रिजर्भ बैंक अफ इण्डिया : राजनले मानेनन, पटेल आए

झन्डै तिन बर्ष अघि भारतको लगानीबाट बैदेशिक लगानीकर्ताहरुले भटाभट शेयर ”ड्र” गर्न थाले पछि वित्तिय-अविश्वास चुलिंदै जाँदा अन्तराष्ट्रिय मुद्रा बजारमा भा रु को तिब्र अवमूल्यन भयो । भा रु संग स्थिर विनिमय दर भएको नेपालले पनि त्यसको नकारात्मक मार ‘बिना कसुर’ व्यहोर्नु पर्यो ।

त्यसबाट अर्थतन्त्र जोगाउन तत्कालिन भारतीय सरकारले चिकागो प्रोफेसर रघुराम राजनलाइ रिजर्भ बैंक अफ इण्डियाको गभर्नरमा नियुक्ति गर्यो । राजन आइ एम एफका पूर्व अर्थशास्त्री हुन् भने आर्थिक उदारिकरण र ग्लोबलाइजेशनका समर्थक पनि । तर नौ हप्ता अगाडि उनले सबैलाइ चकित पार्ने गरि दोश्रो कार्यकाल नसमाल्ने कुरा घोषणा गरे । लामो समय अलमलमा परेको मोदी सरकार अन्तत २० अक्टोबरका दिन त्यहींका डेपुटि गभर्नर उरजित पटेललाई गभर्नरमा प्रोमोशन गर्ने निर्णयमा पुगेको छ ।

प्रश्न उठनु स्वभाविक हो कि –
– काविल भनेर चिनिएका राजनले किन दोश्रो कार्यकाल सम्हाल्न चाहेनन ?
– राजन मुलत: ” वावा रामदेव’ शैलीको अर्थतन्त्रको बिरोधि हुन ।
– रघुराम राजनले सीकागो युनिभर्सिटिमै फर्कने कुरा बताएका छन भने, नयाँ गभर्नर पटेलले बैदेशिक लगानीका ”जूका” हरुको स्वार्थ अनुसार काम गर्नु पर्नेछ ।
– गएको तिन बर्ष राजनसंग निकै नजिक रहेर पटेलले आफ्नो वफादारी निभाएको मानिन्छ । तर क्षमताको आधारमा रघुराम राजनलाई ”रक स्टार” र उरजित पटेललाई ”लो-की बैंकर” मानिएको छ । यो पनि बिर्सनु हुँदैन कि- त्यसरी क्षमता मुल्याङ्कन गर्ने आधार चाहिं पश्चिमा र तिनका सुलसुले संचारले अंगालेको नीतिको ”अनुकुल” वा ”प्रतिकुल” के हुने भन्ने नै हो । स्वदेशमा राम्रो गरे पनि उनीहरुको प्रतिकुल हुने अवस्थामा कुनै पनि व्यक्तित्व र नीतिलाई ”लो प्रोफ़ाइल” को बिल्ला भिराउने गरेको पाइञ्छ ।

भा रु संग स्थिर विनिमय दर भएको नेपालले त्यसको नकारात्मक मारबाट जोगिन निकै सतर्कता अपनाउन जरुरि छ ।

Feature Image: BBC

Advertisements

तपाईको बिचार

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s