मैले टी भी मा जे देखें-

कानेको च्यातिएको ट्राउजर (पाइण्ट)

माइलीको सर्वाङ्ग कट्टु

रियानाको छाती

जष्टिनको  घ्याँगलो

पहिरन बेढङ्गको थियो;

तिनीहरु रहरले नाङ्गिएका थिए

पैसाले नंग्याएको थियो

व्यापारीले नग्न अङ्गबाट

पैसो झिकिरहेका थिए

 

म गिट्टी कुटिरहेछु

जाँगे चर्नाम फाटेर के भो र !

धुलोले नितम्बहरु ढाकिदिएका थिए

तिमीलाई अस्पतालले नाङ्गै जन्मायो

मलाइ आमाले नाङ्गै जन्माइन

म दोभानमा जल्ने हो

तिमि चिहानमा सुत्ने हो

मर्नु दुबैको यात्रा हो

 

पाकेको फल

तिमिलाई मधुमेहले दिएन

मलाई पैसोले दिएन

हामी भोकै, भाग्यले ठगिएका

तिमि आफ्नै भुँडिको भरिया

म अर्काको भारीको भरिया

हामी दुवै भरिया समान

 

असमान तिम्रो मन

भरिएको भान थियो

तिमी अभावलाई

पैसो भनेर कागजले टाल्थ्यौ

तर कमजोर कागज

हावाले उँडायो

पानीले बगायो

तिम्रा हातमा

तिम्रै पैसाहरु छैनन

जसरी परिवार भाँडिएको थियो

 

मैले अभावलाई मनले टालें

मजाले अडिएको छ

लाजहरु मसंगै छन्

मजाले ढाकिएका छन्

हावा पानी त के

कसैको प्रहारले पनि

डगमगाएका छैनन

 

तिमी सर्वाङ्ग छौ

स्टेजमा नंग्याइएका छौ

तिमीलाई पैसोले चलाउँछ

तिम्रा घरको धन दौलथले

के गर्न सक्यो त !

तिमी त शहरमा नाङ्गै छौ

भोकै छौ

म त स्वाभिमानले बाँचिरहेछु ।


©Jesi, 2016

share rule
share rule
Advertisements