तिसौं बर्ष बितिसक्यो

धारामा पानी आउँदैन भने-

मेलाम्चीको के काम !

टुकी र लालट्रेनको आयतले

ढुङे युगमा लैजानेहो भने-

लोडसेडिङको तालिका फेर्न

प्राधिकरण र मन्त्रालयको के काम !

ग्याँस, पेट्रोल मट्टितेल पाइंदैन,

घाटामात्र थपिरहने निगमहरूको के काम !

जामै-जाम छ, पन्छाउनसम्म सकिन्न भने,

ट्रफिक र गृहको के काम !

असमानता र गरिवी घटाउने उपायसम्म छैन भने,

योजना र अर्थको के काम!

समस्याहरूको समाधान खोज्ने बिषयमा

प्रबेषै हुन्न भने,

बर्षौँ बितिसक्दा पनि-

संबिधान कार्यान्वयन हुँदैन भने,

देशलाई राज्यमा बिगार्ने हस्ताक्ष्ररकालागी

भत्ता दिएर पालिएका तमसुकेहरुको के काम !

राज्यको प्रत्याभुती नै नहुने हो भने,

हुक्के र बैठकेहरू सम्मिलित

क्याबिनेटको के काम !

बिदेशिको चलखेल देखिरहने र

खेल्न पनि दीईरहने हो भने,

जनताले दल र नेता मान्नुको के काम !

गर्न पनि नसक्ने

दिन पनि नजान्ने,

मेरै गोरुको बारै टक्का

मिल्न कहिले सकिन्न भने

कुर्ची कुर्न राखिएका खेतालाहरूको के काम-

कुर्ची कुर्न राखिएका खेतालाहरूको के काम

Advertisements