नारायणहिटिका राजकुमारहरुले बोल्दा “खतरा” देख्नेहरु आज पश्चिमी नागरिकताधारी लैनचौर दरवारका ठिमाहाहरुले खुलेयाम देश टुक्र्याउनु पर्छ भन्दा घाँस उघ्राएर किन बसेका हुन? मुखमा के को बुझो अडिकिएको हो?!

जंगलमा बाघ, स्याल, चिल, वाज र हुँण्डारहरुसंग यौटा माउ बाख्रीले आफ्ना पाठा-पाठीहरुलाई बचाइदिन दयाको भिख मागे जस्तै हुँदै गयो नेपालको हालत; धिक्कार होस यो युगका कलंकहरुलाई र प्रजातन्त्र, गणतन्त्र, जातीयता र संघियताको मार्गहुँदै नेपालको राष्ट्रियता माथि धावा बोल्न आइपुग्ने छिमेकीहरुलाई पनि धिक्कार । शक्ति हुनेहरु कति अपराध गर्न सक्छन भन्ने कुरा भारतको पाकिस्थान, पाकिस्तानको बंगलादेश र सिक्किमको भारत देख्नेहरुले त बुझेकै कुरा थियो तर नेपालि नागरिकता लिएर बिदेशीको भत्ता खाने (पैसो वा कुर्ची) एजेण्टहरुले बुझ्ने कुरै थिएन ।

देश टुक्र्याउनु पर्छ भन्नेहरु मारिएको मात्र इतिहास पढन पाइञ्छ, चाहे त्यो खालिस्तानमा होस वा तामिलका लिट्टे! जेल हालेर “भुजा” ज्यूनार गराएको इतिहास कतै छैन।

Advertisements