धर्तिमा झर्ने वित्तिकै चिच्याएको घर
आॅधिले थला पारेछ,
लिस्नो पछाडी चोयाले बारेको
परेवाको गुॅड पनि त्यहिबेला भत्किएछ,

खैरा भैंसी, गजुवा गोरु
गोठ रित्तै, कोहि पनि रहेनछ

दशैंको साईतमा ठेउवा हराउने
बुढो गिंदरीको रुख पनि छैन
जुॅडी खेतका कलिलो बिमिरा
दाॅत अझै कुॅडिए झैं लाग्छ
ऐशेलु, असारे र अॅगेरीले रंङिएको मुख
खनायो र पॅदेलले के पखाली सक्नु
सिंगै कलॆस्ती खोलाले खकेन

गोठालो जाॅदा
नून, खुर्सानी र माछा पोल्न
लुकाएर लगेको सलाई
घरमा भन्न डर थियो
तर चोरीको शीपमा मजा अर्कै हुन्थ्यो

झ्याम्म लामिरहमा डुबुल्की मार्दा
उता चोर डिंगाले मावलीको गहूॅ नास-
कान्जी हाउसबाट गोरू छुटाउॅदा
कचहरी र ठेकेको पाथी अन्नले
बाबु आमाको अनुहार ग्लानी
कतै हानी कतिकति
एउटा डुबुल्कीको नशा
सबै नासिए, भासिए
इतिहास भताभुङ्ग भए

कर्लुङे कामी दाईसॅग
सुत्नुको मजा अर्कै थियो
कुनियोको बिचमा
परालको बिटाको गुफा
‘हामरो धुरीमा सयवटा दुला’
भुटेको गुन्द्रुक र तारेको सिद्रा
कालो मासको दालमा
दॅगेरेहरुसॅग लाईन बसेर
सप्र्याक त्यो स्वाद संझना मात्रै रह्यो
डुॅङ्गामा घन हानेर माछा मार्दा
उछिट्टिएर ढुङ्गा
काले माल्दाईको रगताम्ये गोडा
गन्देको झोल र उनकै लॅगौटीको पट्टी
डाक्टर ऑफै भए जस्तो लाग्थ्यो
कपालसॅगै फुले ती दिनहरू-
रंगहीन सेताम्मै भए

बाग्लुङे बुडी ऑबैले
खोलाको भंगालोबाट टिपेर नलगिदिएको भए
भैंसीको मासु र जीवनको नासो
जिवित संयोग कहाॅ मिल्थ्यो र!
वर पिपलको रुखमा
बाघचाल, गट्टा र खोपी खेलेको
संझन कहाॅ पाईन्थ्यो र!

उज्यालो दिन भत्काए पछि राती-
दिनको सार नै के भो र खै !
बाॅसै नरहे बाॅसुरीको धुन-
रोदी र चुड्का के गुन्जिएला र खै !
जब सकिए पछी सबै-
जिन्दगीको मादल र खैंजडी-
कहाॅ पो घन्किएला र खै !

 

Advertisements