विष्मात (कविता)

पानि भएर के गर्नु, तीर्खा नमेटिए पछि
फाँटहरु भएर के गर्नु बारी बाँझै भए पछि
ऊच्च सगरमाथा के चुम्नु, विचारै होंचो भए पछी
बुद्ध जन्मेको के भन्नु, सर्वत्र अशान्ति फ़ैलाए पछि

छिमेकीको के गर्नु आस, टाउकै उठाउन नदिए पछि
नेता मानेर पछि के लाग्नु, देशै भताभुङ्ग भएपछि
प्रजातन्त्र बोलेर छाक के टार्नु, अवसर सबै गुमेपछि
मानवाधिकार कहाँ छ यहाँ? सत्याग्रही नै मरेपछि

थियो दरवार के सराप्नु, गल्लिभरी महाराज जन्मेपछि
नागरिकता स्वदेशी के भन्नु, कामै बिदेशीको गरेपछि
कुन हो रंग- के भन्नु, छेपारो झैं बदले पछि
बिरगाथा के गाउनु, भिमसेन स्तम्भ नै भत्के पछि

इतिहासलाई घरिघरि के हिर्काउनु, नयाँ नबन्ने भएपछी
राज्य भनेर के बुझ्नुु, अत्याचारी, दुराचारी, भ्रष्टाचारीले चलाए पछि !!!


Feature image: Google search

©Jesi, 2016

share rule
share rule
Advertisements

तपाईको बिचार

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s