपती भए । जबकी अमेरिकामा ३२० मिलियन मनिस छन, वालिग मताधिकारको सन्ख्या घटाऊदा पनि ट्रम्पले पाएको मत निकै थोरै हो, त्यसैलाई बहुमत भनिन्छ ।
  • वेलायतमा ६४.६ मिलियन जनसंख्या छन, त्यो भनेको ६४, ६००, ००० हो । ब्रेक्जिटका वेला बाहिरिने भनेर जम्मा १७,४१०,७४२ को मात्र समर्थन थियो, जबकी ४७,१८९,२५८ उक्त समर्थन भन्दा बाहिर छन । यसैलाई बहुमत मानियो । वेलायत योरोपबाट बाहिर निस्कने भयो, सबैले त्यसको असर भोग्नु पर्नेछ । अर्थात ‘नखाएको बिष’ लाग्ने अवस्था पनि आउने रहेछ .
  • भारतमा चुनाव हुँदा नरेन्द्र मोदि (भारतिय जनता पार्टी- वि जे पि) ले ३१ प्रतिशत अर्थात १७१,६६०,२३० मात्रै भोट पाएको हो, जबकी भारतको जनसंख्या १.२५ बिलियन (१ अरब २५ करोड) छ, तर १७१,६६०,२३० भोट पाएर पनि प्रधानमन्त्री हुन सकिन्छ ।

माथिको जनसहभागीताले के प्रश्न उठाएको छ भने आजको २१ औ शताव्दिमा पनि पुरानो मान्यतामा चलेको र अल्पमतलाई पनि बहुमत मान्नु पर्ने निर्वाचन प्रणालिमा आमूल परिवर्तनको खाचो छ । यस्तो विधिले प्रजातन्त्रलाई खासै बलियो बनाउन सक्दैन । त्यसमा पनि सिमित धन भएकाहरुले जनमतलाई आफ्नो पक्षमा देखाउन सक्ने अवस्था छ । अमर्त्य सेनले उक्त बहसमा प्रजातन्त्रको मर्ममै खोट रहेको कुरा उठाइदिएपछी बौधिक जगतमा यसले ब्यापक चासो पाउने अवस्था आएको छ, उनले बोल्दा छिटो प्रभाव पर्ने हुन्छ । प्रजातन्त्रको भविष्यमा चासो राख्नेहरुकालागी उक्त बिषयले निकै महत्व राख्न सक्ने कुरा विश्वास गर्न सकिन्छ ।

यस्तो गहन बिचार पाउन सकियो, आशा गरौ स्मार्ट युग सुहाउदो गरी प्रजातन्त्र पनि स्मार्ट हुने नै छ । आफुहरुले चुनाव जितेको प्रणालिमा सुधार ल्याउन ट्रम्प र मोदिहरु तयार हुनेनै छन भनेर अहिलेलाई आशवादी हुनुपर्ला । अन्तमा, मेरो अध्ययनको थालनिलाई यतिले मात्र त टुङ्याउने छैन; तर आधार भने खुला गरिदिए झै लागेको छ ।

Advertisements