माया रैछ कस्तो कस्तो
सिङ हो कि, पुछार कहिले
सरीर आफ्नो एउटै रैछ
आकार मात्रै त फरक हो नि!
कोपिला भएर फुलिदिन्छ
पतिगर भएर झरिदिन्छ
पालुवा भएर भरिदिन्छ
लटरम्म फल फलिदिन्छ
शत्रुले निमोठे पलाएर आउँछ
झन-झन सहस्र फैलेर आउँछ
माया रैछ कस्तो कस्तो
हाँगा हो की ज़रा कहिले
नाम मात्र त फरक हो नि !
कुहिरो सेतै, हिउँ कहिले
आकाश नीलो झार्ने त एउटै
पगाल्दिन्छ घामले
फेरी बनाइदिन्छ जूनले
त्यही बादल, पानी कहिले
पानीको रंग, छ- स्वाद कस्तो
आकाश भन्छन- निराकार यस्तो
जे गर्छन यिनैले,
भरी भराऊ पार्छन
माया त रैछ कस्तो कस्तो
अदृश्य शक्ति
सदृश्य भक्ति
न सृष्टि यसको, न त अन्त कहिले
जीवन्त भएर संसार फैल्यो
नबुझेर त्यही तेरो र मेरो
सिंगै पाउँदा पनि
भाग लगाउने घेरो
पारेर सानो मायाको घेरो
माया त रैछ कस्तो कस्तो
ठूलो हो की सानो-
नबुझेर मान्छे पखालेर जिउँछ
माया त रैछ कस्तो कस्तो
दूर दृश्य रोकिदिने
हिउँको तन्ना समाते जस्तो !!!

jesi© 2016

share rule
share rule
Advertisements