शान्ति थिई
अशान्तिले पोइल लग्यो
बिकास थियो
ट्यापेको संगतले मर्यो
काली र गङ्गालाई- 
अधर्मीले हातपात गर्यो
बगरमा सिताङ्गै ढले (संशोधित)

जात-धर्म सबै थियो
अधर्मीको मेल भयो
शिक्षा शून्य, विवेक थियो
अब ज्ञान पनि नाफा भयो
राज्य थियो, सम्मान थियो
अहिले मान मर्दन भयो
न्यायालयमा मूर्ती थियो
त्यहाँ पनि राजनीति भयो
अँध्यारोमा बत्ति बल्थ्यो
जून थियो, दिन हुन्थ्यो
जताततै दिन थियो

ग्लोबलाइज भन्दै गयो
सुख अन्तै, दुख आयो
श्रोत साधन कब्जा भयो
बाच्नै गारो दीन आयो
निजिकरण तिनको सूत्र
सिमित वर्गको मात्रै तन्त्र
कर्म भयो कुकर्म त्यो
देश भयो भाँडतन्त्र

जे भन्यो त्यहि थियो
त्यसैले त्यो राज्य भयो
अहिले भन्ने राज्य हो यो
देश अन्तै बसाईं गयो,
भुमी मात्रै शेष रह्यो !


Feature Image: Basu

©Jesi, 2016

share rule
share rule
Advertisements