बहिखाता र झोला (कविता)

मसंग यौटा झोला थियो
र त्यसलाई बोक्ने मेरो शरिर,
तिम्रो ठूलो थुप्रोबाट
केहि पाउन झोला थापिरहें
झोलामा बिष(ख)य अडिएन
पिंधमा त प्वाल परिसकेको रहेछ
म त माथिमात्रै हेर्दै थिएँ
तिमीले दिएको त्यो झोला

तिम्रो एक हातले दिईरहन्थे
आर्को हातले
प्वाल टाले झैं गरेर लिइ रहँन्थे
दिए झैं गरेर निरन्तर लिन सक्नु
तिम्रो कला हो
मसंग न फकाउने कला छ
न त फलाक्ने गला नै,
जे छ; झोला बोक्ने शरिर छ
अनि तिमीले दिएको झोला छ
त्यो पनि प्वाल परेको छ

झोलाबाट झरेको दाना
तिम्रै खानामा पर्ने हो
तिम्रो कमाउने र
मेरो जिउने कर्म हो
तिमीलाई कमाउन
‘जहाँ पाप, त्यहीं फलिफाप’ गर्नु पर्छ
मलाइ बाँच्न
साग र सिस्नो काफी हुन्छ
मैले गुमाउँदा तिमीले कमाउने हो
अर्थात मेरो दिने भाग्य हो
तिम्रो लिइरहने भाग्य हो
म दिइरहन सक्छु
तिमि लिन मात्रै सक्छौ
तिम्रो कमाउने श्रोत
तिमीले भिराइदिएको
त्यहि प्वाल परेको झोला हो

त्यसैले म दानी हो
मलाइ हानि हुँदैन
त्यसैले तिमी भन्दा म
कैयन गुणा महान हो !
नपत्याए खोजिहेर
चित्रगुप्तको बहिखातामा
तिम्रो नाम कहाँ छ !
बहिखाता त्यहि झोलामा छ ।


©jesi, 2016

Advertisements

तपाईको बिचार

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s