मौसम सुरु भयो-
साहुको बारी जोत्नु थियो
हल गोरु खोज्नु थियो
हलिहरु तयारै थिए

गोरु पाइयो
हलो छैन,
हलो त पाइयो
लट्ठी भाँचियो
जित्नै पर्ने खेल थियो
सबै थोक चोरी भयो

खोज्नेको इमान त्यो
खोजिखोजि जोहो गर्यो
वेइमानको चोरी थियो
चोरी गरी लगिदियो
चोरी जोडेरै जोतीदियो

जोत्ने खासमा गोरु थियो
खान पाउने हली भयो
जोतिएको बारी साहुको थियो
यो त यौटा प्रतियोगिता थियो

share rule
share rule

©Jesi, 2016

Advertisements